काठमाडौंमा उपत्यका छिर्न खोज्‍ने १४० सवारीसाधन फर्काइए

t:jL/ M jfxo lhNnf b]vL /fhwfgL k|j]z ug]{ ;jf/L ;fwgx? nfO{ z'qmjf/ b]lv lgM;+qmldt ug]{ 6g]n h8fg ul/Psf]5 . t:jL/ M xl/x/l;+x /f7f}/÷sflGtk'/

पछिल्लो समय विभिन्‍न बहानामा काठमाडौंमा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको छ। सोमबार र मंलबार उपत्यका छिर्न खोज्‍ने १४० सवारीसाधनलाई फर्काइएको छ। अत्यावश्यक सेवाका साधन भने प्रवेश गरेका छन्।

विश्‍भर फैलिएको कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभरि लकडाउन गरेको छ। जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाएको छ। बुधबार मात्रै काडमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी नागढुङ्गा हुँदै काठमाडौँ उपत्यका भित्रन खोज्‍ने सवारी साधन र मानिसको जानकारी लिन धादिङको सिमाना खत्रीपौवा पुगेकी छन्।

उपप्रमुख खड्गीलाई महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिँदै सोमबार ३७ र मङ्गलबार १०३ सवारीसाधन फर्काइएको बताए। पछिल्लो समय लकडाउन भए पनि विभिन्‍न बहाना र पहुँचको आधारमा पास बनाइ सवारी साधन बाहिरी जिल्लाबाट आउने क्रम बढेपछि सबै नाकामा कडाइ गरिएको हो। काठमाडौँको जनजीवनलाई सहज बनाउन अत्यावश्यक सामग्री ल्याएका र एम्बुलेन्सलाई मात्र उपत्यका प्रवेश दिएको र अन्यलाई फर्काइएको बताइएको छ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठल अहिले विदेशी नम्बरप्लेट भएका कुनै पनि सवारीसाधन आउने गरेका छैनन् । काठमाडौँमा आउने खाद्य तथा तरकारी छिमेकी जिल्ला धादिङ, चितवनलगायत ठाउँबाट आउने गरेका हुन्। नागढुङ्गा नाकामा सुरक्षा निकायले उपत्यका भित्रिने सवारी साधनको नम्बर र सवारीका चालकको सम्पर्क नम्बरसहितको विवरण लिएर सवारीलाई भित्र आउन दिने गरेको छ। अनुगमनको क्रममा उपप्रमु खड्गीले सवारी चालकसँग भित्र आउनुपर्ने कारण, कति समय बस्ने, कहाँ बस्ने, सवारी साधन कसरी प्रयोग हुने गरेको छ जस्ता विषयमा जानकारी लिएकी थिइन्। मास्क नलगाइ सवारी चलाउने चालकलाई मास्क वितरण गरिएको छ। वृत्त प्रमुख श्रेष्ठका अनुसार अहिले नागढुङ्गा नाकाबाट दैनिक औषतमा ५०० सवारी साधन भित्रिने गरेका छन्।थाहाखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here