Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ट्रम्पवादको महामारीमा

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
चैत्र ११, २०७६
- यो हप्ता, राजनीति, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

     

    चालीस वर्षसम्म रिपब्लिकनहरुमाझ “सरकार हाम्रा समस्याहरुको समाधान होइन बरु सरकार स्वयम् समस्या हो।” भन्ने मान्यता हाबी रह्यो। तर अहिले कोभिड-१९, जलवायु परिवर्तन अन्य सामुहिक खतराहरुले अमेरिका र बाँकी विश्वलाई नै ङ्याकीरहेका छन्। यसकारण उक्त मान्यता नाङ्गेझार भइसकेकोछ।

    -जोजफ स्टिग्लिट्ज । अर्थशास्त्रमा नोवल पुरस्कार प्राप्त 

    एक शिक्षकका नाताले म सधैं “शिक्षा प्रदान गर्नसकिने अवसरहरुको” खोजीमा हुन्छु। म मैले पढाउने विषयका सिद्धान्तहरुलाई बल पुर्‍याउने वर्तमानमा घटिरहेका घटनाहरुबारे ध्यान दिने गर्दछु। र के कुराले महत्व राख्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न महामारी जस्तो अर्को उदाहरण हुनसक्दैन।

    शिक्षा दिने मामिलामा कोभिड-१९ संकट ज्यादै सम्पन्न छ, विशेष गरि अमेरिकाका लागि। एउटा सहज शिक्षा भनेको भाइरसले पासपोर्ट बोक्दैनन्; वास्तवमा तिनले राष्ट्रिय सिमाना मान्दैनन् वा राष्ट्रवादी प्रलाप स्वीकार्दैनन्। अति नै नजिकिएको आजको विश्वमा एउटा देशमा उब्जिएको सरुवा रोग विश्वब्यापी हुनसक्छ र हुन्छ पनि।

    रोगको फैलावट भुमण्डलीकरणका नकारात्मक प्रभावहरुमध्ये एक हो। जब जब यस्ता अन्तर-सिमाना संकटहरु उत्पन्न हुन्छन् तिनले जलवायु परिवर्तन सन्दर्भमा जस्तै विश्वस्तरीय सहयोगात्मक सम्बोधनको माग गर्दछन् । भाइरसहरुले जस्तै हरित गृह ग्यास उत्सर्जनले पनि वितण्डता मच्चाइरहेको छ र विश्व तापमान वृद्धि र विषम जलवायुजनित नोक्सानीका कारण विश्वभरका देशहरुमा आर्थिक भार थपेको छ।

    वैश्विक सहकार्य र सरकारको भूमिकाको अवमूल्यन ट्रम्प प्रशासनले जति अन्य कुनै अमेरिकी राष्ट्रपतीय प्रशासनले गरेको छैन। यसो हुँदाहुँदै पनि जब महामारी वा आँधी जस्ता संकट हामी समक्ष आउछन् हामी सरकारको मुख ताक्छौं किनभने यस्ता घटनाले सामुहिक कर्मको माग गर्दछन्। न हामी एक्लै अघि बढ्न सक्छौं न त निजी क्षेत्रमाथि भर पर्नसक्छौं। धेरैजसो मूल्य बढोत्तरीको चाहना राख्ने ब्यापारिक संस्थाहरुले यस्ता अवस्थाहरुमा सामानको मूल्य बढाउने अवसर खोज्दछन् जस्को टड्कारो प्रमाण हालको फेस मास्कको मूल्यले दिन्छ।

    दुर्भाग्यवश राष्ट्रपति रोनाल्ड रेगन प्रशासन भएदेखि, ” सरकार हाम्रा समस्याहरुको समाधान होइन बरु सरकार स्वयम् समस्या हो” अमेरिकाको मूल मन्त्र बनेको छ। यो मन्त्रलाई गम्भीरतापूर्वक लिनु भनेको गर्त मै पुग्नु हो तर ट्रम्प अमेरिकी इतिहासमा स्मरणमा रहेका अन्य कुनै राजनीतिक नेताभन्दा धेरै तल गिरेका छन्।

    कोभिड-१९ संकटलाई अनुक्रियाको अमेरिकाको केन्द्र भनेको देशकै सम्मानित वैज्ञानिक संस्था सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन हो। यसमा कार्यरत हरकोही स्थापनाकाल देखि नै दृढ अठोट भएका, ज्ञानका खानी र उच्च तालिमप्राप्त विशेषज्ञहरु हुन्छन्। ट्रम्पका निम्ति, जो एक केही पनि नजान्ने राजनीतिज्ञ हुन् यस्ता विज्ञहरु टाउको दुखाइका पात्र बन्दछन् किनभने जब जब ट्रम्पले आफ्ना स्वार्थ पूरा गर्न तथ्यलाई तोडमरोड गर्छन् तब यी विज्ञहरुले त्यस विरुद्ध आवाज उठाउछन्।

    आस्था वा विश्वासले महामारीमा भएका मृत्युको पीडा सहन हामीलाई मद्दत गर्न सक्छन् तर तिनले मेडिकल र वैज्ञानिक ज्ञानको स्थान लिन सक्दैनन्। मध्य युगमा ब्ल्याक डेथलाई नियन्त्रण गर्न दृढ–इच्छाशक्ति र प्रार्थना काम लागेका थिएनन्। भाग्यवश त्यस पछिको समयमा मानव जगतले उल्लेखनीय वैज्ञानिक प्रगति गरेको छ। जब कोभिड-१९को पहिलो धक्का लाग्यो तब वैज्ञानिकहरु त्यस भाइरसको विश्लेषण गर्न, त्यसको टेस्ट गर्न, त्यसको उत्परिवर्तन पहिल्याउन सक्षम भए र त्यस विरुद्धको खोपको विकास गर्न थाले। अझै पनि नयाँ कोरोना भाइरस र मानिसमा त्यसको प्रभावबारे धेरै कुरा जान्न बाँकी नै छ तरपनि विज्ञान विना हामी त्यसको दयामा आस्रित हुनेछौं र अहिलेसम्म हाहाकार भइसकेको हुनेथियो ।

    वैज्ञानिक अनुसन्धानका लागि स्रोतहरुको आवश्यकता पर्दछ। तर हालका वर्षहरुमा ट्रम्प र रिपब्लिकन कङ्ग्रेसमेनहरुले कर कटौतीका नाममा ठूला कर्पोरेसनहरुलाई जुन परिमाणको धन राशी दिदैंछन् भने त्यसको तुलनामा ठूलाठूला वैज्ञानिक प्रगतिको खर्च सुको बराबर छ। वास्तवमा विज्ञानमा हाम्रो लगानी हालको महामारीले निम्त्याउन सक्ने अर्थतन्त्र माथिको भारको तुलनामा फिका पर्न जान्छ अझ स्टक बजारको नोक्सानी त यहाँ कुरै गरिएको छैन।

    यति हुँदाहुँदै पनि, हार्बर्ड केनेडि स्कुलकि लिण्डा बिल्म्स् भन्छिन्– ट्रम्प प्रशासनले वर्षेनि (सन् २०१८ मा १०%, सन् २०१९ मा १९%) सिडिसी माथिको लगानी कटौतीको प्रस्ताव अघि बढाइरहेको छ। यस वर्षको सुरुवातमा सम्भवत कल्पना गर्न सकिने सबैभन्दा खराब समयमा ट्रम्पले उत्पति भइरहेका संक्रामक तथा पशुबाट मानिसमा सर्ने संक्रमणहरु (अर्थात् कोरोना भाइरस जस्ता जिवाणुहरु जो जनावरमा उत्पन्न हुन्छन् र मानिसमा सर्छन्) सम्बन्धी कार्यक्रममा गरिने लगानीमा २०% कटौती गर्ने प्रस्ताव गरे। र सन् २०१८ मा उनले राष्ट्रिय सुरक्षा परिषदको ग्लोबल हेल्थ सेक्युरिटि एण्ड बायोडिफेन्स निर्देशानलय खारेज गरे।

    अचम्म मान्नु परेन, प्रशासन रोगको प्रसारण रोक्न अयोग्य  सावित भयो । कोभिड-१९ ले महामारीको रुप ग्रहण गरेको हप्तौंपछि पनि अमेरिकामा विदेशबाट फर्किरहेका सम्भावित संक्रमितहरुका लागि टेस्टगर्न क्षमताको अभाव (दक्षिण कोरिया जस्ता हामी भन्दा गरिब देशहरुको तुलनामा पनि) र  प्रक्रिया एवं प्रोटोकलसमेत अस्पष्ट भएको छर्लङ्ग देखियो।

    रोगको यो अधकल्चो अनुक्रियाले फेरि पनि धार्नीभरको उपचार भन्दा बिसौलीभरको रोकथाम कारगर हुन्छ भन्ने स्मरण गराएको छ। तर अर्थतन्त्र माथिको कुनै पनि खतराको समाधान गर्ने ट्रम्पको जादुको बुटी भनेको थप कर कटौती (प्रायस धनीहरुका लागि)  गर्न र मौद्रिक नीतिलाई सरल बनाउन माग गर्नु हो, मानौं ब्याज दर घटाउनासाथ स्टक मार्केटले आकाश छुनेछ।

    यो कच्चा वैद्यको दवाईले अहिले सन् २०१७ को भन्दा कम काम गर्नेछ । कम्तिमा पनि त्यति बेला कर कटौतिले अल्पकालीन आर्थिक उच्चता प्राप्त गरेको थियो जो सन् २०२० आइपुग्दा विलाएर गइसकेको छ। धेरै अमेरिकी फर्महरुको आपूर्ति–श्रृङ्खला खल्बलिएको छ, ब्याज दरमा ५० बेसिस पोइन्ट (basis point) कटौति भएपनि ( वाणिज्य बैंकहरुले पनि त्यो कटौति स्वीकार्छन् भन्ने मानेर) उनिहरुले अचानक ठूलो लगानि गर्ने छैनन्।

    अझ खराब त यदि भाइरस नियन्त्रणमा आएन भने अमेरिकामाथि महामारीको आर्थिक भार आउनै बाँकी छ । तलवी विरामी विदाको अभावमा संक्रमित मजदुरहरु परिवारको गर्जो टार्न सकिनसकि काममा आउनेछन् ।

    र, पर्याप्त स्वास्थ्य वीमाको अभावमा ठूलो खर्च लाग्ने पिरले जँचाउन अनिच्छुक हुन्छन्। जोखिममा रहेका अमेरिकीहरुको संख्यालाई नजरअन्दाज गर्न सकिँदैन। र ट्रम्पको शासनमा रोग लाग्ने दर र मृत्यु दर (morbidity and mortality) दुबै बढेका छन् र लगभग ३ करोड ७० लाख मानिस नियमित भोकको शिकार बन्छन् ।

    अत्तालिन सुरु हुनासाथ यी सबै जोखिमहरु बढ्नेछन्। त्यसो हुनबाट रोक्न विश्वासको खाँचो पर्छ विशेष गरि जनतालाई सूचित गर्नेहरु र संकटको सम्बोधन गर्नेहरु माथि। तर ट्रम्प र रिपब्लिकन पार्टीले वर्षौंदेखि सरकार, विज्ञान र मिडियाप्रति अविश्वास छरिरहेको छ र फेसबुक जस्ता नाफाखोर सोसल मिडियालाई खुला छुट दिइरहेको छ जसले जानाजान गलत सूचना फैलाउन आफ्नो मञ्च (प्ल्याटफर्म) प्रयोग गर्न दिन्छन्। एउटा नकारात्मक पक्ष भनेको ट्रम्प प्रशासनको सतही र बेढङ्गको सम्बोधनले सरकार माथिको विश्वासलाई थप खल्बल्याउने छ।

    अमेरिकाले जलवायु परिवर्तन र विश्वमहामारीका जोखिमहरु विरुद्ध वर्षौं अगाडि नै तयारी थाल्नुपर्थ्यो। उन्नत विज्ञान आधारित शासनले मात्र हामीलाई यस्ता संकटहरुबाट बचाउन सक्छ। अहिले दुवै खतराहरु हाम्रा सामु खडा भएका छन्। एउटै आशा भनेको अझै पनि सरकारमा पर्याप्त समर्पित कर्मचारी र वैज्ञानिकहरु छन जसले ट्रम्प र उनका अप्रतिस्पर्धी चाटुकारहरुबाट हामीलाई जोगाउन सक्छन्।

    साभारः प्रोजेक्ट सिण्डिकेट मार्च ९, २०२० बाट।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.