नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।त्यतै देशभरमा संस्स्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन्।पछिल्लो २४ घण्टामा थप ११ हजार ४७ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १० लाख ९९ हजार २७६ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा थप जना २ हजार ३४० कोरोना संक्रमणबाट निको भएका छन्।
योसँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। यो कूल संक्रमितको ७४.३ प्रतिशत हो।