स्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको संख्या त्रुटिपूर्ण देखिएको छ।कपिलबस्तु र काठमाडौंबाहेक धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले दिएको सूचना गलत पाइएको हो।
मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले बिहीबार बिहान पहिला काठमाडौं र कपिलबस्तुमा दुई संक्रमित थपिएका भन्दै विज्ञप्ति जारी गरेका थिए। पछि थप पाँच जना संक्रमित धनुषा, महोत्तरी र सर्लाहीमा फेला परेको भन्दै अधिकारीकै नाममा अर्को विज्ञप्ति आएको थियो। जसमा संक्रमितको संख्या २५० पुगेको उल्लेख छ।
धनुषा, महोत्तरी र सर्लाहीमा पाँचजना संक्रमित पाइएको पुष्टि गएको मंगलबार नै मन्त्रालयले गरेको थियो। मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो।आज (बिहीबार) बिहान भने मंगलबार नै फेला परेका संक्रमितको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर समेत खुलाएर पुनः विज्ञप्ति निकालिएको छ।
जसमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितको उमेर हेर्दा मन्त्रायले गरेको त्रुटि प्रष्ट हुन्छ।यस अनुसार हेर्दा बिहीबार बिहान २ जना मात्रै नयाँ कोरोना संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो।
यस विषयमा बुझ्न खोज्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता र सह-प्रवक्ताको फोन पटक-पटक प्रयास गर्दा पनि उठेन।सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पनि जिल्लामा कोरोना संक्रमित थपिएको पुष्टी नभएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान निकालेको विज्ञप्तीमा सर्लाही धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको उल्लेख छ।‘हाम्रो जिल्लामा धनकौल नगरपालिका नै छैन्, गाउँपालिका चाँही छ,’ प्रजिअ जिसीले भने, ‘हामीले यहाँबाट स्वाब पठाएकै छैनौँ, कसरी नयाँ संक्रमित भेटियो भनेर विज्ञप्ती आयोरु कनफर्म गर्ने प्रयास गर्दैछौँ।’ नेपाल खबर