सीमा विवादमा भारतले नेपाल र चीनसगँग परिस्थिति बिगारिरहेको छ – पाकिस्तान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् ।

प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल र चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here