कस्मीरः सोच्नै नसकिने कुरा भारतीय अधिकारीहरूले शहीदका आफन्तलाई मृत्यु प्रमाणपत्र दिन अस्वीकार गरिरहेका छन्, युकेको अखबार इन्डिपेन्डन्टले एक रिपोर्टमा लेखेको छ। प्रतिवेदनका अनुसार कस्मीर उपत्यकामा सबै स्थिति “ठीकठाक” रहेको भन्ने भारतीय अधिकारीहरूको दावी हुँदाहुँदै पनि कब्जा गरिएको क्षेत्रको स्थिति अस्पष्ट छ।
अखबारले आफ्नो प्रतिवेदनमा अगाडि भनेको छ कि डाक्टर र अस्पतालको प्रशासनलाई भारतीय सेनाले यातनामा मरेका वा घाइते भएकाहरूलाई मृत्यु प्रमाणपत्र नदिन आग्रह गरिएको छ। ‘उनीहरूलाई यस सम्बन्धमा कुनै रेकर्ड नराख्न निर्देशन पनि दिइएको छ।’कब्जा गरिएको कश्मीरमा अहिले जारी गरिएको मृत्यु प्रमाणपत्रले मृत्युको वास्तविक कारण लुकाइरहिएको छ।हिजो एक अग्रणी अन्तर्राष्ट्रिय दैनिक वाशिंगटन पोष्टले लेखेको थियो कि कब्जा गरिएको काश्मिरको यथार्थ अवस्थाले उक्त क्षेत्र सामान्य स्थितिमा रहेको छ भन्ने भारतीय आधिकारिक अडान बिल्कुल उल्टो छ।
आफ्नो विशेष प्रतिवेदनमा, उक्त अखवारले भारत सरकार र राज्य प्रहरी अधिकारीहरूले यस क्षेत्रलाई शान्त रहेको बताएका छन् भने घटनास्थल र प्रत्यक्षदर्शीहरुले दिएका भिडियोहरूले बिलकुलै फरक र वास्तवमा अन्धकारमय कथा बताउँछन्। उक्त अखवारले स्पष्ट गर्दछ कि सञ्चार तथा आवागमन बन्दका कारण घटनास्थलबाट फोटोहरू र भिडियोहरू आउन कठिनाइ छ, तर अखवारका लागि घटनास्थल वस्तुस्थिति अध्ययन टोलीले त्यस क्षेत्रमा कुनै विरोध प्रदर्शन नभएको र शान्ति स्थापना भएको सरकारको दाबीको ठीक उल्टो अशान्त र विरोध प्रदर्शन भइरहेको भेट्टायो।