आज भारतले गणतन्त्र दिवस मनाइरहँदा भारतमा ४ महिनादेखि आन्दोलित किसानहरूको समूह दिल्लीस्थित ऐतिहासिक लालकिल्ला छिरेका छन्। यसअघि किसानहरू आफ्ना ट्रयाक्टर लिएरै दिल्ली छिरेका थिए । सरकारले अनेक खालका अवरोधहरू तेस्र्याएर दिल्ली छिर्न नदिन खोजेपनि किसानहरू दिल्ली छिरेका हुन् ।
लालकिल्लामा प्रदर्शनकारीहरुले आफ्नो झण्डा फहराएका छन् । गत नोभेम्बरदेखि भारतमा मोदी सरकारले ल्याएको किसानमारा नीतिविरुद्ध किसानहरू आन्दोलित छन्। अहिले लालकिल्लाभित्र हजारौं किसानहरु छन्। तस्वीरहरू : एनडिटिभी