Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

फिरोज–इन्दिराको अन्तर्धार्मिक विवाह र नेहरुको वक्तव्य

जब इन्दिराको पहिलो सन्तान जन्मियो, नेहरुले हिन्दू र पारसी दुबै धर्मले समान रूपमा स्वीकार्ने खालको नाम राख्न खोजे। त्यसकारण त्यस समय इन्दिराले छोराको नाम ‘राहुल’ राख्न खोज्दा नेहरुले मन पराएनन् र छोराको नाम राजिव राखे। यद्यपि, पछि राजिवकै छोराको नाम ‘राहुल’ राखेर इन्दिराले चित्त बुझाइन्।

nepal_readers nepal_readers
असार २०, २०७९
- विमर्शका लागि, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मार्च १९४२ मा इन्दिरा गान्धी र फिरोज गान्धीबीच विवाह हुनुपूर्व यी दुई वयस्कबीचको विवाह रोक्नका लागि जवाहरलाल नेहरू र मोहन करमचन्द गान्धी(महात्मा गान्धी) लाई सम्बोधन गर्दै थुप्रै चिठीहरू आइरहेका थिए। एउटी हिन्दू केटी र अर्को गैरहिन्दू केटाबीचको विवाह मन नपराउनेहरूले उक्त विवाह रोक्नका लागि चिठी लेखिरहेका थिए। यो कुरा सन् १९४२ को थियो, जतिखेर ‘भारत छोडो आन्दोलन’ चलिरहेको थियो।

    इन्दिरा गान्धी र फिरोज जहाँगिर घान्दीको विवाह हुनेवाला थियो। फिरोज भारतको स्वतन्त्रताको आन्दोलनमा सक्रियातापूर्वक लागेका ती व्यक्ति थिए, जसले महात्मा गान्धीबाट प्रभावित भएर आफ्नो थरलाई नै ‘गान्धी’मा परिवर्तन गरेका थिए। इन्दिरा र फिरोजको विवाहलाई लिएर इन्दिराको बा जवाहरलाल नेहरु सोचमग्न त थिए नै, महात्मा गान्धी र धेरै भारतीयहरू पनि सोचमग्न थिए। माथि नै भनियो, उक्त विवाहलाई रोक्नका लागि धेरै शंख्यामा चिठीहरू आइरहेका थिए, किनकि यो यो विवाह एउटा ‘हाइप्रोफाइल विवाह’ मात्रै थिएन, अन्र्तधार्मिक विवाह पनि थियो। एक हिन्दू र एक गैरहिन्दूबीचको विवाह थियो।

    नेहरूको स्पष्ट मत थियो कि विवाह अन्तर–धार्मिक भएपनि विवाह गरेपछि वर र वधुलाई धर्म परिवर्तनका लागि वाध्य पारिनुहुन्न। आफ्नो मर्जीअनुसारको धर्म मान्ने अधिकार दुबैलाई हुनुपर्छ। र, इन्दिरा र फिरोज पनि त्यही चाहन्थे। नेहरूजीले आफ्नो छोरीको विवाहका सन्दर्भमा एउटा प्रेस विज्ञप्ति नै जारी गरे, जुन २८ फेब्रुअरी १९४२ मा ‘मुम्बई क्रोनिकल’मा प्रकाशित समेत गरिएको थियो।

    त्यसमा लेखिएको थियो, ‘अखबारहरुमा हाम्री छोरी इन्दिराको फिरोज घान्दीको ‘टिकाटालो’का बारेमा खबर प्रकाशित भएका छन्। मान्छेहरूले पनि मेरो छोरीको विवाहलाई लिएर अनेकौँ सवालहरू सोधिरहेका छन्। र, म उक्त खबर सही हो भनेर पुष्टि गर्न चाहन्छु। लामो समयदेखि मेरो मान्यता छ कि विवाहको बारेमा केटाकेटीले बाआमाको सल्लाह लिनुपर्छ। तर अन्तिम फैसला भने केटा र केटी स्वयंले नै लिने हो। फिरोज र इन्दिराले एक अर्कालाई मन पराएको र विहे गर्न चाहेको कुरा थाहा पाएपछि मैले उनीहरूको निर्णयलाई खुसीका साथ स्वीकार गरेँ र उनीहरूलाई आफ्नो तर्फबाट आर्शिवाद दिएँ।

    महात्मा गान्धीले पनि यो विवाहलाई लिएर शुभकामना दिनुभएको छ। फिरोज नौजवान पारसी हुन् र उनी कैयौँ वर्षदेखि हाम्रो परिवारको मित्रका रूपमा रहेका छन्। तर म त उनलाई देशको काम र स्वतन्त्रताको लडार्इँमा समेत महत्वपूर्ण भागीदारका रूपमा देख्छु। र, मेरी छोरीले जसलाई मन पराइन्, म उनको रोजाईलाई मान्ने नै थिएँ। यदि मैले त्यसो गर्दिनथेँ भने म आफूले सधैँ मान्ने गरेको त्यस्तो सिद्धान्तबाटै च्युत हुने थिएँ। र, महात्मा गान्धी चाहन्थे कि यी दुईको बिहे गान्धीद्वारा संचालित ‘सेवाग्राम’बाटै भइदियोस्।

    यसो भयो भने गान्धीलाई विवाह समारोहमा आउन पनि सहज हुनेथियो भन्ने गान्धीको इच्छा थियो। गान्धीको सुझावलाई म प्रशंसा गर्छु र त्यसका लागि आभारी पनि छु। तर मेरो परिवारका सदस्यहरू आफ्नै घरबाट उक्त विवाह होस् भन्ने चाहन्छन्। यस कारण यो विवाह एक महिनाभित्रमा इलाहाबादमै हुनेछ।’

    नेहरूले यतिसम्म भनेका थिए कि ‘इन्दिराको विवाह केबल उनको छोरीको विवाह होइन। त्यसकारण उक्त विवाहलाई परम्पारगत विवाहभन्दा बेग्लै ढंगले सम्पन्न गरिनेछ। र, त्यसमा बेहुला र बेहुली दुबैको धर्म परिवर्तन गराइने छैन। यसो गर्दा उक्त विहे अन्र्तधार्मिक विवाहको एउटा नजिरका रूपमा रहन्थ्यो।’ र, पछि भारतको संसदले जब विवाहसम्बन्धी अधिनियम बनायो, त्यतिखेर नेहरुले भनेजस्तै भयो पनि। महात्मा गान्धी स्वयंले यस्तो किताब (संहिता) बनाए, जसमा हिन्दू धर्म र पारसी धर्मको मन्त्रहरूलाई मिलाइएको थियो। तर संयोगले किताब अलि ठूलो नै भयो।

    तर १६ मार्च १९४२ मा पण्डित नेहरूले वर्धाबाट लक्ष्मीधर शास्त्रीलाई चिठी लेखे। त्यसमा उनले यो विहेको विधी एकदमै अप्रचलित र अनौठोजस्तो हुन नहुने कुरालाई जोड दिए। नेहरुले महात्मा गान्धीले बनाएको विवाहको विधि पनि लक्ष्मीधर शास्त्रीलाई पठाए र भने कि त्यहाँ भएका कतिपय प्रावधान हटाउनु उचित हुन्छ। त्यति हुँदाहुँदै पनि उनले पत्रमा शास्त्रीलाई महात्मा गान्धीको विचारलाई पनि ख्याल गर्न र त्यसलाई पालन गर्न सुझाए।

    चिठीको अन्त्यमा नेहरूले लेखे, ‘यो विवाह एक हिन्दू र एक गैरहिन्दूका बीच हुन गइरहेको छ। र, जराथुस्त्र धर्म (फिरोजको पारिवारिक धर्म)को धेरै कुरा वैदिक कर्मकाण्डसँग मिलेकोझैँ लाग्छ। किनपनि यस्तो हुन गएको हो भने दुबै धर्मको उद्गम एकै ठाउँबाट भएको हो। यति हुँदाहुँदै पनि फेरि हामीले यो पनि भुल्नु हुँदैन कि बिहे त फरक परम्पराका दुई व्यक्तिबीच हुन गइरहेको छ।

    जहाँसम्म धर्मको सवाल छ, दुबै जना विवाहपछि पनि आफ्नो मूल धर्ममै रहने कुरा छ। यसको कानूनी पक्ष के हुन्छ, त्यसको बारेमा म अहिल्यै सम्पूर्ण व्याख्या गर्न असमर्थ छु। तर विवाह समारोह यस्तो होस् कि सो विवाह समारोह हिन्दू र गैर–हिन्दू दुबैलाई सुहाओस्। यो यस्तो विवाहको विधानले भविष्यमा नजीरका रूपमा काम गरोस्। र, त्यसले आगामी दिनमा समाज सुधार र कतिसम्म भने कानून निर्माणको पनि आधार भूमि बनाओस्।

    नेहरूको अनुमान थियो कि भविष्यमा भारतमा पनि धर्म र जातको स्थान कम हुँदै जानेछ। उनलाई यो पनि थाहा थियो कि ‘विवाहको विषय बाआमा र परिवारको नियन्त्रणमा मात्रै हुनेछैन। जब समाज खुला हुन्छ, केटाकेटी एकअर्काको सम्पर्कमा सहजै आउनेछन्। जसरी पश्चिमा देशहरूमा हुने गरेको छ।’ समाजले विरोध गर्दागर्दै पनि केटाकेटीहरूको विहे त अवश्यै हुनेछ। यसै कारणले गर्दा नेहरुले धर्मका बीचमा टकराव नहोस्, बरु एकअर्कामा अन्र्तघुलन होस् भनेर विवाहको नयाँ पद्धति भारतमा लागू गराउन खोजे। आजको ‘लब जिहाद’जस्तो मानसिक बिकारहरूलाई हल गर्नकै लागि नेहरुले एकदमै लोकतान्त्रिक तरिका अपनाएका थिए।

    नेहरु र इन्दिराले सर्वधर्म समभावको धारणालाई केबल विवाहसम्म मात्रै सिमित राखेका थिएनन्। जब इन्दिराको पहिलो सन्तान जन्मियो, नेहरुले हिन्दू र पारसी दुबै धर्मले समान रूपमा स्वीकार्ने खालको नाम राख्न खोजे। त्यसकारण त्यस समय इन्दिराले छोराको नाम ‘राहुल’ राख्न खोज्दा मन पराएनन् र छोराको नाम राजिव राखे। यद्यपि, पछि राजिवकै छोराको नाम ‘राहुल’ राखेर इन्दिराले चित्त बुझाइन्।

    इन्दिरा भविष्यमा पनि उनको धर्म होइन, आफ्नो कामको निम्ति सम्झिइने छिन्। उनले आफ्नो देशका लागि गरेको अनेकौँ महत्वपूर्ण निर्णयहरूका लागि उनलाई याद गरिनेछ। भारतका रजौटाहरूको विशेषाधिकार अन्त्य गरेको तथा बैंकको राष्ट्रियकरणका लागि पनि उनलाई सम्झिइनेछ। अम्रितसारमा भएको धार्मिक अप्रेसन ‘ब्लुस्टार’का क्रममा भारतीय सुरक्षा एजेन्सीले इन्दिरालाई बारम्बार ‘अब तपाईँले सिख बडिगार्ड राख्नु खतरापूर्ण छ’ भनेका थिए। तर देशको संविधान तथा भारतको आत्मामा विश्वास गर्ने इन्दिराले धर्मनिरिपेक्षताकै लागि भन्दै सिख बडीगार्डलाई हटाउने कुरालाई मानिनन्।

    र, अन्त्यमा सुरक्षा एजेन्सीको सुझाव नमान्नु उनका लागि महंगो पर्न गयो। सिख बडीगार्डले नै उनको हत्या गरिदियो। महात्मा गान्धीको हत्यापूर्व पनि उनलाई उनीमाथि हुनसक्ने हमलाका बारेमा सचेत गराइएको थियो। तर गान्धी भन्नेगर्थे, ‘म कुनै पनि तरहको सुरक्षा स्वीकार गर्दिनँ। कसैले मेरो हत्या गर्न चाहन्छ भने भैगो, मेरो हत्या गर्न दिउँ।’ आखिरमा एक आतंकवादीले गान्धीलाई मारिदियो। हुन त आज पनि इन्दिरा गान्धीको कर्मलाई छाडेर मान्छेहरू उनको धर्मको बारेमा प्रश्न गर्छन्। त्यस्ता मान्छेहरूलाई सद्बुद्धि मिलोस्।

    मिडियाभिजिलबाट नेपाल रिडर्सको अनुवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.