Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भारत-चीन तनाव: चिनियाँ सेनासँग लडाइँ गर्न भारतीय सेनाको गुप्त एकाइमा भर्ती भएका तिब्बती शरणार्थीहरू

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज ३०, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    दशकौँदेखि भारतले हिमाली क्षेत्रमा लडाइँ गर्न बनाएको एउटा गुप्त सैन्य टोलीमा तिब्बती शरणार्थीहरूलाई भर्ती गर्दै आएको थियो। तर हालै एक लडाकुको मृत्यु भएपछि उक्त एकाइ चर्चामा आएको आमिर पीरजादाले बताएका छन्।

    केही दिनअघि ५१ वर्षीय सैनिक नीमा तेन्जिनको लद्दाखको प्याङ्गोङत्सो तालनजिकै भएको बम विस्फोटमा मृत्यु भयो। सो क्षेत्र हालै चिनियाँ र भारतीय सेनाबीच तनाव भएको क्षेत्र हो। सैन्य स्रोतका अनुसार उनको मृत्यु भारत र चीनबीच सन् १९६२ मा युद्ध हुँदा बिच्छ्याइएको बम विस्फोट हुँदा भएको हो।

    “अगस्ट ३० को राति साढे १० बजेतिर उनी घाइते भएको सूचना पाएँ,” तेन्जिनका दाजु नाम्दाखले भने। “मलाई उनको मृत्यु भएको बताइएन। पछि एकजना साथीले उनको मृत्यु भएको जानकारी दिए।”

    परिवारका अनुसार तेन्जिन स्पेशल फ्रन्टीअर फोर्स एसएफएफका सदस्य थिए। सो एकाइमा ३,५०० जति सैनिक रहेको र तीमध्ये धेरैजसो तिब्बती शरणार्थी रहेको बताइन्छ।तेन्जिन शरणार्थी थिए र उनले सेनामा ३० वर्षभन्दा बढी सेवा गरेको उनको परिवार बताउँछ।

    भारतीय सेनाले सार्वजनिक नगरेको एसएफएफको बारेमा धेरै कुरा थाहा छैन। तर यो सैनिकहरू, परराष्ट्रनीतिका विज्ञ र सो क्षेत्रका पत्रकारहरूलाई थाहै नभएको कुरा पनि होइन।तेन्जिनको मृत्युले भने भारतीय सेनामा पहिलो पटक तिब्बती शरणार्थीहरूको भूमिकालाई उजागर गरिदिएको छ।तेन्जिन बस्ने लद्दाखको राजधानी लेहका स्थानीय बासिन्दा र तिब्बती समुदायका मानिसहरू २१ तोपको सैन्य सम्मानसहित साथ गरिएको उनको अन्तिम संस्कारमा सहभागी भए।

    सत्तारूढ भारतीय जनता दलका नेता राम माधव सहभागी पनि उनको अन्तिम संस्कारमा सहभागी भए। तेन्जिनको शवलाई भारतीय र तिब्बती झण्डा ओढाएर सैन्य ट्रकमा राखिएको थियो।माधवले ट्वीट गर्दै तेन्जिन एसएफएफको सदस्य रहेको र भारतीय सीमाको रक्षा गर्दै वीरगति प्राप्त गरेका तिब्बती भएको लेखेका थिए। उनले भारत-चीन लेख्नुपर्नेमा भारत-तिब्बत सीमा लेखेको ट्वीट पछि मेटे।

    भारत सरकार र सेनाले आधिकारिक रूपमा केही नभने पनि तेन्जिनको अन्तिम संस्कारको समाचार राष्ट्रिय पत्रपत्रिकामा आएको थियो जसलाई भारतले चीनलाई दिएको कडा सन्देशको रूपमा व्याख्या गरिएको छ।”अहिलेसम्म एसएफएफ गुप्त थियो तर अब यसका बारेमा लेखिएको छ र म धेरै खुसी छु,” नाम्दाखले भने।”हामीले सन् २९७१ मा लड्यौँ जुन गोप्य राखियो र सन् १९९९ मा पाकिस्तानविरुद्ध कारगिलमा लड्यौँ, त्यो पनि गोप्य राखियो। अहिले पहिलो पटक यसको अस्तित्वलाई स्वीकारिएको छ।”विज्ञहरूका अनुसार एसएफएफ सन् १९६२ को भारत-चीन युद्धपछि गठित फौज हो।

    “यसको लक्ष्य भारत आएका तिब्बती र उचाइमा लड्ने अनुभव भएकाहरूलाई वा सन् १९६० सम्म चिनियाँ सेनाविरुद्ध लडेका तिब्बती गुरिल्ला शक्ति चुशी गान्द्रुकका सदस्यहरूलाई भर्ती गर्ने थियो,” तिब्बती पत्रकार र चलचित्रकर्मी काल्साङ रिन्चेनले भने।उनले एसएफएफका पूर्वसैनिकहरूसँग अन्तर्वार्ता लिएर एउटा वृत्तचित्र बनाएका छन्।

    सन् १९५९ मा चीनविरोधी अभियान असफल भएपछि दलाई लामा तिब्बतबाट भागेर भारतमा आएर बसेका छन्। उनीसँगै दशौँ हजार तिब्बतीहरू भारत आएर शरणार्थीका रूपमा बसेका छन्।भारतले दलाई लामालाई समर्थन गर्छ र उनीसँगै आएका शरणार्थीका कारण भारत-चीन सम्बन्ध तीतो भएको थियो। त्यसलाई सन् १९६२ को युद्धले मलजल गर्‍यो।

    अमेरिकी सीआईएको सहयोगमा तात्कालिक भारतीय गुप्तचर प्रमुख बीएन मल्लिकले एसएफएफ खडा गरेको मानिन्छ।अमेरिकाको भूमिकाको बारेमा विवाद छ। केही विज्ञहरू यसलाई अमेरिकाले समर्थन मात्रै गरेको मान्छन् भने केही विज्ञले अमेरिकाले १२,००० तिब्बतीलाई तालिम दिएको र एसएफएफ गठन गर्न केही आर्थिक सहयोग दिएको मान्छन्।

    “धेरै जसो तालिम अमेरिकीले दिएका थिए,” सन् १९६२ मा एसएफएफ भर्ती भएका जाम्पा भन्छन्।”अलिअलि हिन्दी बोल्ने सीआईएका एक व्यक्तिले हामीमध्ये हिन्दी बोल्ने चार जनालाई तालिम दिएका थिए। ती चार जनाले अरूलाई तालिम दिएका थिए।”

    सो फौजमा सुरुमा तिब्बतीहरू मात्रै भर्ती गरिए पनि पछि गैरतिब्बतीहरू पनि भर्ना गरिएको । यसको नेतृत्वमा भारतीय सेनाको उच्चाधिकारी रहेको बताइन्छ।यो सीधै सङ्घीय सरकारको मातहत रहेको विज्ञहरू बताउँछन्। “यसको मूल उद्देश्य चीनसँग गोप्य रूपमा लड्ने र गुप्तचरी गर्ने रहेको छ,” रिन्चेनले भने।चीनले भने यसको अस्तित्वको बारेमा थाहा नभएको बताउँछ।

    “प्रवासमा रहेका तिब्बतीहरू भारतीय सशस्त्र बलमा रहेका मलाई जानकारी छैन। तपाईँ भारतीय पक्षलाई सोध्न सक्नुहुन्छ,” हालैको एक पत्रकार सम्मेलनमा एक चिनियाँ प्रवक्ताले भनेका थिए। – बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.