पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले अक्टोबर-नोभेम्बरमा पाकिस्तान र भारतबीच पूर्ण युद्ध हुनसक्ने बताएका छन । भारतले जम्मू-काश्मिरलाई विशेष अधिकार दिएको धारा ३७० को खारेजको घोषणा गरेपछि निरन्तर भारत र पाकिस्तानले वाक युद्व गरिरहेका छन् ।
पाकिस्तानी सञ्चार माध्यमका अनुसार अहमदले रावलपिंडीमा कश्मीरीहरूप्रति एकता कायम गर्न आयोजना गरिएको एक कार्यक्रममा यस्तो कुरा बताएका हुन्। उनले कश्मीरमा प्रधानमन्त्री नरेन्द्र मोदीले समस्या पैदा गरेको आरोप लगाए। उनले भने ‘हिटलर मोदीले गर्दा हामीले युद्वकाे संकेत पाइरहेकाछाै। ‘कश्मीरको मुक्तिका लागि अन्तिम लडाईको समय आइसकेको छ र यस पटक भारतसँगको युद्ध पूर्ण र अन्तिम हुनेछ’। उनले थपे ‘यदि संयुक्त राष्ट्र संघले चाहेको भए कश्मीरमा एउटा जनमत हुन सक्थ्यो। काश्मिरको भाग्यको फैसला कश्मीरीहरूले गर्ने हाे संयुक्त राष्ट्रले होइन।’
यसैगरि, पाकिस्तानका प्रधानमन्त्री आमिर खानले जम्मू-काश्मिरका लागि आफूहरु जुनसुकै हदसम्म पनि जान सक्ने बताएका थिए ।
पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले प्रधानमन्त्री इमरान खानले अर्को महिना न्यु योर्कमा संयुक्त राष्ट्र महासभामा आफ्नो सम्बोधनको क्रममा कश्मीरको मुद्दालाई अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउने बताएका थिए। एजेन्सीकाे सहयोगमा ।