Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले गरेका दाबीको तथ्य जाँच

सहयोगीबाट सहयोगीबाट
पुस २९, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २६ गते राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले चालेका कदमको प्रतिवाद गरेका थिए । एक घन्टाभन्दा लामो भाषणमा उनले प्रतिनिधिसभाको विघटन गर्ने आफ्नो सरकारको निर्णयको बचाउ गर्नुका साथै सरकारले गरेका कामहरुको विवरण पेश गरेका थिए । सम्बोधनका क्रममा आफ्नो सरकारका उपलब्धिबारे उनले भनेका थिए, “यसअघि कहिल्यै पनि यसरी काम भएको थिएन । तथ्यहरुले बताउँछन् । आँकडाहरुले बताउँछन् ।”

    तर उनले गरेका दाबीमध्ये कतिपय भ्रामक र तथ्यहीन भएको पाइएको छ । साउथ एसिया चेकले उनका तीन दाबीमाथि तथ्य जाँच गरेको छ ।

    पहिलो दाबी

    “भुकम्पबाट क्षतिग्रस्त ७ लाख घरहरु निर्माण गरेर जनतामा वितरण गरियो ।”

    भुकम्पपछिको पुनर्निर्माणमा आफ्नो सरकारले प्रगति गरेको दाबी गर्ने क्रममा प्रधानमन्त्री ओलीले याे भनाइ दाेहाेर्याउने गरेका छन् । तर यो दाबी गलत मात्र नभई भ्रामक पनि भएको हामीले फेला पारेका छौँ । प्रधानमन्त्री ओली नै निर्देशक समितिको अध्यक्ष रहेको राष्ट्रिय पुनर्निमाण प्राधिकरणको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हालसम्म ५ लाख ५९ हजार १ सय ३९ घरहरुको निर्माण सम्पन्न भएको छ । यसबारेमा हामीले यसअघि पनि तथ्य जाँच गरेका छौँ ।

    प्रधानमन्त्री ओलीले ती घर जनतालाई वितरण गरिएको बताएका छन् । तर वास्तविकता के हो भने, भुकम्प पीडितलाई सरकारले तीन लाख रुपैयाँ अनुदान दिन्छ जसबाट सरकारी मापदण्ड अनुसारका घर बनाउन सम्भवै छैन । घर निर्माणकाे एउटा हिस्सामात्र पुरा हुनसक्छ उक्त अनुदानले । भुकम्प पीडित आफैले बनाएका घरलाई वितरण गरिएको भन्ने ओलीकाे दाबी भ्रामक छ ।

    दोस्रो दाबी
    “चाँदनी दोधारामा सुख्खा बन्दरगाहको व्यवस्था गरेका छौँ ।”

    सुदूरपश्चिम प्रदेशमा आफ्नो सरकारले विभिन्न परियोजनाहरु अघि बढाएको दाबी गर्दै ओलीले उक्त भनाइ राखेका हुन् । उनले भारतसँगको नेपालको सम्बन्ध सुध्रिएको दाबी गर्दै यो उदाहरण पेश गर्ने गरेका छन् ।

    तर महाकाली नदी पारिकाे दोधारा चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाहसम्बन्धी आयोजना करीब १० वर्ष पुरानो हो । कान्तिपुरमा गत पुस ७ गते प्रकाशित समाचार अनुसार दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माणका लागि १० वर्ष अघि नै विश्व बैंकले सम्भाव्यता अध्ययन गरेको थियो । ४ वर्षअघि वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले समेत सम्भाव्यता अध्ययन गरेको थियो । गत असोजमा मन्त्रालयका सहसचिव प्रकाश दाहालको नेतृत्वमा स्थलगत अध्ययन गरिएको थियो । उक्त अध्ययनपछि नगरपालिकाको मायापुरी सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह बनाउन सिफारिस गरिएको सो समाचारमा जनाइएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेललाई उद्धृत गर्दै उक्त समाचारमा फेरि अर्को अध्ययनका लागि परामर्शदाताको छनौट भइरहेको जनाइएको छ ।

    उक्त समितिले प्रकाशित गरेको दस्तावेजमा २०७२ सालमै मन्त्रीस्तरीय निर्देशनबाट एक अन्तरमन्त्रालय स्तरीय टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएको उल्लेख छ । उक्त दस्तावेजमा आर्थिक वर्ष २०७३/७४ को बजेटमा सो सुख्खा बन्दरगाह निर्माणमा जोड दिइएको उल्लेख छ । एक दशकदेखि तयारी हुँदै गरेको र हालसम्म पनि ठोस प्रगति नभएको आयोजनाको बारेमा प्रधानमन्त्री ओलीको भनाइ भ्रामक छ ।

    तेस्रो दाबी

    “शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा कति प्रगति भएको छ भन्ने सबै साथीहरुलाई थाहा छ । अहिले भर्ना दर कति पुगेको छ । यो पनि थाहा छ । अहिले विद्यालयबाट बाहिरिनेको संख्या कसरी घटेको छ, त्यो पनि थाहा छ । छात्र र छात्राहरुको (भर्ना) अनुपात बराबरीको स्थितिमा पुगेको छ ।”

    प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा छात्राहरुको विद्यालय भर्नादर बढेर छात्रको बराबरी भएको दाबी गरेका छन् । आफ्नो सरकारको गएको ३ वर्षको कार्यकालमा भएको उपलब्धिको चर्चा गर्ने क्रममा उनले यसो भनेका हुन् । नेपालको विद्यालय शिक्षा क्षेत्रमा लैंगिक समानताका लागि धेरै प्रयास भएका छन् । जसले छात्राहरुको भर्नादर बढाउन भूमिका खेलेको छ । मुख्य समस्या विद्यालय शिक्षामा छात्राहरुको पहुँच कम हुनुलाई मानिन्थ्यो । तर छात्राको विद्यालय भर्नामा पहुँच पहिले नै छात्रको भन्दा बढी भैसकेको सरकारकै आर्थिक सर्वेक्षणहरुले देखाउँछन् । ओली सरकारमा आउनु अगावै विद्यालयमा छात्रभन्दा धेरै छात्राहरु भर्ना हुने गरेका थिए । आर्थिक सर्वेक्षण २०७३।७४ का अनुसार २०७३ सालमा ३७ लाख ९० हजार ५ सय ८९ छात्राहरु भर्ना भएका थिए । यो संख्या त्यस बर्ष भर्ना भएका छात्रहरुको भन्दा १ लाख ३५ हजार ८० जनाले धेरै थियो । ओली २०७४ साल फागुनमा प्रधानमन्त्री बनेका थिए ।

    २०७५ सालमा अर्थात् ओली सरकारमा आएको दोस्रो वर्ष विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये छात्राहरुको संख्या थोरैले अर्थात् ९ सय ९३ ले मात्र बढी रहेको आर्थिक सर्वेक्षण २०७५।७६ को तथ्यांकले देखाउँछ । त्यस वर्ष ३६ लाख ७ हजार ७ सय ५९ छात्राहरु विद्यालयमा भर्ना भएका थिए । अर्थात् त्यस वर्ष विद्यालयमा भर्ना हुने छात्रछात्राको संख्या लगभग बराबरी थियो ।

    अनि २०७६ सालमा छात्रहरुभन्दा ३४ हजार ३ सय १० बढी छात्राहरु विद्यालयमा भर्ना भएका थिए । त्यस वर्ष भर्ना भएका छात्राको संख्या ३४ लाख ९३ हजार ६ सय ५६ रहेको थियो । यसर्थ ओलीले दाबी गरेजस्तो उनको सरकारको कामका कारणले छात्राको भर्ना बढेको भन्ने कुरा सही होइन । अर्थात् ओली प्रधानमन्त्री हुनुभन्दा पहिल्यै छात्र र छात्राहरुको भर्नाको अनुपात बराबरी भैसकेको थियो । दीपक अधिकारी/साउथ एसिया चेक

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.