Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

युरोपमा नेपाली विमानलाई लागेको प्रतिबन्ध हटाउन ‘सघन छलफल’

by पत्रपत्रिकाबाट
November 5, 2019
- समाचार
सी भ्रमणले विश्वभर नेपालको प्रवर्द्धन हुनेछः पर्यटनमन्त्री भट्टराई
Share on FacebookShare on TwitterEmail

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली विमानलाई युरोपमा उडान अनुमति दिन युरोपेली सङ्घ ईयूसँग सघन छलफल भइरहेको बताएका छन्।ब्रिटेनको अल्डरशटमा आइतवार बेलुका बोल्दै मन्त्री भट्टराईले नेपालस्थित ईयूका सदस्य राष्ट्रका प्रतिनिधिहरूसँग पनि यसबारे नेपाल सरकारले छलफल गरिएको बताए।

छ वर्षअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आईकाओले नेपाली वायुसेवा क्षेत्रको सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गर्दै नेपाली विमान सेवालाई कालोसूचीमा राखेको थियो।आईकाओ तथा युरोपेली सङ्घले नेपालमा दर्ता भएका सबै विमान सेवालाई युरोपेली सङ्घका सदस्य राष्ट्रमा विमान उडान प्रतिबन्ध लगाएका थिए। दुई वर्षअघि आईकाओले नेपाललाई कालोसूचीबाट हटाएको भए पनि युरोपेली सङ्घले लगाएको प्रतिबन्ध अझै कायम छ।

प्रतिबन्ध हट्नेमा विश्वस्त
गैर आवासीय नेपाली सङ्घ यूके शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपेली राष्ट्रमा रहेका नेपाली नियोगमार्फत् प्रतिबन्ध हटाउन कूटनीतिक प्रयास भइरहेको बताए।’अहिले ब्ल्याक सीभन्दा माथि हाम्रा विमानलाई आउन दिइएको छैन। तर ईयूभित्रका सबै देशहरू गल्ती भएछ, सच्याउनुपर्छ भन्ने सोचाइमा पुगेका छन्,’ उनले भने।

अझै निर्णय भइनसकेको भए पनि छिट्टै प्रतिबन्ध हट्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।नेपालमा सन् २०१२ सेप्टेम्बरमा सात जना ब्रिटिश पर्यटकहरु सहित १९ जनाको ज्यान जानेगरी सीता एयरको विमान दुर्घटनाग्रस्त भएपछि सन् २०१३ मा युरोपेली सङ्घले नेपाली विमान सेवाहरूलाई प्रतिबन्ध लगाएको थियो।

‘युरोपमा बनेको विमान हामीले चलाइरहेका छौँ। तर तिनै विमानलाई युरोपमा उडान गर्न किन नदिएको भनेर हाम्रो प्रधानमन्त्रीले सोध्नुभयो,’ भट्टराईले भने।उनले युरोप, कोरिया र अस्ट्रेलियाजस्ता देशमा उडान गर्न भनेरै नेपाल वायुसेवा निगमले वाइडबडी विमान किनेको दाबी गरे।’छिट्टै हामी हाम्रो विमान युरोपमा पनि ल्याउन सक्छौँ,’ उनले भने।

भ्रमण वर्षलाई सघाउन आग्रह
वर्ल्ड ट्राभल मार्किट डब्ल्यूटीएम नामक पर्यटन व्यवसायीहरूको वार्षिक प्रदर्शनीमा भाग लिन भट्टराई ब्रिटेन आएका हुन्।सो अवसरमा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि सबैलाई आग्रह गरे।’आउँदो एक वर्षलाई मात्रै हेरेर यो अभियान सफल हुन सक्दैन। आउँदो एक दशकसम्म यो अभियानलाई निरन्तरता दिन जरुरी छ,’ उनले भने।’पर्यटन भनेको प्रकृति र संस्कृति हो र यो कहिल्यै सिद्धिँदैन,’ उनले भने।

नेपालको अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले पर्यटनको योगदानलाई तीन प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्‍याउन सरकारले काम गरिरहेको उनले बताए।त्यसो गर्दा लाखौँ नयाँ रोजगारी सिर्जना हुने उनको दाबी थियो।’हस्पिट्यालटी क्षेत्रको क्षमता वृद्धि गर्दै पूर्वाधार विकास गर्न सरकारले काम गरिरहेको छ’ उनले भने।

उनले चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपाल भ्रमण गरेपछि चीनबाट नेपाल आउने पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा व्यक्त गरे।उनका अनुसार नेपालले अहिले भारत, चीन, दक्षिण कोरिया, जापान र बेलायतसहित १० वटा देशका पर्यटकमा ध्यान केन्द्रित गरेको छ।

कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सन् २०२० मा नेपाल जाने बेलायती पर्यटकको सङ्ख्या कम्तीमा एक लाख पुर्‍याउने उद्देश्य राखी ब्रिटेनका विभिन्न स्थानमा प्रवर्धनात्मक कार्यक्रम गर्न लागिएको बताएका थिए। भ्रमण वर्षमा नेपाल आउने पर्यटकको सङ्ख्या २० लाख पुर्‍याउने लक्ष्य नेपाल सरकारको छ। बीबीसी

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

१५० रुपैयाँमा मन्त्रिपरिषदको निर्णय किन्थ्यो भारतीय दूतावास

3 years ago
प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

प्रिय अफ्रिकीहरू! यूरोपियन र अमेरिकी विचारहरूले हामीलाई बचाउन सक्दैन – केवल हाम्राले मात्र सक्छ

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.