Date
बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
Wednesday, April 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इरानमा हिजाब आन्दोलनः सीमान्तकृतहरूको आवाज बन्नुपर्छ

यो सुधारका लागि एउटा आह्वान मात्रै होइन, यो राज्याधिकारका लागि एउटा चुनौती पनि हो। प्रदर्शनकारीहरू राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका मागहरूमा जोडिन पुगेका छन्। विभिन्न प्रान्त तथा शहरका प्रदर्शनहरूमा विभिन्न जात र वर्गका मानिसहरू सहभागी भएका छन्।

राना फरहउदी, मासिद सेइडी राना फरहउदी, मासिद सेइडी
कार्तिक १५, २०७९
- समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    गत १३ सेम्टेम्बरमा २२ वर्षीय कुर्दिस युवती महसा अमिनीमाथि इरानको ‘नैतिक’ प्रहरीले सांघातिक आक्रमण गर्‍यो। त्यसको तीन दिनपछि उनको मृत्यु भयो। सरकारको मापदण्ड अनुसार हिजाब नलगाएको आरोपमा पक्राउ परेकी अमिनीको टाउकोमा लाठी प्रहार गरिएको थियो। उनको मृत्युपछि इरानमा बिद्रोहको लहर नै चल्यो। प्रदर्शनकारीहरूले इरानमा स्वतन्त्रता, लोकतन्त्र र इस्लामिक रिपब्लिक शासन अन्त्यको माग गरिरहेका छन्। यो आन्दोलन इरानमा पछिल्लो ४० वर्ष यताकै सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन हो।

    विरोधको छाल
    क्रान्तिकारी भनिएको यो आन्दोलन एक महिना भन्दा बढी समयदेखि चलिरहेको छ र यो ३० वटा प्रान्तमा फैलिसकेको छ। यस आन्दोलनको नेतृत्व महिलाले गर्दै आएका छन्। आन्दोलनमा प्रतिकात्मक रुपमा दमन र निर्ममताको विरोध गरिँदैछ भने ‘महिला, जीवन स्वतन्त्रता,’ अर्थात् ‘जिन जिआन आजादी’ जस्ता नारा लगाइएका छन्। ‘जिन जिआन आजादी’, यो चर्चित कुर्दिस नारा सन् २००८ मा कुर्दिश महिलाहरूको स्वतन्त्रता आन्दोलनताका पहिलोपटक प्रयोग गरिएको थियो। यो नारा कट्टर पूँजीवादी विरोधी र औपनिवेशिक विरोधी आन्दोलनसँग पनि जोडिएको छ।
    इरानमा जारी पछिल्लो आन्दोलनको अर्को प्रमुख विशेषता भनेको यसको विकेन्द्रिकरण प्रकृति हो। यो आन्दोलन केन्द्रमा मात्रै सीमित नभएर देशैभरी फैलिएको छ। महिलाहरूले हिजाब उतारेर जलाइरहेका छन् भने विद्यालय उमेरका बालिकाहरूले प्रहरी दमनको सामना गरिरहेका दृश्यसहितका भिडियोहरूले यो आन्दोलन कतिसम्म चर्किएको छ भन्ने कुरा देखाउँछन्। यकिन संख्या नभएपनि प्राप्त विवतरणहरूका आधारमा भन्न सकिन्छ कि यो आन्दोलन इरानमा सन् २००९, २०१७ र २०१९ मा भएका आन्दोलनभन्दा ठूलो र व्यापक छ।

    व्यापक विकेन्द्रीकरणका कारण इरानी सरकारलाई आन्दोलन दबाउन कठिन भइरहेको छ। सरकारले इन्टरनेट बन्द गर्ने, जवाफी प्रदर्शन गर्ने तथा हिंस्रक कारवाहीको कोशिस त गर्‍यो, तर अहिलेसम्म यी सबै प्रयासहरू असफल भएका छन्।

    क्रान्तिकारी आन्दोलनका श्रृंखला
    इरानको पछिल्लो आन्दोलन कुनै शुन्यताबाट आएको होइन। यो पछिल्ला दुइ दशकदेखिको आन्दोलन निर्माण र विरोधको लहरको नतिजा हो। सन् २००९ मा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै इरानमा आन्दोलन चर्किएको थियो। ग्रिन मुभमेन्ट भनेर चिनिने यो आन्दोलनको नेतृत्व मध्यमवर्गीयहरूले गरेका थिए भने यीनका मागहरू सुधारवादी देखिन्थे। २००९ को आन्दोलनमा प्रदर्शनकारीहरूलाई गोली हान्ने देखि लिएर नेतालाई नजरबन्दमा पार्ने लगायतका सरकारी हस्तक्षेपसँगै यो आन्दोलन महिनौंपछि दुर्घटनाग्रस्त बन्न पुगेको थियो। यस ग्रिन मुभमेन्टको अन्त्यसँगै इरानले अवसादका साथै ठूलो आप्रवासनको लहर भोग्नुपर्यो।

    ग्रिन मुभमेन्ट पछि, सन् २०१७/१८ मा इरानमा अर्को आन्दोलन चर्कियो। जब देशमा भ्रष्टाचार बढ्दै गयो, नवउदारवादी नीति, भारी सैन्य खर्च र विदेश आर्थिक प्रतिबन्दहरूको सामना गर्नुपर्‍यो, परिणामस्वरुप बेरोजगारी र गरिबी बढ्नुका साथै देशको आर्थिक स्थिति खस्किएपछि जनताको असन्तुष्टि आन्दोलनमा देखिएको थियो। यो आन्दोलन आर्थिक मुद्दा, सामथ्र्य संकट र सुधारवादी रौहानी सरकारका नीतिमा केन्द्रित थियो। यो आन्दोलनमा बढी ग्रामिण क्षेत्रका र मजदुर वर्ग सहभागी थिए। र, ग्रिन मुभमेन्ट जस्तै यो पनि राज्यद्वारा दबाइएको थियो।

    सन् २०१९ को अन्त्यतिर इन्धनको मूल्य वृद्धि र मजदुरको अधिकार कटौतीका कारण जन्मिएको नयाँ चरणको आन्दोलन उग्र बन्दै गयो। यो आन्दोलन सन् २०१७ को भन्दा ठूलो थियो र यसमा ठूलो संख्यामा मजदुर वर्ग समावेश भएका थिए। यो आन्दोलन निकै निर्ममतापूर्वक ढंगले दबाइयो, जसमा १५०० मानिस राज्यबाट मारिएका थिए भने इन्टरनेट बन्द गराइएको थियो। यो विरोधको लहरको केही महिनापछि मात्र इरानी सरकारले युक्रेन इन्टरनेशनल फ्लाइट खसाल्यो, जसमा १७६ मानिसको ज्यान गएको थियो। जसले गर्दा इरानी सरकारको वैधता थप धरापमा पर्‍यो।

    यो सुधारका लागि एउटा आह्वान मात्रै होइन, यो राज्याधिकारका लागि एउटा चुनौती पनि हो। प्रदर्शनकारीहरू राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका मागहरूमा जोडिन पुगेका छन्। विभिन्न प्रान्त तथा शहरका प्रदर्शनहरूमा विभिन्न जात र वर्गका मानिसहरू सहभागी भएका छन्।

    पछिल्लो विरोधको आन्दोलन दुई दशकको अनुभवहरूको जगमा निर्माण भएको हो। यो सुधारका लागि एउटा आह्वान मात्रै होइन, यो राज्याधिकारका लागि एउटा चुनौती पनि हो। प्रदर्शनकारीहरू राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका मागहरूमा जोडिन पुगेका छन्। विभिन्न प्रान्त तथा शहरका प्रदर्शनहरूमा विभिन्न जात र वर्गका मानिसहरू सहभागी भएका छन्। स्टिल वर्करहरू, शिक्षक, साना व्यवसायी, तेल कर्मचारीहरूले ऐक्यवद्धता जनाउँदै हडताल गरिरहेका छन्। विद्यालय तथा विश्वविद्यायका विद्यार्थीहरू कक्षाबाट निस्किएर नाराबाजी गरिरहेका छन्। यता, राज्यले पनि दमन गरिरहेको छ, प्रदर्शनकारीहरूलाई जेल हालेको छ भने विद्यार्थीमाथि निर्मम आक्रमण गरेको छ।

    जातीय अल्पसंख्यक तथा कुर्दिश स्वतन्त्रताका लागि जारी संघर्ष
    इरानमा जारी आन्दोलनले जातीय अल्पसंख्यकको अधिकारको प्रश्नलाई उजागर गरेको छ। राज्यले लामो समयदेखि उत्पीडनमा परेका मानिसहरू बस्ने क्षेत्र सिस्तान र बलुचिस्तान प्रान्तमा कडा दमन गरेको छ। सुरक्षा बलद्वारा दर्जनौं ब्यलोक प्रदर्शनकारीहरू मारिएका छन्।

    यसैगरी कुर्दिस्तान (जहाँबाट आन्दोलन सुरु भएको थियो) मा प्रदर्शन हिंसात्मक बन्यो। कुर्दिस्तान प्रान्त ऐतिहासिक रुपमै इस्लामिक राज्यद्वारा विषमतापूर्वक रुपमा निशानामा पारिंदै आएको छ। त्यहाँका विद्यालयहरूमा कुर्दिश भाषालाई प्रतिबन्ध लगाइएको छ। रेजा शाहको शासन(१९२५-१९४१) मातहत अपनाइएको नीतिको अवषेशका रुपमा यसलाई लिइन्छ, जसले कुर्दिस पोसाक, साहित्य, संगित र नृत्यलाई प्रतिवन्ध लगाएको थियो।

    आन्दोलनलाई राज्यको दमनविरुद्ध अझै धेरै शक्तिशाली बनाउनका लागि जातीय अल्पसंख्यकहरू जस्तैः कुर्द, एजेरिज र बालुकिजहरूको अधिकारलाई समर्थन गर्न आवश्यक छ। यी जातीहरूको संख्या कूल जनसंख्याको ४० प्रतिशत छ। स्वतन्त्रता, लोकतन्त्र र आर्थिक न्यायका लागि गरिएको आन्दोलनले अल्पसंख्यक समूहमाथिको दमनविरुद्ध आवाज उठाउनुपर्छ। यही आन्दोलनमा इरानीहरूले जातीय तथा धार्मिक अल्पसंख्यकहरूको नागरिक अधिकार कटौती हुने कुनैपनि दमनकारी संरचना कायम नरहनेगरी सक्रिय रुपमा कदम चाल्नुपर्छ। यसलाई व्यवहारिक रुपमा भन्नुपर्दा अब इरानीहरूले कुर्द आवाजको उत्थान गर्नुका साथै कुर्द इतिहास, स्वायत्तता र भूमिको सम्मान गर्नुपर्छ।

    अन्तराष्ट्रिय ऐक्यबद्धता
    इरानमा जारी आन्दोलनमा अन्तराष्ट्रिय ऐक्यबद्धता र प्रवासी गतिविधि बेजोड स्तरमा देखिन्छ। इरानका घटनाहरूमाथि वैश्विक मिडिया प्लेटफर्महरूमा दैनिक कभरेज हुँदै आएका छन्। यस्तै विभिन्न राजनीतिक व्यक्तित्व, सेलेव्रेटी, मिडिया पर्सनालिटी तथा राजनीतिज्ञहरूले यस आन्दोलनलाई समर्थन गरिरहेका छन्। विश्वभरका शहरहरूमा ऐक्यवद्धता र्याली भेला तथा प्रदर्शनहरू भएका छन्। १ अक्टोबर अर्थात् डे अफ एक्सनमा विश्वभरका १५० शहरहरूमा प्रदर्शन गरिएको थियो।

    इरानी राज्यमा अन्तराष्ट्रिय दबाब रहेकोमा कुनै शंका छैन, यसले प्रदर्शनमाथि दमन गर्ने राज्यको शक्तिलाई थप प्रभाव पार्छ। र, जसले इरान सरकारलाई कुटनीतिक तथा मिडिया प्रतिबन्धका साथै पश्चिममा इरान तथा यसका एजेन्टलाई कुनैपनि वित्तिय गतिविधि तथा ‘मनी लाउन्डरिङ्ग’ गर्न नदिनेगरी ऐक्यवद्धताको पनि खुल्ला आह्वान गर्छ।

    यो आह्वानलाई केही त्यस्ता मानिसले नकरात्मक रुपमा लिएका छन्। उनीहरू इरानी जनताको आन्दोलनलाई साम्राज्यवाद र पश्चिमी हस्तक्षेपको समर्थनका रुपमा बुझ्छन्। तर यसलाई खण्डन गर्न सकिने पर्याप्त आधार छन्। इरानी सरकार साम्राज्यवादी विरोधी होइन भन्ने कुरा प्रष्ट छ, त्यसैले यो आन्दोलनलाई साम्राज्यवाद र पश्चिमी हस्तक्षेपको समर्थनका रुपमा लिन सकिँदैन।

    अहिलेको क्रान्तिकारी आन्दोलनलाई इरानी महिला, मजदुर र विद्यार्थीहरूले नेतृत्व गरेका छन्, जो यो देशमा आफ्नो आधारभूत मानवअधिकार र दमनकारी राज्यको विघटनका लागि लडिरहेका छन्।

    इरान एउटा दमनकारी राज्य हो, जसले आफ्नै नागरिकलाई यातना दिएको छ र हत्या गरेको छ। महिला, मजदुर, जातीय तथा धार्मिक अल्पसंख्यकलाई प्रणालीगत रुपमा दमन गरेको छ र लेफ्टहरूलाई यिनको सुरुवातदेखि नै निरन्तररुपमा आक्रमण गर्नुका साथै यिनका आवाजलाई दबाएको छ। अहिलेको क्रान्तिकारी आन्दोलनलाई इरानी महिला, मजदुर र विद्यार्थीहरूले नेतृत्व गरेका छन्, जो यो देशमा आफ्नो आधारभूत मानवअधिकार र दमनकारी राज्यको विघटनका लागि लडिरहेका छन्।

    दृढ निश्चयलाई समर्थन
    हामी इरानी जनतालाई नोक्सान पुर्याएका पश्चिमा अवसरवादीहरूको जहिले आलोचक नै रहिरहनुपर्छ। क्यानाडाको स्टेफन हार्पर सरकार (२००६-२०१५), अमेरिका र बेलायतले विभिन्न समयमा इरानमाथि कठोर आर्थिक प्रतिबन्ध लगाए, जसले त्यहाँको मुद्रा ध्वस्त बनाइदियो र इरानी मानिसको जीवन प्रभावित बनाइदियो। अमेरिका तथा अरु पश्चिमा राष्ट्रहरूसँग एउटा लामो र घिनलाग्दो इतिहास छ, जसले जनतालाई नराम्ररी असर पुर्याएको छ भने तानाशाही र निरंकुश शासनलाई आड दिएको छ।

    इरानका सीमान्तकृत समूहका लागि ऐक्यबद्धता निर्माण गर्नु र इरानी संघर्षलाई दमित मानिस र समुदायसँग जोड्नु अन्त्यै महत्वपूणर् छ। यदि वामपन्थीहरूले इरानी जनतासँग ऐक्यबद्धता जनाउन पछि हटे भने इरानको राजनीतिक बहसलाई आकार दिनका लागि दक्षिणपन्थीहरूले मौका पाउनेछन्। त्यसैले वामहरू दक्षिणपन्थीलाई यो अवसर दिन नहुनेमा सचेत रहनुपर्छ।

    (स्प्रिङम्याग डट सीएबाट भावानुवाद।)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      राना फरहउदी, मासिद सेइडी

      राना फरहउदी, मासिद सेइडी

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.