Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

इराकले अमेरिकी सैनिकलाई फिर्ता जान भन्यो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
पुस २१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    इराकले आफ्नो देशमा रहेका अमेरिकी सैनिकलाई फिर्ता जान भनेको छ । इराकी संसदले अमेरिकीसहित आफ्नो देशमा रहेका सबै विदेशी सैनिकलाई देश छोड्न निर्देशन दिने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

    इरानका सर्वोच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको गएको शुक्रबार बग्दादमा अमेरिकाले गरेको हवाई आक्रमणमा मृत्युपछि इराकी संसदले विदेशी सैनिकलाई फिर्ता पठाउने सम्बन्धी प्रस्ताव पारित गरेको हो । इराकमा अहिले पाँच हजार अमेरिकी सैनिक छन् ।

    संसदबाट परित भएको प्रस्तावमा इराक सरकारलाई आफ्नो भूमि, हवाई क्षेत्र र जलक्षेत्र कुनै पनि विदेशी फौजले प्रयोग गर्न नपाउने गरी रोक लगाउन निर्देशन दिएको छ । यस्तै अमेरिकी सैनिकलाई दिइँदै आएको सबै प्रकारको साथ र सहयोग रोक्न पनि संसदले सरकारलाई भनेको छ ।

    इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्दो चाँडो इराकी भूमिमा विदेशी सैनिकको उपस्थिति अन्त्य हुनु पर्ने बताएका छन् । आन्तरिक तथा बाह्य चुनौती रहेको तर ती सबै चुनौतीसँग इराक आफै सामना गर्ने प्रधानमन्त्री महदीले बताएका छन् । इरानी सैन्य कमाण्डर सुलेमानीको मारिनु एक राजनीतिक हत्या रहेको इराकी प्रधानमन्त्रीले बताए ।

    इराकी संसदले पारित गरेको प्रस्ताव बाध्यकारी भने होइन । इराकमा अमेरिकी सैनिकको उपस्थितिमा यसको कुनै असर पर्ने छैन । विदेशी सैनिकलाई इराकबाट बाहिर पठाउनका लागि इराकले नयाँ विधेयक ल्याउनु पर्छ र त्यसमार्फत विदेशी सैनिकको उपस्थिति सुनिश्चित गरेको सम्झौता खारेज गर्नु पर्छ ।

    महिनौँसम्म चलेको सरकार विरोधी प्रदर्शनपछि अब्दुल महदीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए, तर अहिले पनि उनी कार्यवाहक प्रधानमन्त्री हुन् । इस्लामिक स्टेट (आइएस) लाई सखाप पारिएकाले अब इराकमा विदेशी सैनिकको भूमिका नरहेको उनले बताएका छन् ।

    इराकमा रहेका अमेरिकी सैनिकले इराकी सैनिकलाई तालिम प्रदान गरिरहेको अमेरिकी दाबी छ । तर शुक्रबार हवाई आक्रमण गरी इरानी सैन्य अधिकारीको हत्या गर्नु आफ्नो सम्प्रभूतामाथिको आक्रमण रहेको इराकले बताएको छ ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.