Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

के अमेरिकाले क्वाडलाई भारत–चीन युद्ध उक्साउन प्रयोग गर्दैछ?

by पत्रपत्रिकाबाट
October 13, 2020
- यो हप्ता, समाचार, सामयिक
के अमेरिकाले क्वाडलाई भारत–चीन युद्ध उक्साउन प्रयोग गर्दैछ?
Share on FacebookShare on TwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा दोस्रो कार्यकालका लागि चुनाव लड्नु अघि चीनको बिरूद्ध सैन्य आक्रमण गराएर एशिया-प्रशान्त र दक्षिण एशियामा सैन्य द्वन्द्व उत्पन्न गर्न उत्सुक देखिन्छन्।

यसका लागि अमेरिकाले अस्ट्रेलिया, भारत र जापान जस्ता मुलुकहरुलाई प्यादा बनाउन खोजिरहेको छ। अमेरिका लगायत अन्य ३ प्यादाहरुको गठबन्धन नै क्वाड हो। जसले अमेरिकाको विदेश नीतिको एक मात्र निशाना चीनलाई हराएर त्यो मुलुकलाई क्षतविक्षत गराउनु हो।

भर्खरै जापानको टोकियोमा क्वाड सदस्यहरूको दोस्रो विदेश मन्त्रीहरूको भेला भएको थियो, त्यसमा अमेरिकी विदेश सचिव माइक पोम्पियोको सम्बोधन गरेका थिए। तर त्यस सम्बोधनको मूल सन्देशले चीनको बिरूद्ध युद्ध सुरु गर्न अमेरिका कत्ति चिन्तित छ भन्ने कुरा प्रकट गर्दछ।

अमेरिका विश्वशान्तिका लागि सबैभन्दा ठूलो साम्राज्यवादी खतरा हो। यसले दोस्रो विश्वयुद्धदेखि नै युद्ध, अनिकाल र उपनिवेशको माध्यमबाट विश्वभरका करोडौं व्यक्तिहरुको मारिसकेको छ। तर, विडम्वना करौंडोको ज्यान लिने अमेरिकाले चीनलाई विश्वशान्तिका लागि खतरा भएको आरोप लगाइरहेको छ। सम्झनुहोस् कि चीनले कुनै विदेशी देशमाथि आक्रमण गरेर त्यहाँका नागरिकलाई मार्ने काम गरेको छैन। चीनले अमेरिकाको जस्तो कुख्यात सीआईएमार्फत अफगानिस्तान, इराक र पाकिस्तानस्थीत इस्लामी समूहहरूलाई अमेरिकाको सहयोग जस्ता आतंकवादलाई प्रवर्धन गर्ने कुनै ईतिहास छैन।

चीन विश्वव्यापी कर्पोरेट-नियन्त्रित मुख्यधारका प्रेस तथा मिडियाहरुमा कमजोर छ। ती मिडियाहरुले हर समय र हर घटनामा चीनलाई आक्रमण गरिरहेका हुन्छन्। त्यसमा अमेरिकाको नेतृत्वमा चीनको बिरूद्ध आक्रमण भइरहेको छ।

हालै पोम्पिओले भनेः
“क्वाडका साझेदारका रूपमा, हामी आफ्ना नागरिक र साझेदारहरूलाई सीसीपीको शोषण, भ्रष्टाचार र दवावबाट सुरक्षित हुन सहकार्य गर्नु आउने दिनमा पहिलेभन्दा अझ महत्वपूर्ण छ१। हामीले यसलाई दक्षिण, पूर्वी चीन सागर, मेकोङ्ग, हिमालय, ताइवान स्ट्रेटमा देख्यौं। यी केवल केही उदाहरणहरू हुन्।”

चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र राष्ट्रपति सी जिनपिङको सरकारको बिरूद्ध एकताबद्ध हुन, ताइवान, दक्षिण पूर्व एशियामा अमेरिकी साम्राज्यवादी अधिराज्य कायम राख्न र सुदृढ पार्न चीनलाई सैनिक कारबाही गर्नको लागि पोम्पीओले खुलमखुला आह्वान गर्दागर्दै पनि दक्षिण क्वाडका अन्य सदस्यहरूले आफ्नो दृष्टिकोणमा केही हदसम्म संयमता प्रदर्शन गरे।

चीनसँग आफ्ना मतभेद रहँदारहँदै पनि न त अष्ट्रेलियाका विदेश मन्त्री मैरीस पेनले न त भारतीय विदेश मन्त्री एस जयशंकर दुवैले आफ्ना भाषणमा चीनको बारे केही उल्लेख गरेनन्।

अमेरिकाले हङकङमा त्यस शहरका विखण्डनवादीहरूलाई आर्थिक सहयोग दिएर चीन विरोधी हिंसालाई बढवा दिइरहेको छ। ताइवानमा, सीआईएले अमेरिकीहरू ताइवानी नागरिकहरुका मुक्तिदाता हो भन्ने विश्वास दिलाउने गरी ब्रेन वास गर्न सबै किसिमका मिडिया प्रयोग गर्दैछ। अमेरिकी अधिग्रहित दक्षिणी कोरियाली प्रायद्वीपलाई आधारक्षेत्र बनाउँदै जापान र अमेरिकाले उत्तर कोरिया र चीनको बिरूद्ध कार्य अघि बढाइरहेको छ। यसबाहेक, त्यस क्षेत्रका केही मुलुकहरु अमेरिकाले चीनको बिरूद्ध सैन्य प्यादा बनाउन उक्साइरहेको छ।

२०१७ मा क्वाडको गठन भएदेखि अष्ट्रेलिया, भारत र जापान जस्ता चीन विरोधी शक्तिहरूलाई एकसाथ ल्याएर ट्रम्पले आफ्नो एजेन्डाको आधारस्तम्भ खडा गरेका थिए। ट्रम्पको एजेन्डा चिनियाँको मात्र होईन, शान्तिमा बस्न आतुर यस क्षेत्रका देशहरूको बृहत्तर हितको बिरूद्ध हानिकारक छ। जापानी र अमेरिकाले दक्षिण चीन सागरमाथिको चिनियाँ सार्वभौमिकताको बिरूद्ध जबरजस्ती आक्रमण गरेर बेइजिङलाई सैन्य द्वन्द्वका लागि लगातार उक्साइरहेका छन्। चीनले यस किसिमको उत्तेजना भडकाउँदा समेत यस क्षेत्रमा संयम कायम राख्दै आएकोछ।

कम्युनिष्टहरु मन नपराउनु कारणले विरोध गर्नेहरुले पनि स्मरण राख्नु पर्ने हुन्छ, चीनले अमेरिकाको गलत कारवाहीलाई रोक्न छिमेकहरुसँग कुनै पनि खाले सैन्य गठबन्धन गर्न चाहेको देखिदैन। आततायी र फासीवादी ट्रम्प शासन तथा यसका चाटुकार मुलुकहरूबाट शान्ति राख्नु पर्ने कारण, चीनले ती विरुद्ध पर्याप्त शक्तिशाली बन्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

यद्यपि बेइजिङको लागि सन् २००८ को मुद्रास्फितिको परिणामले हालसम्म अमेरिकी अर्थतन्त्र स्थिर हुनुले आराम दिएको छ र अहिलेको कोभिड–१९ विश्व–महामारीले यसलाई पनि उछिन्ने अवस्थामा छ।

अमेरिकी काँग्रेसको बजेट अफिस (सीबीओ) का अनुसार: “सीबीओको अनुमान छ कि यस बर्षको दोस्रो त्रैमासिकमा वास्तविक (मुद्रास्फीति समायोजित) कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ११ प्रतिशतले संकुचित हुनेछ, जुन वार्षिक दरमा भन्दा ३८ % गिरावटको बराबर हो। दोस्रो त्रैमासिकमा, रोजगारी संख्या २०१९ को चौथो क्वाटरमा भन्दा २६ करोड कम हुनेछ।”

कोभिड–१९ को कहरमा विश्व एकाधिकार-वित्त पूंजीवादी प्रणालीको चक्रिय संकटको कारण अष्ट्रेलियाको अर्थव्यवस्था पनि ग्रस्त भयो। अष्ट्रेलियाले ३० बर्ष यता पहिलो मन्दी अनुभव गरिरहेको छ, उसको जीडीपी आर्थिक वर्ष (२०२०) को अप्रिलदेखि जूनको त्रैमासिक अवधिमा ७ प्रतिशतले संकुचित भएको छ। दोस्रो विश्वयुद्ध पछि जापान पनि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक वर्ष २०२० को पहिलो त्रैमासिक अवधिमा जापानको अर्थव्यवस्था २७.८% ले गिरावट आएको छ, जसले यसको अर्थव्यवस्थाको चिन्ताजनक अवस्था चित्रण गर्दछ र कुनै पनि समय चाँडै एशियाली आर्थिक शक्तिको रूपमा यसको पुनरुत्थान भइहाल्ने कम आशा छ।
पहिलो पटक, भारतीय अर्थतन्त्रले आर्थिक वर्ष २०२०-२१ को पहिलो त्रैमासिक -२३.९% जीडीपी संकुचन अनुभव गरेको छ। सरकारले धेरै तरलता निरोधात्मक उपायहरूको घोषणा गरेपनि, यसले गरिबलाई नगद स्थानान्तरणको गरेर माग उत्पन्न गर्न कुनै प्रोत्साहन प्रदान गरेन। यसो हुँदा आगामी त्रैमासिकमा पनि बृद्धि सुस्त नै हुनेछ र मुड्डी नामक, रेटिंग एजेन्सीले भारतको जीडीपी आर्थिक वर्ष २०२०-२१ मा -११.१% संकुचित हुने भविष्यवाणी गरेको छ।

क्वाड सदस्यहरूको उदास आर्थिक स्थितिले उनीहरूलाई चीनको बिरूद्ध सैन्य जोस उत्पन्न हुन सक्दैन। त्यसमाथि सफलतासाथ कोभिड–१९ महामारीको बिरूद्धको लडाइँमा सफलता मिलेको र सकारात्मक बृद्धि देखिरहेको चीनमाथि धावा बोल्न साहस नहुन सक्छ। आर्थिक वर्ष २०२०-२१ को पहिलो त्रैमासिकमा –६.१ %मा खुम्चिएको चिनियाँ जीडीपी वृद्धि दोस्रो त्रैमासिकमा ३.२% पुगेको छ। जुन आर्थिक दौडको अग्रगतिलाई क्वाड सदस्यहरूले नियाली नै रहेका छन्।

यी परिस्थितिलाई ध्यानमा राखेर नै भारत अमेरिका लगायत क्वाडका सदस्यहरुको उक्साहटमा लाग्ने बचकाना गर्दैन।

शनिबार, अक्टुबर १०, २०२० पिपुल्स रिभ्यू

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला ३ (बोलिभिया)

2 years ago
फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

फर्पिङ्ग जलबिद्युत उद्घाटनका क्रममा चन्द्र सम्सेरद्धारा व्यक्त ऐतिहाँसिक मन्तव्य

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.