Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के अमेरिकाले क्वाडलाई भारत–चीन युद्ध उक्साउन प्रयोग गर्दैछ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
अशोज २७, २०७७
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा दोस्रो कार्यकालका लागि चुनाव लड्नु अघि चीनको बिरूद्ध सैन्य आक्रमण गराएर एशिया-प्रशान्त र दक्षिण एशियामा सैन्य द्वन्द्व उत्पन्न गर्न उत्सुक देखिन्छन्।

    यसका लागि अमेरिकाले अस्ट्रेलिया, भारत र जापान जस्ता मुलुकहरुलाई प्यादा बनाउन खोजिरहेको छ। अमेरिका लगायत अन्य ३ प्यादाहरुको गठबन्धन नै क्वाड हो। जसले अमेरिकाको विदेश नीतिको एक मात्र निशाना चीनलाई हराएर त्यो मुलुकलाई क्षतविक्षत गराउनु हो।

    भर्खरै जापानको टोकियोमा क्वाड सदस्यहरूको दोस्रो विदेश मन्त्रीहरूको भेला भएको थियो, त्यसमा अमेरिकी विदेश सचिव माइक पोम्पियोको सम्बोधन गरेका थिए। तर त्यस सम्बोधनको मूल सन्देशले चीनको बिरूद्ध युद्ध सुरु गर्न अमेरिका कत्ति चिन्तित छ भन्ने कुरा प्रकट गर्दछ।

    अमेरिका विश्वशान्तिका लागि सबैभन्दा ठूलो साम्राज्यवादी खतरा हो। यसले दोस्रो विश्वयुद्धदेखि नै युद्ध, अनिकाल र उपनिवेशको माध्यमबाट विश्वभरका करोडौं व्यक्तिहरुको मारिसकेको छ। तर, विडम्वना करौंडोको ज्यान लिने अमेरिकाले चीनलाई विश्वशान्तिका लागि खतरा भएको आरोप लगाइरहेको छ। सम्झनुहोस् कि चीनले कुनै विदेशी देशमाथि आक्रमण गरेर त्यहाँका नागरिकलाई मार्ने काम गरेको छैन। चीनले अमेरिकाको जस्तो कुख्यात सीआईएमार्फत अफगानिस्तान, इराक र पाकिस्तानस्थीत इस्लामी समूहहरूलाई अमेरिकाको सहयोग जस्ता आतंकवादलाई प्रवर्धन गर्ने कुनै ईतिहास छैन।

    चीन विश्वव्यापी कर्पोरेट-नियन्त्रित मुख्यधारका प्रेस तथा मिडियाहरुमा कमजोर छ। ती मिडियाहरुले हर समय र हर घटनामा चीनलाई आक्रमण गरिरहेका हुन्छन्। त्यसमा अमेरिकाको नेतृत्वमा चीनको बिरूद्ध आक्रमण भइरहेको छ।

    हालै पोम्पिओले भनेः
    “क्वाडका साझेदारका रूपमा, हामी आफ्ना नागरिक र साझेदारहरूलाई सीसीपीको शोषण, भ्रष्टाचार र दवावबाट सुरक्षित हुन सहकार्य गर्नु आउने दिनमा पहिलेभन्दा अझ महत्वपूर्ण छ१। हामीले यसलाई दक्षिण, पूर्वी चीन सागर, मेकोङ्ग, हिमालय, ताइवान स्ट्रेटमा देख्यौं। यी केवल केही उदाहरणहरू हुन्।”

    चीनको कम्युनिष्ट पार्टी (सीपीसी) र राष्ट्रपति सी जिनपिङको सरकारको बिरूद्ध एकताबद्ध हुन, ताइवान, दक्षिण पूर्व एशियामा अमेरिकी साम्राज्यवादी अधिराज्य कायम राख्न र सुदृढ पार्न चीनलाई सैनिक कारबाही गर्नको लागि पोम्पीओले खुलमखुला आह्वान गर्दागर्दै पनि दक्षिण क्वाडका अन्य सदस्यहरूले आफ्नो दृष्टिकोणमा केही हदसम्म संयमता प्रदर्शन गरे।

    चीनसँग आफ्ना मतभेद रहँदारहँदै पनि न त अष्ट्रेलियाका विदेश मन्त्री मैरीस पेनले न त भारतीय विदेश मन्त्री एस जयशंकर दुवैले आफ्ना भाषणमा चीनको बारे केही उल्लेख गरेनन्।

    अमेरिकाले हङकङमा त्यस शहरका विखण्डनवादीहरूलाई आर्थिक सहयोग दिएर चीन विरोधी हिंसालाई बढवा दिइरहेको छ। ताइवानमा, सीआईएले अमेरिकीहरू ताइवानी नागरिकहरुका मुक्तिदाता हो भन्ने विश्वास दिलाउने गरी ब्रेन वास गर्न सबै किसिमका मिडिया प्रयोग गर्दैछ। अमेरिकी अधिग्रहित दक्षिणी कोरियाली प्रायद्वीपलाई आधारक्षेत्र बनाउँदै जापान र अमेरिकाले उत्तर कोरिया र चीनको बिरूद्ध कार्य अघि बढाइरहेको छ। यसबाहेक, त्यस क्षेत्रका केही मुलुकहरु अमेरिकाले चीनको बिरूद्ध सैन्य प्यादा बनाउन उक्साइरहेको छ।

    २०१७ मा क्वाडको गठन भएदेखि अष्ट्रेलिया, भारत र जापान जस्ता चीन विरोधी शक्तिहरूलाई एकसाथ ल्याएर ट्रम्पले आफ्नो एजेन्डाको आधारस्तम्भ खडा गरेका थिए। ट्रम्पको एजेन्डा चिनियाँको मात्र होईन, शान्तिमा बस्न आतुर यस क्षेत्रका देशहरूको बृहत्तर हितको बिरूद्ध हानिकारक छ। जापानी र अमेरिकाले दक्षिण चीन सागरमाथिको चिनियाँ सार्वभौमिकताको बिरूद्ध जबरजस्ती आक्रमण गरेर बेइजिङलाई सैन्य द्वन्द्वका लागि लगातार उक्साइरहेका छन्। चीनले यस किसिमको उत्तेजना भडकाउँदा समेत यस क्षेत्रमा संयम कायम राख्दै आएकोछ।

    कम्युनिष्टहरु मन नपराउनु कारणले विरोध गर्नेहरुले पनि स्मरण राख्नु पर्ने हुन्छ, चीनले अमेरिकाको गलत कारवाहीलाई रोक्न छिमेकहरुसँग कुनै पनि खाले सैन्य गठबन्धन गर्न चाहेको देखिदैन। आततायी र फासीवादी ट्रम्प शासन तथा यसका चाटुकार मुलुकहरूबाट शान्ति राख्नु पर्ने कारण, चीनले ती विरुद्ध पर्याप्त शक्तिशाली बन्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

    यद्यपि बेइजिङको लागि सन् २००८ को मुद्रास्फितिको परिणामले हालसम्म अमेरिकी अर्थतन्त्र स्थिर हुनुले आराम दिएको छ र अहिलेको कोभिड–१९ विश्व–महामारीले यसलाई पनि उछिन्ने अवस्थामा छ।

    अमेरिकी काँग्रेसको बजेट अफिस (सीबीओ) का अनुसार: “सीबीओको अनुमान छ कि यस बर्षको दोस्रो त्रैमासिकमा वास्तविक (मुद्रास्फीति समायोजित) कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ११ प्रतिशतले संकुचित हुनेछ, जुन वार्षिक दरमा भन्दा ३८ % गिरावटको बराबर हो। दोस्रो त्रैमासिकमा, रोजगारी संख्या २०१९ को चौथो क्वाटरमा भन्दा २६ करोड कम हुनेछ।”

    कोभिड–१९ को कहरमा विश्व एकाधिकार-वित्त पूंजीवादी प्रणालीको चक्रिय संकटको कारण अष्ट्रेलियाको अर्थव्यवस्था पनि ग्रस्त भयो। अष्ट्रेलियाले ३० बर्ष यता पहिलो मन्दी अनुभव गरिरहेको छ, उसको जीडीपी आर्थिक वर्ष (२०२०) को अप्रिलदेखि जूनको त्रैमासिक अवधिमा ७ प्रतिशतले संकुचित भएको छ। दोस्रो विश्वयुद्ध पछि जापान पनि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक वर्ष २०२० को पहिलो त्रैमासिक अवधिमा जापानको अर्थव्यवस्था २७.८% ले गिरावट आएको छ, जसले यसको अर्थव्यवस्थाको चिन्ताजनक अवस्था चित्रण गर्दछ र कुनै पनि समय चाँडै एशियाली आर्थिक शक्तिको रूपमा यसको पुनरुत्थान भइहाल्ने कम आशा छ।
    पहिलो पटक, भारतीय अर्थतन्त्रले आर्थिक वर्ष २०२०-२१ को पहिलो त्रैमासिक -२३.९% जीडीपी संकुचन अनुभव गरेको छ। सरकारले धेरै तरलता निरोधात्मक उपायहरूको घोषणा गरेपनि, यसले गरिबलाई नगद स्थानान्तरणको गरेर माग उत्पन्न गर्न कुनै प्रोत्साहन प्रदान गरेन। यसो हुँदा आगामी त्रैमासिकमा पनि बृद्धि सुस्त नै हुनेछ र मुड्डी नामक, रेटिंग एजेन्सीले भारतको जीडीपी आर्थिक वर्ष २०२०-२१ मा -११.१% संकुचित हुने भविष्यवाणी गरेको छ।

    क्वाड सदस्यहरूको उदास आर्थिक स्थितिले उनीहरूलाई चीनको बिरूद्ध सैन्य जोस उत्पन्न हुन सक्दैन। त्यसमाथि सफलतासाथ कोभिड–१९ महामारीको बिरूद्धको लडाइँमा सफलता मिलेको र सकारात्मक बृद्धि देखिरहेको चीनमाथि धावा बोल्न साहस नहुन सक्छ। आर्थिक वर्ष २०२०-२१ को पहिलो त्रैमासिकमा –६.१ %मा खुम्चिएको चिनियाँ जीडीपी वृद्धि दोस्रो त्रैमासिकमा ३.२% पुगेको छ। जुन आर्थिक दौडको अग्रगतिलाई क्वाड सदस्यहरूले नियाली नै रहेका छन्।

    यी परिस्थितिलाई ध्यानमा राखेर नै भारत अमेरिका लगायत क्वाडका सदस्यहरुको उक्साहटमा लाग्ने बचकाना गर्दैन।

    शनिबार, अक्टुबर १०, २०२० पिपुल्स रिभ्यू

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.