उपप्रधानमन्त्री एवं ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता ईश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्वाारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दावी गरेका छन्।
उनले सूर्य चिन्ह कस्को हुन्छ भन्ने कुरामा समेत द्विविधामा नपर्न आग्रह गरे। आधिकारिक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने बताए। यदि कानूनी रुपमा अल्झो टुंगिन बाँकी भए पनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने बताए।
स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि आग्रह गरे। सूर्य चिन्ह नपाए पनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने बताए।