समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ।
आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए। जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको छ। पार्टी दर्तापछि नेताहरूले आपसमा बधाई साटासाट गरेका छन्।नयाँ बनेको जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने भएका छन्। एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन्।
संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको राजपाका एक नेताले सेतोपाटीलाई जानकारी दिए। त्यस्तै पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति भएको हो।