भारतको जवाहर लाल नेहरू विश्वविद्यालय (जेएनयू) मा ४९ वर्षदेखि अध्यापन गराईरहेकी प्रसिद्ध इतिहासकार रोमिला थापरसँग विश्वविद्यालय प्रशासनले उनको योग्यता विवरण मागेर दुनियाँलाई आश्चर्यचकित गराएको छ । थापर १९७० देखि जेएनयूमा संलग्न थिइन् र १९९२ सम्म प्राचीन भारतीय इतिहासको प्रोफेसर भई अध्यापन गराइरहेकी थिइन्। पुन: उनी १९९३ बाट एमेरिटस प्रोफेसरका रुपमा थिइन्। हाल विश्वविद्यालय प्रशासनले उनको सेवाअवधिको करार बढाउन उनको मूल्यांकन गर्न उनको सिभी चाहिएको बताएको छ।जेएनयू रजिस्ट्रार प्रमोद कुमारले इतिहासकार रोमिला थापरलाई सिभिका लागि पत्र पठाएका हुन्।
रजिस्ट्रारले पठाएको पत्रमा लेखिएकोछ कि विवि प्रशासनले उनको कार्यहरुको मूल्यांकनका लागि एक समिति गठन गर्ने निर्णय गरेको छ। यस समितिले रिपोर्ट दिनेछ र सो का आधारमा उनको सेवाहरु जारी राख्ने या नराख्ने भनेर फैसला गरिनेछ।
कुनै पनि फ्याकल्टी वा संकायको तर्फबाट प्रस्तावित सेवानिवृत ख्यातिप्राप्त व्यक्तिलाई कार्यकारी वा शैक्षिक परिषद्को स्वीकृति पछि एमिरेट्स प्रोफेसरमा मनोनीत गरिन्छ। जसले शोधार्थीहरुलाई पढाउनुको साथसाथै तिनीहरुको सुपरभाइज गर्दछन्। यस वापत एमिरेट्स प्रोफेसरलाई तलव प्राप्त नहुन सक्छ।
को हुन् रोमिला थापर?
रोमिला थापर भारतको प्रमुख इतिहासकार वा लेखकहरु मध्य एक हुन्। ३० नवम्वर १९३१मा लखनऊमा जन्मेकी थापरले शुरुमा पञ्जाब विश्वविद्यालयबाट अंग्रेजीमा में स्नातक गरेकी थिइन्। त्यसपछि उन्ले लण्डन विश्वविद्यालयबाट प्राचीन भारतीय इतिहासमा स्नातकदेखि डॉक्टरेटको उपाधि प्राप्त गरिन्। थापरले कुरुक्षेत्र विश्वविद्यालयबाट शिक्षणको शुरुआत गरेकी थिइन्। यसको केहीपछि केही वर्षसम्म देल्ही विश्वविद्यालयमा पढाएकी थिइन् र १९७० मा उनी जेएनयूमा आइन्।
भारतमा मोदीको आगमनपछि समाजका सबै पक्षका अगुवा र अभियानकर्मीहरुसँग इबी साँध्ने कामहरु जारी छन्। थापरसँग सिभि माग गर्ने कार्य पनि मोदी सरकारको इबी साँध्ने कामको अर्को श्रृङ्खलाका रुपमा बुझेर जेएनयू प्रशासनको चौतर्फी निन्दा भइरहेकोछ।