Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
Sunday, April 19, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सरकारले विद्युतीय गाडीमा भन्सार शुल्क बढाउनु ठीकअघि व्यापारीले सयौं विद्युतीय गाडी भित्र्याए, कसरी चुहियो सूचना?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सरकारले विद्युतीय गाडीमा भन्सार शुल्क बढाउनु ठीकअघि व्यापारीले सयौं विद्युतीय गाडी भित्र्याएको पाइएको छ।

    आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय गाडीको भन्सार शुल्क बढाएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक विधेयकमा जिप, कार र भ्यानमा ८० प्रतिशत भन्सार महशुल लगाएका छन्। विद्युतीय मोटरमात्र (हाइब्रिडबाहेक) आयात गर्दा उक्त महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्था उनले गरेका छन्।

    यसको अर्थ विद्युतीय सवारीसाधनमा अब ४० प्रतिशत भन्सार शुल्क लाग्नेछ। यसअघि विद्युतीय गाडीको १० प्रतिशत मात्रै भन्सार महशुल लगाइएको थियो।

    बजेटमा यो व्यवस्था गर्न लागिएको सुइँको व्यवसायीले पहिले नै पाएको र उनीहरूले पहिले नै गाडी झिकाएको स्रोतले जनाएको छ। व्यवसायीलाई बढी नाफा कमाउन मिल्ने गरी बजेट निर्माणकै क्रममा अर्थ मन्त्रालयबाट यो सूचना ‘लिक’ भएको स्रोतले दाबी गरेको छ।

    भन्सार नीति बजेट भाषणलगत्तै लागू हुन्छ। सोही कारणले गर्दा केही व्यापारीले त्यसको छेक पारेर अधिक मात्रामा विद्युतीय गाडी भित्र्याएको भन्सार विभाग स्रोतले जनाएको हो।

    अर्थ मन्त्रालयले जेठ १४ गते बजेट निर्माणलाई अन्तिम रुप दिने गरी तयारी गरिरहेको थियो। त्यसको दुई दिनअघि करिब दुई सय विद्युतीय गाडी भित्रिएको भन्सार विभागका एक उच्च अधिकारीले बताए।

    ती अधिकारीका अनुसार भित्रिएका गाडीमा एमजी ब्राण्डको १ सय २० वटा विद्युतीय कार छन्। काठमाडौंको पारामाउण्ट मोटर्स कम्पनीले यो गाडी भित्र्याएको हो। त्यस्तै अन्य ब्रण्डका समेत गरी २ सय विद्युतीय कार भित्रिएको स्रोतले बतायो। भन्सार नीति परिर्वतनको सूचना यो कम्पनीले पहिले नै थाहा पाएर ती गाडी भित्र्याएको स्रोतको दाबी छ।

    सूचना कसरी चुहियो?
    बजेटमा आउने यस्ता विषयमा बाहिर सूचना दिएर व्यापारीहरुलाई पोसेको आरोप यसअघिका कतिपय अर्थमन्त्रीलाई पनि लाग्ने गरेको थियो। अर्थमन्त्री खतिवडाले तीनवटा बजेट ल्याउँदा पहिलोपटक सूचना चुहिएको स्रोतको दाबी छ।

    अर्थमन्त्री आफैँले भन्दा पनि उनले बजेट टिममा राखेका व्यक्तिहरुबाट सूचना बाहिर गयो भन्ने आशंका मन्त्रालयकै एक उच्च स्रोतले गरेको छ।

    यो वर्षको बजेट लेखनको टिममा अर्थसचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, संस्थान महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, बजेट महाशाखाका धनीराम शर्मा, राजश्व महाशाखाका यज्ञप्रसाद ढुंगेल रहेका थिए। उनीहरु मध्येबाटै यो विषय चुहावट भएको हुनसक्ने स्रोतको भनाइ छ।

    ‘लिक’ भएको सूचनाका कारण गाडी आयात गरेका कम्पनीले आफ्नो पूर्वनिर्धारित नाफाभन्दा अब कम्तीमा १ सय प्रतिशत बढी नाफा लिनसक्ने भएका छन्।

    बजेटमा विद्युतीय गाडीको व्यवस्था
    विद्युतीय गाडीको अन्तःशुल्कमा भने गाडीको किलोवाटअनुसार शुल्क निर्धारण गरिएको छ। जिप, कार, भ्यान जस्ता गाडीको पिकपावर ५० किलोवाटसम्मको लागि ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ भने पिकपावर ५० देखि १०० किलोवाट भएका गाडीमा ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ।

    त्यस्तै पिकपावर १०० देखि १५० किलोवाटसम्म ५० प्रतिशत, पिकपावर १५० देखि २०० किलोवाटसम्मका लागि ६० प्रतिशत, पिकपावर २०० देखि ३०० किलोवाटसम्म ७० प्रतिशत र ३०० किलोवाटभन्दा माथि पिकपावर ८० प्रतिशत अन्तःशुल्क लगाइएको छ। यो पटक विद्युतीय सवारीसाधनको सडक दस्तुर ५ प्रतिशत बनाइएको छ। सरकारले यसअघि जिप र कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक दस्तुर लिँदै आएको थियो।

    बढेको भन्सार दर र अन्तःशुल्क हेर्ने हो भने अहिलेको मूल्यभन्दा आगामी दिनमा शतप्रतिशतभन्दा माथि मूल्य बढ्ने देखिएको छ। त्यही भएर अहिले अटो व्यवसायीहरुले विद्युतीय गाडीमा मूल्य बढ्ने भन्दै सरकारको चर्को विरोध गरिरहेका छन्। – नेपाल खबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.