प्रतिनिधिसभा विघटनसम्बन्धी १३ थान रिटहरुको सुनुवाइ गर्न आज नयाँ इजलास गठन भएको छ । प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नो नेतृत्वमा बनेको पाँच सदस्यीय बेन्चबाट न्यायाधिस हरिकृष्ण कार्की २२ गते हटेका थिए। कार्कीको ठाउँमा राणाले प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेकी सपना प्रधान मल्ललाई सामेल गरेका हुन्।
इजलासमा मल्लबाहेक सबै पहिलेकै न्यायाधीश छन् । राणा र मल्लबाहेक इजलासमा बिश्वम्भरप्रसाद श्रेष्ठ,अनिल सिन्हा र तेजबहादुर केसी छन् । न्यायाधीश मल्ल संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् ।