राप्रपा अध्यक्ष कमल थापाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेट गरे। ०७२ मा गठित खड्गप्रसाद ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाएका थिए । सोही कारणले अहिले पनि कमल थापासँग ओलीको अत्यन्त सम्बन्ध सुमधुर छ । पछिल्लो भेटमा ओलीले थापासँग भनेका छन्, ‘संसद पुनस्र्थापना कुनै पनि हालतमा हुँदैन।’ थापाले पनि ओलीका कुरा पत्याएका छन् ।
स्रोतका अनुसार, ढुक्कैसँग ‘संसद पुर्नस्र्थापना हुँदैन’ भन्ने ओलीको बोली सुनेपछि थापा पनि मख्खै छन् । किनकि अहिलेको संविधान र यसका मुख्य प्रस्तावनाप्रति नै कमल थापाहरुको असहमति छ । अहिलेको संविधानको अपव्याख्या हुँदा थापा खुसी हुने नै भए । अहिले थापा आफन्तहरूसँग भन्दै हिँडेका छन्, ‘कुनै पनि हालतमा संसद पुर्नस्थापना हुँदैन,सबैतिर सेटिङ भैसकेको छ।’
कमल थापाका पार्टीमा अहिले दुई मत छन् । एउटा कांग्रेस निकट मत, अर्को ओली निकट मत । ‘थापा ओलीसँग मिलेर चुनावमा जानुपर्छ भन्नेमा छन् । झापामा राप्रपाकै नेतासँगैको समिकरणका कारण ओलीले चुनाव जितेकाले थापा ओलीसँगको सहकार्य असरदार हुन्छ भन्नेमा छन्,’ राप्रपाका एक नेताले भने,‘ तर पार्टीको लाईनचाहिँ कांगे्रस कसरी अघि बढ्छ भनेर निर्णय लिने भन्ने छ ।-जनआस्था