Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

के महिला तन्दुरी–मुर्गी हुन्?

कमला भासिन कमला भासिन
माघ ४, २०७७
- विमर्शका लागि, समाज
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ‘जेन्डर’ अर्थात् ‘लैङ्गिकता’ हामीले व्याकरण पढ्दा उहिल्यै सुनेको शब्द हो । स्त्री लिङ्ग र पुरुष लिङ्ग । समाजले जसरी केटा र केटीको परिभाषा दिन्छ, त्यो नै ‘जेन्डर’ हो । केटा र केटीको सामाजिक/सांस्कृतिक परिभाषा नै जेन्डर हो । मानौं, मेरो दुपट्टा मलाई भगवान वा कुनै सृष्टिकर्ताले दिएको होइन कि म यसलाई लगाउँ । यो समाजले नै मलाई ओढाइदिएको हो।

    ‘तँ महिला होस् यसर्थ, तैंले आफूलाई यसले ढाकेर राख् भनेर प्रकृतिले मलाई निर्देस गरेको छैन। यो समाजले पुरुषलाई कहीँ पनि गएर पिसाब गर्न छुट दिएको छ तर महिलाले त्यसो गर्नूपूर्व दर्जनौं पटक सोच्नुपर्छ । पुरुषलाई लजाउनुपर्ने कुनै कारण छैन । महिलालाई त ‘तिमीहरू लजाउनुपर्छ’ भनेर सिकाइएको छ। यही सिकाइ हो जेण्डर। समाजले दिएको यही परिभाषा हो जेन्डर । प्रकृतिले बनाएको महिला–पुरुषलाई समाजले भिन्न ढंगले व्यवहार गर्‍यो, महिला पुरुषलाई बेग्लै तरिकाले तरिकाले हेरियो।

    शरीरले म महिला हुँ। मेरो शरीरमा बच्चा हुर्काउन म सक्छु, बच्चालाई दुध पिलाउन सक्छु। तर त्यो काम मेरो भाईले गर्न सक्दैन। उ महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने तागत राख्छ तर बच्चा जन्माउनै चाहिँ सक्दैन। यो प्रकृतिले बनाएको कुरा भयो। अपरिवर्तनीय। पूरै दुनियाँमा महिला र पुरुषका प्राकृतिक भूमिका एउटै छ।

    जस्तैः म छु, मेरो दुई परिभाषा छन् । शरीरले म महिला हुँ। मेरो शरीरमा बच्चा हुर्काउन म सक्छु, बच्चालाई दुध पिलाउन सक्छु । तर त्यो काम मेरो भाईले गर्न सक्दैन । उ महिलासँग सम्बन्ध राखेर बच्चा जन्माउने तागत राख्छ तर बच्चा जन्माउनै चाहिँ सक्दैन। यो प्रकृतिले बनाएको कुरा भयो। अपरिवर्तनीय। पूरै दुनियाँमा महिला र पुरुषका प्राकृतिक भूमिका एउटै छ।

    यसर्थ, जैविक रूपले महिला र पुरुष देखिने र चिनिने गरी बेग्लै छन्। त्यो लिंग हो । तर समाजले महिला र पुरुषलाई फरक ढंगले व्यवहार गर्छ, त्योचाहिँ जेन्डर हो । महिलापुरुषको प्राकृतिक परिचयलाई हामी लिंग भन्छौ, सामाजिक–सांस्कृतिक रूपको परिचयलाई चाहिँ जेण्डर। बायोलोजीकली सेक्स र सोसियो– कल्चरल्ली जेन्डर । हाम्रो समाजले केटीलाई अधिकार र जिम्मेवारीहरू छुट्टयाएको छ तर त्यो कुरा प्रकृति वा सृष्टिकर्ताले यसै गर्नुपर्छ भनेर पठाएको होइन।

    केटाले ‘रुनु हुँदैन’ भनेर सिकाएको छ समाजले। मानौँ, कोही पुरुषको आमा बितेको छ। उसलाई चिच्याएर रुन मन लाग्छ। तर उ रोएमा समाजले उसलाई काँतर भन्छ। यही हो जेन्डर। आमासँगै भान्सामा काम गर्न चाहन्छ छोरा। आमाकै जस्तो रङको लुगा लगाउन मन लाग्छ तर समाजले ‘के भन्लान्’ भनेर उसलाई अप्ठ्यारो लाग्छ। महिलालाई जस्तै छोरा मान्छेलाई पनि रातको समयमा घर बाहिर निस्किन डर लाग्छ। रातमा सबै मान्छे बाहिर जान डराउँछन्।

    मलाई मेरो शिक्षाका लागि लगानी गर्न बाआमा डराउनुहुन्छ। तर मेरा बुवा मेरो भाईका लागि अमेरिका जानकै लागि ऋण लिनुहुन्छ। के मेरो परिवारले मेरा लागि ऋण लेला? दिँदैन। मेरो भाई राती अबेर घर आउन सक्छ तर म त लाइब्रेरी पनि पनि जान सक्दिनथेँ बेलुका ७ बजेपछि।

    तर केटा मान्टेलाई ‘छोरो मान्छे भएर पनि डराउँछन्?’ भनेर प्रश्न गरिनछ ? यही हो जेन्डर। मलाई मेरो शिक्षाका लागि लगानी गर्न बाआमा डराउनुहुन्छ। तर मेरा बुवा मेरो भाईका लागि अमेरिका जानकै लागि ऋण लिनुहुन्छ। के मेरो परिवारले मेरा लागि ऋण लेला? दिँदैन। मेरो भाई राती अबेर घर आउन सक्छ तर म त लाइब्रेरी पनि पनि जान सक्दिनथेँ बेलुका ७ बजेपछि।

    जबसम्म महिला मुक्त हुन्नन् तवसम्म पुरुष पनि मुक्त हुन सक्दैन । किनकी महिला र पुरुष एक दोस्रोमा अलग होइनन् । हामी सँधैका लागि साथ रहनुपर्छ । यसर्थ, कसैले पनि आफ्नो बहिनी र छोरीहरूको चौकिदार नबनुन् । कहिलेसम्म तिमीहरू बहिनी र छोरीको चौकिदारी गछौँ ? अब त मुक्ति देऊ । उनलाई आफैंमा सक्षम बनाउ । ख्याल राख, भोलि तिमी कुनै दुर्घटनावशः असक्षम भयौँ भने त्यतिबेला तिमीलाई दुखि हुनुपर्ला। जब कुनै छोरी भारतमा जन्मन्छे अर्थात् म जन्मन्छु, मानिसहरू निराश हुन्छन् । लाखौँ परिवारहरूमा गर्भमै मजस्ता छोरीहरूको लिङ्ग परीक्षण हुन्छ अनि मलाई मारिदिन्छन् । अनि ठाउँ–ठाउँमा समाज र घरले मलाई भन्छ–तेरो यो घर तेरो होइन, तँ पराईको धन हो । तर छोरालाई भनिन्छ–तँ कुलको दीपक हो।

    इकनमिक सर्वे अफ इन्डियाले नि भनेको छ कि भारतमा केटीहरूको संख्या घट्दै गइरहेको छ । उनीहरूको शंख्या घट्दैछ किनकि उनीहरू गर्भमै मारिन्छन्। उनीहरूलाई पैदा हुन नै दिइँदैन । अनि भनिन्छ, ‘यो देवीहरूको देश हो, यहाँ देवीको पूजा गरिन्छ ।’ मारिने लाखौं बच्चीहरूका लागि एक दिन मात्र पनि संसद बन्द हुन्छ त? हत्या गरिएका हरेक बच्चीका लागि एक सेकेण्डमात्रै भएपनि मौन बस्ने हो भने थाहा छैन, कति दिन मौन रहनुपर्ला हामी? तर, कसैलाई केही मतलव छैन।

    सबैभन्दा बढी आर्थिक विकास भएका राज्यहरूमै छोरीहरू गर्भमै मारिन्छन्। संयुक्त राष्ट्र संघले भनेको छ कि तीनजनामध्ये एक महिला हिंसाको शिकार भएका छन्। योभन्दा ठूलो युद्ध अर्को के हुनसक्छ? करोडौं मानिसलाई तल दबाउँदा के होला? हत्या, बलात्कार, घरेलु हिंसा र मनोवैज्ञानिक हिंसाका रूपमा महिलामाथि अत्याचार जारी छ । र, सबैभन्दा बढी दुःखको कुरा के छ भने यस्ता अपराध सबैभन्दा बढी परिवारभित्र हुन्छ ।

    प्रकृतिले अहिलेसम्म भनेको छैन कि गुलाब ज्यादा सुन्दर छ । गुलाब पनि सुन्दर छ र सयपत्री पनि उत्तिकै सुन्दर छ । हामीले भनेको छौँ कि हामीलाई लैङ्गिक समानता चाहियो । ‘सेक्स इक्वलिटी’ चाहिएको छैन। न त्यो हुन सक्छ।

    महिला वा पुरुष मध्ये एक ठूलो हो भनेर सृष्टिकर्ताले कहिले पनि भनेको छैन। बरु वैज्ञानिक तथ्यका आधारमा हामी भन्न सक्छौं कि प्रकृतिले दुबैलाई बराबरी बनाएको छ । र, यो दुनियाँ तबसम्म चल्छ जब यी दुबैले काम गर्छन् । प्रकृतिले अहिलेसम्म भनेको छैन कि गुलाब ज्यादा सुन्दर छ । गुलाब पनि सुन्दर छ र सयपत्री पनि उत्तिकै सुन्दर छ । हामीले भनेको छौँ कि हामीलाई लैङ्गिक समानता चाहियो । ‘सेक्स इक्वलिटी’ चाहिएको छैन। न त्यो हुन सक्छ।

    यो अवधारणा यसकारण चाहिएको हो कि मान्छेहरू नबुझीकनै बहस गरिरहेका छन्। जब हामी लैङ्गिक समानताको कुरा गछौँ, उनीहरू भन्नेछन् कि हामी पुरुषजस्तो बन्न खोज्दैछौँ। त्यस्तो होइन, हामी समान अवसर, समान अधिकार र समान जिम्मेवारी चाहन्छौँ । जेण्डरका कारण हुने विभेद चाहन्नौं। आजका दिनमा पनि थोरै मिडियाहरू समानताको पनि कुरा गर्छन् । गौर गरेर हेर्दा आज पनि ८०/९० प्रतिसत मिडिया रुढीग्रस्त धारणाले जेलिएका छन्, जुन दुखद हो। फिल्महरू नै हेरौं न, टिभि सिरियलहरू हेरौं न : एकाध फिल्म आउँछन्, जहाँ केटीहरू कमाल गर्छन्। बाँकी ७०/८० प्रतिसत फिल्म हेर्‍यौं भने उही रुढीग्रस्त धारणा व्याप्त छ। यदि पोर्नोग्राफीलाई पनि मिडिया मान्ने हो भने त त्यसले कति नोक्सान गरीरहेको होला?

    श्रीमानले श्रीमतीलाई माया गरेर प्रेसरकुकर उपहारस्वरुप दिन्छ । त्यसैले, प्रेसर कुकरचाहिँ महिलाको र मोटरसाइकलचाहिँ पुरुषको रहँदै आयो।

    हलीवुड र बलीवुडका विज्ञापन नै हेरौं: अहिले पनि कति वासिङ मेसिनको विज्ञापनमा पुरुषलाई देखाइन्छ? परिवर्तन त अलिअलि भइरहेको छ तर १०/१२ प्रतिशतमात्रै। केही विज्ञापन यस्ता हुन्छन् जहाँ श्रीमानले श्रीमतीलाई माया गरेर प्रेसरकुकर उपहारस्वरुप दिन्छ । त्यसैले, प्रेसर कुकरचाहिँ महिलाको र मोटरसाइकलचाहिँ पुरुषको रहँदै आयो। यदि मेरो छोरी ५/६ वर्षकी छे भने उसले आफ्नै मोटरसाइकलमा घुम्ने सपना पनि देख्न नपाउनु? उसलाई पनि प्रेसर कुकर वा वासिङ मेसिन नै चाहिने?

    बारबार महिलाहरूलाई रोनाधोनामा संलग्न देखाइन्छन्। रियालिटी सोहरूमा त्यस्तै देखाइन्छ। मिडियाको तागत यति हुन्छ कि मिडियाले तपाईंको दिमाग विहानदेखि बेलुकासम्मै बदल्न सक्छ। भारतको संविधानले महिला र पुरुष एक हो भन्छ। त्यसो हुँदा मिडियाको स्टेरियोटाइपिङ (रुढीग्रस्त धारणा) स्वयं संविधानविरुद्ध छ । जति पनि रुढीग्रस्त धारणा हुने मिडिया छन्, यी सबै संविधानविरुद्ध छन् ।

    केटीहरू यौन वस्तु हुन् र उनीहरू गाना गाउँदैछन् कि ‘में तन्दुरी मुर्गी हुँ, मुझे विस्कीसे घट्काले।’ मतलव, मलाई क्वाप्पै खाउ, सुलुक्क निल। यो मेरो औकात हो । मिडियाहरू एउटी महिलालाई एउटा चिज अथवा वस्तु अथवा ‘तन्दुरी मुर्गी’ देख्न किन रुचाउँछन्?

    म एउटा रियालिटी सो हेर्दैथिए, त्यसमा ‘शिला कि जवानी, मुन्नी बदनाम हुई, फेविकलसे तन्दुरी मुर्गी हुँ, मुझे विस्कीसे घट्काले’ जस्ता गीतमा केटीहरू एक्साइटेड भएर नाचिरहेका थिए। मलाई यी नाचहरू नरम नग्नफिल्म (सफ्ट पोर्न) जस्तो लागिरहेको थियो। उनीहरूको ‘वस्तुकरण’ भइरहेको थियो । उनीहरू एउटा यौन वस्तु हुन् र उनीहरू गाना गाउँदैछन् कि ‘में तन्दुरी मुर्गी हुँ, मुझे विस्कीसे घट्काले।’ मतलव, मलाई क्वाप्पै खाउ, सुलुक्क निल। यो मेरो औकात हो । मिडियाहरू एउटी महिलालाई एउटा चिज अथवा वस्तु अथवा ‘तन्दुरी मुर्गी’ देख्न किन रुचाउँछन् ?

    यी मिडियाहरू बराबरी देख्न किन मन पराउँदैनन्? महिला केबल शरीरमात्रै होइन भनेर मिडियाहरू किन बुझ्दैनन्? हामी विचार/मष्तिस्क पनि हौं। भोलि नास भएर जाने यो शरीररमा सुन्दरतामात्रै छैन । हाम्रो सुन्दरता हाम्रो विचार, आचरण र काम पनि हो । मिडियाले यो पनि बुझुन्।

    युट्युमा उपलब्ध (१५ जुलाई, २०२०) भासिनका अन्तर्वार्तामा आधरित । कलाः असित कुमार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      कमला भासिन

      कमला भासिन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      हँसिया हथौडाको झन्डा र पुष्पलालको तस्विर अङ्कित ब्यानरमा कम्युनिस्ट भेला

      विश्वबन्धु भण्डारी
      मंसिर ११, २०८१

      नेपालमा विभिन्न समयमा कम्युनिस्ट आन्दोलनमा योगदान गरेकाहरूको भेला आयोजना गर्ने सन्दर्भममा काठमाडौँमा वि.सं. २०७९ कार्तिक केशरमणि पोखरेलको निधनमा श्रद्धाञ्जली तथा...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.