Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

ओलीलाई सल्लाहकारले बालकोट पुर्‍याए

सहयोगीबाट सहयोगीबाट
साउन २३, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    होटल सोल्टीमा बडो उत्साहका साथ चिनियाँ प्रतिनिधिमण्डल नेपाल र चीनबीच व्यापार, पारवहन सन्धिका लागि उपस्थित थिए ।

    नेपाली प्रतिनिधिमण्डलसँग चिनियाँहरुले चाररपाँच घण्टा उत्साहपूर्वक छलफल गरे । वार्ता निष्कर्षमा पुग्न सकेन । सन्धि नै नहुने हो कि भन्ने चिन्ता नेपाली प्रतिनिधिमण्डललाई थियो । सुरुमा उत्साहपूर्वक वार्तामा सहभागी भएका चिनियाँ प्रतिनिधिमण्डल घाम डुब्दै गर्दा आक्रोशित देखिन्थे । उनीहरुको अनुहारमा पनि एक प्रकारको चिन्ता थियो । रातको १२ बज्यो । चिनियाँ प्रतिनिधिमण्डल त्यो सन्धिमा हस्ताक्षर गर्न तयार भएनन् ।

    चिनियाँ पक्ष हस्ताक्षर गर्न तयार नभएपछि नेपाली प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घटनाको जानकारी दिए । प्रधानमन्त्री ओली पनि रातको १२ बजे तनावमा परे । ओलीले दुईरचार ठाउँ फोन घुमाए । फोनमा आफ्नो बाध्यता बुझिदिन आग्रह गरे । लगत्तै, उत्साहपूर्वक चिनियाँ प्रतिनिधिमण्डल वार्ताको टेबुलमा आए । दुई देशबीच ऐतिहासिक व्यापार पारवहन सन्धि भयो ।

    दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको कार्यकालमा भएको नेपालको लागि यो ठूलो उपलब्धि हो । तर, चिनियाँ पक्षसँग भएको शर्त प्रधानमन्त्री ओलीले पूरा नगर्दा आजसम्म त्यो व्यापार–पारवहन सन्धि कार्यान्वयन हुनसकेको छैन ।

    होटल सोल्टीमा मध्यरातसम्म चिनियाँ पक्षसँग ‘लफडा’ हुनुको मुख्य कारण चीनले नेपालले मागेजति पाँचवटा पोर्ट र ड्राइपोर्ट दियो । चीनले मागेको वीरगञ्ज र सुनौली नाका नेपालले दिन मानेनन् । प्रधानमन्त्री ओलीले आफू पाँच वर्षसम्म प्रधानमन्त्री हुने भएकोले पाँच वर्षभित्र छुट्टै ‘ट्रान्जिट ट्रिटी’मा सम्झौता गर्ने भनेर चिनियाँ पक्षलाई आश्वस्त पारेका थिए । त्यो ‘ट्रिटी’मा नेपालले हस्ताक्षर नगर्दा महान् उपलब्धि गुम्न पुगेको छ ।

    त्यतिबेला प्रधानमन्त्री ओलीलाई ‘ट्रान्जिट ट्रिटी’मा हस्ताक्षर गर्न कसले रोकेको थियो, थाहा भएन । यदि, ट्रान्जिट ट्रिटीमा हस्ताक्षर भएको भए अहिलेसम्म त्यो सन्धि कार्यान्वयनमा आइसक्थ्यो ।

    यो कुरा मेरो कानमा पुग्नासाथ मैले प्रधानमन्त्री कार्यालयमै पुगेर ओलीलाई भेटे । घटनाको सबै विवरण सुनाए । र, भने( मध्यरातमा तपाईंले चिनियाँ पक्षलाई दिएको आश्वासन मेरो कानसम्म कसरी आइपुग्यो रु बालुवाटारबाट सूचना चुहिएको छ । राम्रो कुरा होइन, विचार गर्नोस् भने ।

    त्यसपछि ओलीले गम्भीर मुद्रामा त्यो सूचना चुहाउने व्यक्ति को होला भनेर प्रश्न गरे । मैले भने, मध्यरातसम्म तपाईंको वरपर जो(जो बस्छन्, तिनीहरुले नै यो सूचना चुहाएको हो । मेरो कुरा सुनेर ओली एकक्षण टोलाए । र, भने- ट्रान्सपोर्ट एग्रिमेन्ट पनि गर्छु । चीनसँग भएका सबै सहमति कार्यान्वयन गर्छु ।

    यो घटना ओलीलाई सामान्य जस्तो लागे पनि गम्भीर कुरा थियो । त्यसपछि उनले सिंगो सल्लाहकार टिमलाई हटाए । यो सबै सूचना त तिनै सल्लाहकारहरुसँग थियो, थप सूचना चुहिने डरले केही हटे, केहीलाई फेरि थमौती गर्न ओली बाध्य भए ।

    थमौती भएका सल्लाहकारहरु भारतीय खुफिया एजेन्टसँग निरन्तर सम्पर्कमा थिए । ‘रअ’ प्रमुख ‘लकडाउन’का बीच ६ महिनादेखि बालुवाटारसँग समय माग्दै थिए । प्रधानमन्त्री ओली ‘रअ’ प्रमुखसँग भेट्ने मुडमा थिएनन् ।

    त्यसबीच नागरिकता विवाद, चुच्चे नक्सा र ‘सिंह मेव जयते’का कारण भारतीय पक्ष ओलीसँग आगो थिए । अन्ततः बालुवाटारबाट जसले ‘रअ’का प्रमुखलाई कात्तिक ४ गते निम्तो दिए, तिनै सल्लाहकारको कारण ओली सत्ताबाट बहिर्गमन हुनुपर्यो । ओली बहिर्गमनको चुरो कुरा यही नै हो । शम्भु श्रेष्ठ/दृष्टि न्यूज

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.