बिहारका मुख्यमन्त्री लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएको छ । विभिन्न समस्याका कारणले राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स राँचीमा उपचाररत उनको मृगौलाले राम्रोसँग काम नगरिरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । जेलमा रहेका आरजेडी नेता यादवको सुगर र प्रेसर समेत अस्थिर रहेको जनाइएको छ ।
उपचारमा संलग्न डा. उमेश प्रसादका अनुसार– मृगौलाले राम्रोसँग काम गरिरहेको छैन, ग्लोमेरुलर फ्लर्टेसन रेट(मृगौलाको क्षमता दर) खस्किएको छ, सुगर र प्रेसर समेत अस्थिर रहेको छ, स्वास्थ्य अवस्था स्थिर छैन । चारा घोटाला काण्डमा सन् २०१७ देखि जेलमा रहेका ७१ वर्षीय यादव बिहारका मुख्यमन्त्री साथै केन्द्रीय रेलमन्त्री रहसिकेका छन् ।