Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

जमिन, रोटी र पानीः भौतिक संघर्षकै रूपमा उपनिवेशबाट मुक्ति हुने प्रक्रिया

अमिल्कार काब्राल अमिल्कार काब्राल
अशोज १५, २०७६
- यो हप्ता, विमर्शका लागि, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    “सधैँ याद राख्नुहोस्! मानिसहरू विचारका निम्ति लडिरहेका छैनन्, कसैका दिमागमा रहेका कुराहरूका लागि लडिरहेका छैनन् । उनीहरू भौतिक सुविधा प्राप्त गर्न, शान्तिपूर्वक जीवनयापन गर्न आफ्नो जीवन अघि बढेको हेर्न, आफ्ना बालबच्चाको भविष्य सुनिश्चित गर्न संघर्ष गरिहेका छन्”- अमिल्कार काब्राल

    एल्यू वाह :  उपनिवेशबाट मुक्ति हुने प्रक्रिया कहिं पुग्न नसकिने कुनै सैद्धान्तिक भव्य नृत्य होइन। यो त निदाइरहेका मानिसहरूको उत्पादनका साधनहरू खोसेर लिनका लागिको व्युझाइ हो र यो अन्तिमको पहिलो बन्ने भौतिक भौतिक वस्तु प्राप्तिको संघर्ष हो। यही संघर्षले नै जनताको सेना (जनसेना) र नीजि सम्पत्तिका तावेदारहरू बीचको अन्तिम युद्धका क्रममा उनीहरूले विकास गरेका क्रान्तिकारी विचार र संस्कृतिले शासकवर्गका विचाधारालाई विस्थापित गरिदिन्छ। उपनिवेशबाट मुक्ति भनेको नवउपनिवेशवाद र पूँजीवाद–साम्राज्यवादको यस युगमा हुने अवश्यम्भावी ऐतिहासिक मुठभेडमा यस विश्वमाथि खन्याइएको आगो र रोष हो — अर्को किसिमले अस्तित्व बचाऊ गर्ने प्रक्रियाको आरम्भ हो।

    यस विन्दुमा यो पनि स्पष्ट पार्न जरुरी छ कि यस लडाइँको दार्शनिक पक्ष पनि छ। भौतिक संघर्षमा विजय प्राप्त गर्न मस्तिष्कमा रहेका युद्ध र वर्ग, जाति वा नश्ल र लैङ्गिकसम्बन्धी तत्वहरू सामेल भएको प्रतिकृयावादी प्रभुत्ववादी विश्व दृष्टिकोणहरूलाई प्रगतिशील विचार र सिद्धान्तहरूद्वारा चुनौति दिनै पर्छ। हाम्रो एक मात्र दावी छ, सामाजिक जीवनको भौतिक पक्षमा परिवर्तन गर्नैपर्छ नत्र आज हामीले जारी राखेका दार्शनिक छलफल, लेखन र सैद्धान्तिकरण गरिराखेका प्रगतिशील मूल्य र विश्व दृष्टिकोणहरूले कुनै अर्थ, मुल्य र शक्ति प्राप्त गर्नसक्ने छैनन्। यो लामो दिर्घकालीन संर्घर्षमा सैद्धान्तिक युद्ध जित्न हामीले हाम्रा जनताका संगठित जमातलाई सिद्धान्तलाई ब्यवहारमा उतार्ने कलामा दिक्षित गर्नै पर्छ। गाँठी कुरा, यो नै यस आलेखको सार (thesis) हो । त्यसैले अब अघि बढौं र छलफललाई जारी राखौं।

    जमिन, रोटी र पानी — उपनिवेशवादको अस्तित्व विज्ञान र ज्ञानको विज्ञान र त्यसको प्रतिवादको छलफल गर्नका लागि कुनै जटिल विषय होइनन् — यी त जनताको गहिरो चासोका विषय हुन्। आज हाम्रा करोडौंं जनताहरू कर्पोरेसनहरूको यस्तो निरन्तर दोहन र शोषणका कारण चरम भोकमरी र आक्रोसमा छन् र उनीहरू ठूला पूँजीको तलवी दासत्वको वा जगेडा (संचित) श्रमको दुष्चक्रको भुमरीमा फसेका छन्। यस्तो अवस्थामा रहेका जनताका लागि वस्तुगत भौतिक अवस्थाहरूमा गुणात्मक परिवर्तन ल्याउनसक्ने उपनिवेसवाद विरोधी कार्यक्रम हुनुपर्छ। यस्तो गुणात्मक परिवर्तन ल्याउन नसक्ने कार्यक्रम थोपर्नु उनीहरूमाथिको कपट बाहेक अरु केही हुन सक्दैन। यस्तो कार्यक्रम नभएमा मूलतः तेस्रो विश्वको भूमिको जीवन, रगत चुसेर सदा गुलजार रहने शोषण गर्ने आर्थिक आधारले टेको लगाएको अधिसंरचना (superstructure) को सूचित र समर्थित विचार र सिद्धान्त विरुद्ध गरिने लडाइँ नाकाम हुन्छ। यसको अर्थ यदि कार्यक्रम भौतिकवादी र ब्यवहार आधारित छैन भने त्यो दाह्रा नङ्ग्रा उखेलिएको थुनिएको सिंह समान हुनेछ।

    अब इतिहासमाथि छाएको कुहिरो थोरै भएपनि छाँट्ने कोशिस गरौं, विगतमा उपनिवेशमा परिणत दक्षिणी विश्वका न्यायप्रेमी जनतालाई उपनिवेसवाद विरोधी संघर्षमा गोलबद्ध गर्दा क्रान्तिकारी नेतृत्वले उनीहरूका सामू जातिवाद विरोधी कार्यक्रममात्र अगाडि सारेनन्। नेतृत्वले कुनै जटिल उपनिवेसवाद विरोधी दार्शनिक कार्यक्रम अघि सारेन न त उसले जनताले बुझ्नै नसक्ने भाषामा भाषण छाट्ने र लेख्ने फजूल प्रतिस्पर्धामा नै ब्यस्त राख्यो। उसले सरल कार्यक्रम अघि सार्‍यो र शत्रु को हुन् भनी नाम काढ्यो। उक्त कार्यक्रमले हामी आत्मनिर्णयको अधिकार प्राप्त गरौं जसले गर्दा हामी त्यस उप्रान्त कुनै अर्को ब्यक्तिको मातहत आर्थिक र राजनीतिक दाश भएर बाँच्न बाध्य हुनेछैनौं , भन्यो। अर्थात् आज हाम्रो शत्रु भनेको उपनिवेशवादी हो र सम्भव भएसम्मका सबै उपाय लगाएर उसलाई उखेलेर फ्याँक्नुपर्छ – भन्यौं। र यस्तो भनाइलाई हाम्रा जनताले सजिलै बुझे। उनीहरूले आफूसँग जे जस्ता हतियार थिए उठाए, तिनमा पाइन लगाए, उनीहरूको आफ्नो अवस्थामा स्थायी सुधार ल्याउने गौरवशाली युद्ध जित्ने र स्वतन्त्र जनता बन्ने दृढ संकल्प गरे, जसको कुनै सीमा थिएन।

    अतः आजको उपनिवेसवाद विरोधी कार्यक्रम आज हामी जुन अवस्थामा छौं त्यसैमाथि आधारित हुनुपर्छ। हाम्रा राष्ट्रहरू र जनताहरूमा निहित के–कस्ता अन्तरविरोधहरू विद्यमान छन्। उक्त कार्यक्रम यो वर्ग सचेत हुनुपर्छ। त्यो भौतिकवादी हुनुपर्छ। उसले बाउबाजेदेखि लगाइँदै आएको खुकुलो अफ्रिकी कमेज दाशिकी पहिरन सक्छ र प्राचिन मिश्रको गौरवगाथा गाउन पनि सक्छ। यति हुँदाहुँदै पनि त्यो द्वन्द्वात्मक हुनुपर्छ। त्यसले हाम्रा जनतामाझको उत्पादक शक्तिलाई संगठित गरेर आफ्नो पक्षमा ल्याई स्वाभाविक रूपमा जे जे हाम्रो हुनुपर्ने हो त्यो सबै पुनः दावी गरी सम्पूर्ण मानवजातिको प्रगति र सुखको लामो मार्गमा हिड्नुपर्छ। त्यसले विगतको अध्ययन गर्नुपर्छ तर त्यसैमा अल्झिनु हुदैन। त्यो काल्पनिक या रोमाञ्चक हुनुहुँदैन। त्यसले शास्त्रीय उपनिवेशवादको बद्ख्वाइँको अन्तहिन आत्मरतिमा समय बर्बाद नगरी मुक्ति संघर्षबाट प्राप्त उपलब्धीहरूको वस्तुगत अध्ययन गर्नुपर्छ र त्यसबाट प्राप्त तथ्यहरूलाई हामीमाझबाटै उब्जिएको नवउपनिवेसवाद र दलाल वर्ग विरुद्धको लडाइँ जित्नमा उपयोग गर्नुपर्छ। त्यो जनआधारित कार्यक्रम हुनुपर्छ जसको ध्यान जनताको लोक इतिहास निर्माणमा केन्द्रित हुनुपर्छ, अर्थात वर्गविहीन र कम्युनिष्ट; यसभन्दा तलको कुरा केवल समयको बर्बादी र गन्तब्यहिन लक्ष्यतर्फको यात्रा हुनेछ। किनभने जनताको अवस्थामा कुनै परिवर्तन ल्याउने ल्याकत नराख्ने महान विचारहरू ठीक त्यस्तै हुने महान विचार—अरू केही होइन।

    उपनिवेसबाट मुक्तिको प्रक्रिया जमिनसँग सम्बन्धित मुद्दा हो। अतः हाम्रो राष्ट्रवाद न्यायपूर्ण छ, चाहे त्यो अमेरिकाका आदिवासीको राष्ट्रवाद, अफ्रिकी जनताको वा अष्ट्रेलियाका एबोरिजिनहरूको राष्ट्रवाद नै किन नहोस्। त्यो भनेको हाम्रो जमिन फिर्ता लिने र बसोबासका लागि उपनिवेसमा आउने नव आगन्तुकहरू देखि अकुत पैसा कामाउन चाहने दुष्साहसीहरूबाट मुक्त समाजहरू निर्माणको विषय हो। आज जनताहरू उपनिवेसवादबाट मुक्तिको सक्रिय कार्यक्रम अन्तरगत बिना मुवावजा जमिन अधिग्रहणको माग गरिरहेका छन् किनभने जमिन बिना सबैथोक हावा महल साबित हुन्छन् जबकी झुपडपट्टी र फाभेलाहरू (ब्राजिलका गरिबहरूका बस्तीहरू) मा भोकमरी, बिमारी, कोलाहल र गरिबीको भुमरी ब्याप्त छ। औपनिवेसिकरणबाट मुक्ति भनेको हाम्रा पुर्खाहरूको अठोटको सम्मान गर्न र भोलिको सुन्दर भविष्यमा बाँच्ने हाम्रा सन्ततिका लागि हाम्रो आफ्नो जमिन जितेर फिर्ता लिनु हो। यसै अठोटका साथ हामी अजानिया (पुर्वी अफ्रिका) देखि प्यालेष्टाइनसम्मका अधिनस्थ जमिनका जनताहरूको आफ्नो जमिन फिर्ता लिने संघर्षको पक्षमा दृढतापूर्वक खडा भएकाछौं।

    औपनिवेसीकरणबाट मुक्ति जागरण होइन, यो त ऐंठन हो। त्यो त अस्तब्यस्त, स्वभावगत, निरन्तरको ऐंठन हो जुन ऐंठनले झुपडपट्टीलाई उपनिवेश बनाउने र उपनिवेश बनाइएका दुबैलाई गाँज्छ। किनभने उपनिवेश बनाउने र उपनिवेस बनाइने दुबै पुराना साथी हुन्, उनीहरूलाई भयावह अन्त्य हुने अपेक्षाहरूले मिलाएको हुन्छ। एउटा प्रतिसम्वाद जसका अन्तरविरोधहरू मालिकको घरमा आगो झोसेर खरानी बनाएपछिमात्र समाधान हुनेछन्। उपनिवेस बनाउनेको खुशियाली उपनिवेस बनाइएकाहरूका लागि दुर्दान्त अवस्था हो भने उपनिवेस बनाइएकाहरूको खुशियाली उपनिवेस बनाउनेको लागि दुर्दान्त अवस्था होे। उनीहरूबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ जसलाई कहिल्यै जगाउन सकिदैंन किनकी जुन दिन त्यो जाग्नेछ त्यो दिन फाइदा लिने तत्वहरू अनन्त निद्रामा पुग्नेछन्। अतः आजको कार्यभार भनेको नवउपनिवेशवादी सेरोफेरो भित्रको जनावरलाई जगाएर उसलाई मित्रताको अन्त्य भएको स्मरण गराउनु हो। त्यो गुनासो गर्ने दर्शन वा हानिरहित सौन्दर्य विज्ञानमा रूपान्तरित हुनेछैन बरु आफ्ना पैतालामुनिबाट जमिन लुट्ने शोषणका शक्तिहरू विरूद्धको न्यायपूर्ण क्रोधमा आधारित कार्यमूलक कार्यक्रम हुनेछ। किनभने जुन दिन तेस्रो विश्व जाग्नेछ, तब पहिलो विश्व उपनिवेसिकरण गरिएको पूववर्ति समयका ऐंठनहरूले भरिपूर्ण अनन्त निद्रामा जानेछ— फेरि पनि द्वन्द्ववाद फर्किनेछ तर उल्टिएर, न्यापूर्वक पाउन योग्यहरूको सेवा गर्न।

    तब औपनिवेसबाट मुक्ति हुने कार्य भनेको समाजवादी क्रान्ति संगठित गर्नु हो। यो कुनै बौद्धिक सम्मेलन र कफीहाउसमा गरिने बकवास होइन। यो आफ्ना विश्लेषणमा वैज्ञानिक हुन्छ र सिद्धान्तमा भौतिकवादी हुन्छ। यसले आइभोरी टावर अघि जम्लाहात गरेर आफ्नो सुनुवाइको भिक्षा माग्दैन किनभने यसले दक्षिणी विश्वका श्रमिक र किसानहरूमाझ आगो सल्काइसकेको छ। यसको अग्रगतिमा यसको हिसाबकिताब गरिन्छ र यसको उच्चतम विकास सर्वहारा र किसानहरूको आन्दोलनमा भेटिनेछ जसले उत्पादन कब्जा गर्ने र उपभोगको ज्वारभाटा परिवर्तन गर्ने क्रममा उपनिवेशी महानगरका श्रम कुलिन सामन्तहरू (labour aristocrats)  को भण्डाफोर गर्नेछ। आफूले गुमाउनु पर्ने केही छैन बरु उसलाई बाँध्ने नेल तोडिनेछ। यो कुरा थाहा पाएपछि यसले जितमा ऐतिहासिक आवश्यकताका विश्वको आर्थिक, सामाजिक सांस्कृतिक, राजनीतिक नियतिलाई प्रकाशमय सुरुवातमा पदार्पण गराउनेछ। यो अन्ततः आफ्नै नाचको स्वामीत्व ग्रहण गर्ने महान गतिशील कविता हो। यसबेला विनासकालीन विश्वका प्रतिक्रियावादी शक्तिले आजसम्म नदेखेको मार्गमा हिडिरहेका हुनेछन्; उनीहरूले स्वयं निर्माण गरेको वास्तविकता अर्थात् आगो, असिना वर्षा र गन्धक बनेको समयचेतको अस्तित्वमा।

    सारमा आजको हाम्रो उपिनवेशबाट मुक्तिले जनतासँग बसेर उनीहरूले बुझ्नसक्ने भाषामा संवाद गर्नुपर्छ। त्यो औपनिवेशकरण गरिएकाहरूका मित्र र शत्रुहरू पहिचान गर्न र जान्न अघि बढिरहेकोछ। त्यसले आर्थिक आधारमाथि विजय प्राप्त नगरी र बुर्जुवा अधिसंरचनाका (सुपरस्ट्रक्चर) सिद्धान्तहरूलाई प्रगतिशील जनताका सिद्धान्तले विस्थापित नगरी मानसिक उनिवेसबाट मुक्ति प्राप्त गर्न सम्भव छैन भनेर जान्न जरुरी छ। यो जमिन, रोटी र पानी नीजि क्षेत्राधिकार भित्र रहेसम्म प्राथमिकतामा पर्दछ। यो जनप्रिय, गञ्जागोलयुक्त, सुन्दर, कवितात्मक, रक्तपातपूर्ण र अन्त्यमा अनन्तताको भुमरीभित्र पस्ने क्रममा यसको निरन्तर गतिशिलता र खुशीयाली र प्रगतिको मार्गमा अघि बढ्दै गर्दा अन्ततः मानवजाति बन्न योग्य बन्नेछ।

    (रेड भ्वाइस अनलाइनमा प्रशारित यो लेखका लेखक एल्यू वाह जाम्वियाका एक समाजवादी हुन्। यी एक लेखक र अफ्रिकन यूनिटी अण्डर साइन्टिफिक सोसलिज्मका एक संगठक पनि हुन्। भावानुवाद दामोदर उपाध्यायले गरेका हुन्।)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अमिल्कार काब्राल

      अमिल्कार काब्राल

      Related Posts

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      हामी संकटको धेरै लामो सुरुंगमा पसिसका छौं – घनश्याम भूसाल

      घनश्याम भूसाल
      माघ ११, २०८२

      चुनावले सिर्जना गरेको उत्साह र त्यसप्रति सर्वसाधारणका अपेक्षाका बारेमा प्रशस्तै बोलिएको छ, लेखिएको छ । तर के चुनावपछि राजनीति सुध्रिन्छ...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      भुइँमान्छेः धेरै पात्र एउटै कहानी

      झलक सुवेदी
      असार २३, २०८२

      मलाई आजभोलि पुस्तकका विषयमा चर्चा लेख्न अलि डर डर लाग्छ। केही समय पहिले एउटा पुस्तक समिक्षाका क्रममा लेखन र प्रकाशनका...

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      चिनियाँ प्राविधिक शिक्षाको अनुभव नेपालमा युवा रोजगारीका लागि सान्दर्भिक हुनसक्छ

      नेपाल रिडर्स
      असार १७, २०८२

      समाजका समस्याको समाधान गर्न समस्यालाई बुझ्ने र पहिचान गर्ने, र त्यसको सही समाधान पहिचान गर्न अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ। यसैगरी...

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      ७७औं वर्षमा नेकपा: नेतृत्वसम्बन्धी जनवादी विधि अभ्यास नहुँदा गल्दै वामपन्थी दलहरु

      विश्वबन्धु भण्डारी
      बैशाख ९, २०८२

      नेपाल कम्युनिष्ट पार्टी वि.सं. २००६ साल वैशाख १० गते तदनुसार २२ अप्रिल १९४९ मा भारतको कलकत्तामा स्थापना भएको हो। आजको...

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      नेकपामा विभाजनको कारक डा. रायमाझी

      विश्वबन्धु भण्डारी
      फाल्गुन १८, २०८१

      नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालमा वनारसमा भएको तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो।...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.