Friday, February 26, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

नेता मिनेन्द्र रिजालले भने – ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्’

by पत्रपत्रिकाबाट
May 21, 2020
- समाचार
नेता मिनेन्द्र रिजालले भने – ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्’
Share on FacebookShare on TwitterEmail

नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा अद्यावधिक गरेपछि भारतीय मिडिया नेपालमाथि खनिएका छन्। उनीहरूले बुधबार दिनभर अभिनेत्री मनिषा कोइरालाको आलोचनामा समय खर्चिए। मनिषाले नेपालको नयाँ नक्साको खुलेर समर्थन गरेकी थिइन्। एबिपी च्यानलले मनिषालाई ‘चीनको इशारामा नाचेको’ आरोप लगायो।

बुधबार साँझ नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल केही भारतीय अतिथिसँगै भारतीय न्यूज च्यानल रिपब्लिकको बहसमा झुल्किए। कार्यक्रमको सञ्चालन ‘सत्तापक्षीय पत्रकार’ अर्णव गोस्वामीले गर्ने गर्छन्। कार्यक्रमको शीर्षक थियो- ‘चाइना युजेज नेपाल’, अर्थात् चीनले नेपाललाई प्रयोग गर्छ। अर्णवले सुरूमै भने, ‘चीन कसैको साथी हैन।’ त्यसपछि लामो न लामो लेक्चर दिए। अर्णवको लामो न लामो प्रश्नको आशय नेपालले चीनको इशारामा नयाँ नक्सा सार्वजनिक गर्‍यो भन्ने थियो।

जवाफमा मिनेन्द्रले भने, ‘अर्णव, तपाईंले प्रश्न गरेका हो कि कुनै मन्तव्य दिनुभएको हो? कि मलाई कुनै सन्देश दिन खोज्नुभएको हो? नेपालमा यसरी अन्तर्वार्ता लिइँदैन।’ ‘नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद छ। हामी द्विपक्षीय छलफलबाट समस्या हल गर्न चाहन्छौं। भारतले कोभिड–१९ को महामारी टुंगिएपछि बसौंला भन्यो। हामीले अगावै कुराकानी गरौं भन्यौं,’ नेता रिजालले भने, ‘हामीसँग उक्त भूभाग हाम्रो भएको पुष्टि गर्न यथेष्ट प्रमाण छन्। भारतले पनि आफ्नो तर्फबाट प्रमाण जुटाओस्। वार्तामा बसौं, समस्या समाधान गरौं। चीनलाई जोडिरहनुको तुक छैन।’ जवाफमा अर्णवले भने, ‘नेपालमा कसरी अन्तर्वार्ता गरिन्छ मलाई थाहा छैन, भारतमा यसरी नै गरिन्छ।’

त्यसपछि अर्णवले बहसलाई मोड्दै नेता रिजाललाई प्रधानमन्त्री केपी ‌ओलीको वक्तव्य स्मरण गराए, ‘चीनको कोरोना भाइरसभन्दा भारतबाट आएको भाइरस कडा? तपाईंको प्रधानमन्त्रीको कस्तो बहुलठ्ठीपूर्ण तर्क? कस्तो अवैज्ञानिक कुरा?’ नेता रिजालको जवाफ थियो, ‘म सीमा सम्बन्धमा सरकारले लिएको अडानको समर्थन गर्छु। कोरोनाको बारेमा प्रधानमन्त्रीले के भने के भनेनन्, मेरो सरोकारको विषय होइन।’अर्णवले नेपालको पछिल्लो कदममा चीनको हात रहेको पुष्टि गर्न खोजिराखे भने रिजालले अस्वीकार गरिराखे।

रिपब्लिकाका सम्पादक सुवास घिमिरेले सुगौली सन्धिपछिका नक्साहरूले उक्त भूभाग नेपालको भएको पुष्टि गर्ने बताए। त्यसपछि कार्यक्रमका सञ्चालक अर्णव घिमिरेमाथि खनिए। भने, ‘हामी तपाईंसँग हाम्रो भूभागबारे छलफल गर्दैछैनौं। यसरी त भोलि तपाईंले मुम्बई हाम्रो हो भन्नुहोला, दिल्ली हाम्रो हो भन्नुहोला? कसरी हुन्छ?’ ‘चिनियाँहरू नेपालीलाई रुचाउँदैनन्, घृणा गर्छन्। नेपालको भूमि अतिक्रमण गरेका छन्, सरकारी वेवसाइट ह्याक गरेका छन्। ती तपाईंका साथी हैनन्,’ अर्णव त्यसपछि दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालपट्टी फर्किए, ‘चिनियाँहरू कसैको मित्र हुन सक्दैनन्।

भारतसँगको पुरानो सम्बन्ध बिगारेर तपाईंहरूले के पाउनुहुन्छ?’ प्रकाशले पनि अर्णवलाई निराश पारे। भने, ‘नेपालले भारतसँगको सम्बन्ध बिगार्न खोजेको हैन, कुरा गोलमटोल नपार्नुस्। नेपाल–भारतबीच सीमा विवाद छ भन्ने कुरा भारत सरकारले नै स्वीकार्दै आएको छ।’ त्यसपछि, अर्णवले ‘चीन कसैको मित्र हुन नसक्ने’ जिरह गर्दै बहस टुंग्याए। भारतीय न्युज च्यानल रिपब्लिकमा भएको बहस (भिडियो):

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Connect with us

Recommended

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago
भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

10 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.