Friday, August 12, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » रामकुमारी झाँक्री पक्राउ प्रकरणः कसले के भने ?

रामकुमारी झाँक्री पक्राउ प्रकरणः कसले के भने ?

nepal_readers by nepal_readers
February 11, 2021
- समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई गरिएको पक्राउको सर्वत्र विरोध भएको छ । प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस लगायत दलका नेताहरुलाई सरकारको यो कदमलाई ‘गैरकानूनी’ भनेका छन् भने सामाजिक सञ्जालमा समेत अभिव्यक्ति स्वतन्त्रता खोसिएको भन्दै चर्को विरोध भएको छ ।

प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियोः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेता झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन्। ओलीले आफ्ना समूहका नेतालाई पक्राउ गर्न सुरु गरेकाले त्यसविरुद्ध आन्दोलन सशक्त बनाउने प्रचण्डको भनाई छ ।

सरकारले अधिनायकवादी चरित्र उदाङ्गो बनायोः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको टिप्पणी गरेका छन् । झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले समाजिक सञ्जाल ट्विटरमार्फत नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गरेर झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् । नेता पौडेलले लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ । हामीले ल्याएको लोकतन्त्रमा बोल्नै नपाउने भन्ने होइन ।’

सरकारको काल आएकै हो : डा. बाबुराम भट्टराई

RelatedPosts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

August 11, 2022
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

August 10, 2022
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

August 8, 2022
आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

August 5, 2022

जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै संविधानको उल्लघंन गरेपछि किन नबोल्ने भन्दै प्रश्न गरेका छन् । उनले ट्विट गर्दै भनेका छन् ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ !” संविधानको पालन र संरक्षण” गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ? उनले नेपालको संविधानमा ‘संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ र ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता’ उल्लेख गरिएका पृष्ठ पनि पोष्ट गरेका छन् ।

सरकार, झ्यालखानाको संख्या बढाऊ : गगन थापा

नेकपा प्रचण्ड–नेपाल समूहकी नेता झाँक्रीको पक्राउको विरोध गर्दै नेपाली काँग्रेसका नेता गगन थापाले झ्यालखानाको संख्या बढाउन सरकारलाई सुझाव दिएका छन् । उनले ट्विट गर्दै सत्यको पक्षमा बोल्नेको मुख सरकारले देखाएको त्रासले बन्द नहुने भन्दै झ्यालखानाको संख्या थप्न सुझाएका हुन् । उनले राष्ट्रपति ‘महाराज’ भएको टिप्पणी गरेका छन् ।

नेता झाँक्रीले दुई साताअघि गोरखामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनलाई बिहीबार दिउसो शंखमूलस्थित निवासबाट पक्राउ गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख गरिएको छ ।

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Related Posts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

by हिरण्यलाल श्रेष्ठ
August 11, 2022

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले एउटा तरंग सिर्जना गरेको छ। राष्ट्रपति जो बाइडेनले पेलोसीको यो भ्रमण अमेरिकाको...

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

by भूपाल राई
August 10, 2022

म कवि हुँ, कविता लेख्छु । यहाँ हामी ठूला–ठूला कुराहरू, मार्क्स-लेनिनका कुराहरू गर्छौं, ठूला–ठूला जार्गनहरू प्रयोग गर्छौं। तर, म कवि...

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

by राम कार्की 'पार्थ'
August 8, 2022

हरेक आन्दोलन र क्रान्तिले नयाँ पदावलीहरू सिर्जना गर्छन्। भइरहेकै पदावलीलाई पनि क्रान्तिले नयाँ अर्थ दिन सक्छ। यदि आन्दोलन र क्रान्तिले...

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

by रोशन जनकपुरी
August 5, 2022

पञ्चायतकालमा काठमाडौँमा हातहतियारको चर्चा भइरहेको थियो, तराईका कम्युनिष्टहरूले भरुवा बन्दुक लिएर आलीको पछाडिबाट प्रहरीविरुद्ध फाइरिङ गरिरहेका थिए। नेपाली कम्युनिष्ट आन्दोलमा...

के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

by nepal_readers
August 3, 2022

-पाओलो गेर्बाउडो- आजका दिनमा आइपरेको संकटका कारण, विगत केही दशकका मान्यताहरूलाई तोड्दै राज्य पुनर्जीवित भएको छ। यो अझै जागा हुँदै...

नाग : जाति कि सर्प ?

नाग : जाति कि सर्प ?

by nepal_readers
August 2, 2022

मनुष्यको आदिकालमा सर्पको महत्त्व देखिन्छ । बाइबलमा होस् वा आर्य–पुराणमा, सर्पसित जेलिएका धेरै कथा छन् । मिश्र (इजिप्ट) प्राचीन राजा...

Leave Comment

Recommended

विज्ञान र आविस्कारमा हामी किन पछाडि पर्यौँ?–मोहन वैद्य ‘किरण’

विज्ञान र आविस्कारमा हामी किन पछाडि पर्यौँ?–मोहन वैद्य ‘किरण’

1 year ago
वास्तविक पशुपतिनाथ त जनता हुन् : रघुजी पन्त

वास्तविक पशुपतिनाथ त जनता हुन् : रघुजी पन्त

1 year ago

Connect with us

Popular Post

  • नेपाली समाजका ७ अन्तरविरोध

    नेपाली समाजका ७ अन्तरविरोध

    0 shares
    Share 0 Tweet 0
  • भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

    0 shares
    Share 0 Tweet 0
  • गीतामा के छ ? गीता कस्तो छ ? 

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा वर्ग र जात/जाति

    0 shares
    Share 0 Tweet 0
  • पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In