मलाई लाठी खान मन छ : प्रचण्ड
आइतबार अनेरास्ववियूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा (बहुमत) का अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधी आन्दोलन अब चर्कँदै जाने र आगामी माघ ९ गतेको आन्दोलन भने झनै भयंकर हुने बताए। आफ्ना नेताकार्यकर्ताहरूको टाउको जोगाउन आफू लाठी खानसमेत तयार भएको प्रचण्डले बताए । ‘सेटिङ भैसकेको छ, हाम्रै पक्षमा फैसला आउँछ भन्ने केपी ओली र उनका मान्छेहरूप्रति शंका गर्नुपर्छ र त्यसविरुद्ध कडा आन्दोलन गर्नुपर्छ,’ नेता प्रचण्डले भने, ‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरू पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ।’
गणतन्त्र आउँदा ओली रुनुभयो : प्रचण्ड
एक अर्को कार्यक्रममा नेता प्रचण्डले ‘गणतन्त्र आउँदा ओली रुँदै हिँड्नुभयो’ भनेर व्यंग्यसमेत गर्न भ्याए। केहीदिन पहिले कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘आफूले हँसाएकोमा कसैलाई पीर परेको’ बताएका थिए। त्यसको प्रतिउत्तरमा नेता प्रचण्डले गणतन्त्रको उत्सव मनाउँदा ओली भने रोइरहेको संज्ञा दिएका हुन्।
प्रचण्डले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला तपाईं भने बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’
प्रचण्डले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला तपाईं भने बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’ काठमाडौंमा आइतबार भएको नेकपा (बहुमत)निकट राष्ट्रिय युवा संघको बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले संविधानमाथि प्रहार भएको बेला आफू मजाकको मुडमा नभएको बताएका हुन्।
तपाईं कुन धाराअन्तर्गतको प्रधानमन्त्री? : रावल
नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो भनेर स्पष्ट पार्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजी, तपाईं नेपालको संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो?’
राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफारिस अनुमोदन गर्दा संविधानको धारा ७५ को उपधारा १ र ७ को उल्लेख गरेकी छन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो।
ओली अवैधानिक प्रधानमन्त्री : वर्षमान पुन
ओली सरकारले ‘फुलफेज’ सरकारका रूपमा काम गरिरहेको भन्दै नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले आरोप लगाएका छन्। निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै उनले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे ।
पुनले कामचलाउ सरकारले संविधान र कानुनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे ।
नेकपा (बहुमत) पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आइतबार बर्दियामा सम्बोधन गर्र्दै पुनले यस्तो बताएका हुन् । उनले भने, ‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो’, पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो ।’
पुनले कामचलाउ सरकारले संविधान र कानुनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे ।