Date
शुक्र, फाल्गुन २२, २०८२
Fri, March 6, 2026
Friday, March 6, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

आइतबार : खड्गप्रसाद ओली रोएको र उनी अवैधानिक प्रम भएकोसम्मका कुरा

nepal_readers nepal_readers
माघ ५, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मलाई लाठी खान मन छ : प्रचण्ड

    आइतबार अनेरास्ववियूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै नेकपा (बहुमत) का अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधी आन्दोलन अब चर्कँदै जाने र आगामी माघ ९ गतेको आन्दोलन भने झनै भयंकर हुने बताए। आफ्ना नेताकार्यकर्ताहरूको टाउको जोगाउन आफू लाठी खानसमेत तयार भएको प्रचण्डले बताए । ‘सेटिङ भैसकेको छ, हाम्रै पक्षमा फैसला आउँछ भन्ने केपी ओली र उनका मान्छेहरूप्रति शंका गर्नुपर्छ र त्यसविरुद्ध कडा आन्दोलन गर्नुपर्छ,’ नेता प्रचण्डले भने, ‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरू पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ।’

    गणतन्त्र आउँदा ओली रुनुभयो : प्रचण्ड

    एक अर्को कार्यक्रममा नेता प्रचण्डले ‘गणतन्त्र आउँदा ओली रुँदै हिँड्नुभयो’ भनेर व्यंग्यसमेत गर्न भ्याए। केहीदिन पहिले कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘आफूले हँसाएकोमा कसैलाई पीर परेको’ बताएका थिए। त्यसको प्रतिउत्तरमा नेता प्रचण्डले गणतन्त्रको उत्सव मनाउँदा ओली भने रोइरहेको संज्ञा दिएका हुन्।

    प्रचण्डले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला तपाईं भने बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’

    प्रचण्डले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो बेला तपाईं भने बयलगाडाको कथा हाल्दै हिँड्नुभयो। गणतन्त्र आउन लाग्यो भनेर रुँदै हिँड्नुभयो।’ काठमाडौंमा आइतबार भएको नेकपा (बहुमत)निकट राष्ट्रिय युवा संघको बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले संविधानमाथि प्रहार भएको बेला आफू मजाकको मुडमा नभएको बताएका हुन्।

    तपाईं कुन धाराअन्तर्गतको प्रधानमन्त्री? : रावल

    नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संविधानको कुन धाराअन्तर्गतको प्रधानमन्त्री हो भनेर स्पष्ट पार्न आग्रह गरेका छन् । काठमाडौंमा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीजी, तपाईं नेपालको संविधानको कुन धारा अन्तर्गतको प्रधानमन्त्री हो?’

    राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको सिफारिस अनुमोदन गर्दा संविधानको धारा ७५ को उपधारा १ र ७ को उल्लेख गरेकी छन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो।

    ओली अवैधानिक प्रधानमन्त्री : वर्षमान पुन

    ओली सरकारले ‘फुलफेज’ सरकारका रूपमा काम गरिरहेको भन्दै नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले आरोप लगाएका छन्। निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै उनले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे ।

    पुनले कामचलाउ सरकारले संविधान र कानुनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे ।

    नेकपा (बहुमत) पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आइतबार बर्दियामा सम्बोधन गर्र्दै पुनले यस्तो बताएका हुन् । उनले भने, ‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो’, पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो ।’

    पुनले कामचलाउ सरकारले संविधान र कानुनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे ।

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.