Monday, March 8, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

प्रतिगमनविरुद्ध बिहीबार : ‘राष्ट्रपतिको गिरेको गरिमा’देखि ‘क्षमा पूजाका नौटंकी’सम्म

by nepal_readers
February 12, 2021
- समाचार
प्रतिगमनविरुद्ध बिहीबार : ‘राष्ट्रपतिको गिरेको गरिमा’देखि ‘क्षमा पूजाका नौटंकी’सम्म
Share on FacebookShare on TwitterEmail

प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास गरेको छ । राष्ट्रपतिविरुद्ध बोलेको भन्दै प्रहरीले बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गरेको थियो । उनको पक्राउपछि अधिकांश नेताहरूले सरकारविरुद्ध आन्दोलन चर्किदै जाने चेतावनी दिएका छन् ।

राष्ट्रपतिले पदको गरिमा राख्न सकिनन्ः गगन थापा

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पदको गरिमा राख्न नसकेको बताएका छन् । मोरङको विराटनगरमा बिहीबार कांग्रेस महानगर समितिले गरेको कार्यक्रममा नेता थापाले राष्ट्रपतिले पदको गरिमा राख्न नसकेकाले चपलीस्थित घर पठाउनुपर्ने बताए । उनले नेपालको संविधान प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार भएको समेत टिप्पणी गरे ।

क्षमा पूजाका नाममा नौटंकीः गुरुराज घिमिरे

सोही कार्यक्रममा कांग्रेसका अर्का नेता गुरुराज घिमिरेले प्रधानमन्त्री ओलीमा तानाशाह प्रवृत्ति देखिएको बताए । नेता घिमिरेले पशुपतिनाथको मन्दिरमा ओलीले क्षमा पूजाका नाममा नौटंकी गरेको उल्लेख गरे । कम्युनिष्टलाई धर्मप्रति विश्वास नहुने बताएका घिमिरेले पशुपतिमा पुगेर पूजा गर्नुलाई पाखण्ड र ढोंगको संज्ञा दिए ।

अदालतले संविधानमा थपघट गर्न मिल्दैनः प्रदिप पौडेल

विराटनगरमा महानगर समितिले नै गरेको कार्यक्रममा कांग्रेस नेता प्रदीप पौडेलले अदालतलाई संविधानका कुनैपनि धारा थपघटको अधिकार नभएको बताएका छन् । अदालतले संविधानभन्दा बाहिर रहेर व्याख्या गर्न नहुने भन्दै नेता पौडेलले संविधान संशोधन गर्ने अधिकार अदालतलाई नरहेको उल्लेख गरे । यद्धपि सर्वोच्च अदालतबाट संविधानकै पक्षमा फैसला हुनेमा विश्वास रहेको उनको भनाई छ ।

प्रतिगमनविरुद्धको आन्दोलन थप सशक्त हुन्छः रामकुमारी झाँक्री

नेकपा प्रचण्ड – नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले सरकारको प्रतिगमनविरुद्धको आन्दोलन अब थप सशक्त हुने बताएकी छिन् । बुधबार साँझ अपराध अनुसन्धान महाशाखाबाट रिहा भएपछि पत्रकारहरूसँग कुरा गर्दै नेता झाँक्रीले चौतर्फी दबाबका अघि सरकारको दमन हारेको टिप्पणी गरिन् । राष्ट्रपतिले गरेको गलत कामको विरोधमा आफूले बोलेकोमा कुनै पछुतो नभएको नेता झाँक्रीको भनाई छ ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
nepal_readers

nepal_readers

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago
नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

नानकिङ् सम्झौतापछि चीन र बेलायतको सम्बध

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.