नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचबुँदे ड्राफ्टमा कुनै सत्यता नभएको जनाएका छन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमतिका लागि पाँचबुँदे ड्राफ्ट तयार भएको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि प्रचण्ड सचिवालयले कुनै सत्यता नरहेको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेको हो।
अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खट्टिनुभएको कुरा यहॉहरुमा जगजाहेर नै छ । यसै बिच भरखरै सामाजिक संजालमा सहमतिका लागि तयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै गरिएको प्रोपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता बिरोधीको निराधार हल्ला हो!
— ganga dahal (@gangadahal18) July 5, 2020
पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खटिएको दाबी प्रचण्ड सचिवालयले गरेको छ। ‘भर्खरै सामाजिक संजालमा सहमतिका लागि तयार गरिएको पाँचबुँदे ड्राफ्ट भन्दै गरिएको प्रपोगान्डमा कुनै सत्यता नभएको र पार्टी एकता विरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह गर्दछौँ,’ प्रचण्डको सचिवालयले भनेको छ। सामाजिक सञ्जालमा भाइरल भएको ड्राफ्टमा माधवकुमार नेपालको संयोजकत्वमा ‘सरकार संचालन संयन्त्र’बनाउने समेत उल्लेख गरिएको थियो। यस्तै मन्त्रिमण्डल पुर्नगठन, असमान नियुक्ति बदर गर्ने, पुर्न नियुक्ति गर्ने र विधिसम्मत पार्टी संचालन, जिम्मेवारी बाँडफाँट हुने भनिएको थियो।