Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026
Monday, June 29, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

माधव नेपाल कड्किएपछि सरकारको नीति तथा कार्यक्रममा छिरे लिम्पियाधुरा, लिपुलेक र कालापानी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ३, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

करिब ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्दा शुक्रबार संसद सभाकक्ष तालीको गडगडाहटले गुञ्जियो।

करिब साढे दुई घण्टाको राष्ट्रपति भण्डारीको नीति तथा कार्यक्रम प्रस्तुतिमा सम्भवतः सबैभन्दा धेरै सांसदले पहिलो पटक ताली बजाएका थिए। लिम्पियाधुराको विषय सरकारले राम्रै गृहकार्य र योजनाका साथ नीति तथा कार्यक्रममा समावेश गरेको ठाने धेरै सांसदले।

तर बालुवाटारमा त्यसको सात घण्टा अगाडि नेकपाको केन्द्रीय सचिवालय बैठक नभएको भए सायदै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा सम्बन्धी वाक्यहरु वाचन गर्थिन्, न त ताली नै बज्थ्याे।

असन्तुष्ट शीर्ष नेताहरुको आफूसँगको अविश्वासको दूरी कायमै रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे सुझाव दिन शुक्रबार बिहान साढे ८ बजे नेकपा केन्द्रीय सचिवालय बैठक बोलाएका थिए। त्यतिबेलासम्म नीति तथा कार्यक्रमकाे दस्तावेज अन्तिम रुपमा राष्ट्रपति भण्डारी हुँदै प्रिन्टका लागि मुख्यसचिवको हातमा पुगिसकेको थियो।

त्यसबाट वास्तवमा पार्टी सचिवालय बैठक औपचारिकताका लागि मात्रै भएको बुझ्न सदस्यहरुलाई कठिन भएन। स्रोतका अनुसार जहाँ सदस्यहरुले सल्लाह दिनुको कुनै अर्थ देखेनन्। बरु ओलीले घोषणा भइनसकेको नीति तथा कार्यक्रमको प्रशंसा सुरु गरे।

बीचमै वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियताका विषय नीति तथा कार्यक्रममा उठेको छ कि छैन भन्ने प्रश्न गरे। ओलीले ‘सीमाको अतिक्रमित भूमि सरकारले फिर्ता ल्याउँछ भन्ने उल्लेख रहेकाे’, जवाफ फर्काए।तर नेपालले एकाएक कड्किँदै भने, ‘त्यस्तो अमूर्त कुरा गरेर हुन्छ? भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्ने र ती सबै क्षेत्रलाई समेटर नक्सा सार्वजनिक गर्ने भनेर स्पष्ट लेख्न लगाउनुहोस्।’

नेपालको अडानमा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि साथ दिए। उनले भने,‘ टालटुल कुरा गरेर हुन्न। मिचिएको भूमिको स्पष्ट नाम लेख्नुपर्छ।डराउनु पर्ने कुरा के छ?’श्रेष्ठको कुरालाई अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि समर्थन जनाएको सचिवालय स्रोतले बतायो।त्यसपछि एकछिन मौन रहेका ओलीले बैठकबाटै मुख्यसचिवलाई फोन गरेर नीति तथा कार्यक्रममा लिम्पियाधुरा,लिपुलेक र कालापानी फिर्ता ल्याउने र ती क्षेत्रलाई नयाँ नक्सामा समावेश गर्ने भन्ने लेखेर मात्रै प्रिन्ट गर्न निर्देशन दिएका थिए।

अन्ततः नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा संसदमा भण्डारीले भनेकी थिइन्, ‘अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक वार्ता अघि बढाउनेछ। लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो। त्यसलाई ठोस पहल गरेर फिर्ता ल्याइनेछ। ती भूभाग समेटिएको नेपालको नक्सा जारी गरिनेछ।’ देशसञ्चार

पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

नेपाल रिडर्स
असार ३, २०८१

मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

सङ्गीत
जेष्ठ २४, २०८१

के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

नेपाल रिडर्स
माघ १०, २०८०

नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

नेपाल रिडर्स
माघ ४, २०८०

कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

गणतन्त्र जोगाउने ३५ काइदा

गणतन्त्र जोगाउने ३५ काइदा

रोहेज खतिवडा
पुस २४, २०८०

१. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

नेपाल रिडर्स
पुस २२, २०८०

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

गुगल मार्फत साइन इन गर्नुहोस्
Sign In with Linked In
वा

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

गुगल मार्फत साइन अप गर्नुहोस्
Sign Up with Linked In
वा

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share via
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

Add New Playlist

नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • प्रवासी नेपाली
  • रिडर्स डिस्कोर्स
  • अन्तर्वार्ता
  • मल्टिमिडिया
  • ब्लग

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.