Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

लिन प्याओ मलाई अति घृणा गर्दथेः देङ सिआओ पिङ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक ६, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सेप्टेम्बर १९८० मा ‘द गार्जियन’ का लागि पूर्व चिनियाँ राष्ट्रपति देङ सिआओ पिङसँग ओरियाना फलाची(जो इटालीका पत्रकार थिइन्, जसले उनको जीवनकालका विश्वका सबैजसो नेताहरुसँग अन्तरवार्ता गरेकी थिइन्) ले अगस्त २१ र २३,१९८० का दिनमा कुराकानी गरेकी थिइन्। ३९ बर्ष पहिलेको देङको धारणाभन्दा अलिक बढी माओप्रति रुची राख्ने सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा कुटनीतिक, राजनीतिक अर्थ राख्ने विभिन्न सामाग्रीहरु नेपाली मिडियामा प्रकाशित भइरहेका छन्। ती मध्ये यो अन्तरवार्ता नेपालको कम्युनिष्ट आन्दोलनभित्र चलिरहेको बहश र तरङ्गका लागि अत्यन्त सान्दर्भिक भएकाले हामीले सहकर्मी अनलाइनबाट साभार गरेकाछौं।

    ओरियाना फलाचीः तपाईले केही समयअघि लेख्नु भएको थियो– चीन एउटा मोडमा पुगेको छ, जसलाई दोस्रो क्रान्तिसँग तुलना गर्दा हुन्छ? विशेषतः पेकिङ पुग्ने पर्यटकले एउटा स्पष्ट भौतिक परिवर्तनको अनुभव गरिरहेका छन्–त्यहाँ कुनै नारा छैन। माओको तस्वीर पनि निकै कम देखिन्छ। मैले अहिलेसम्म तीन ठाउँमा मात्र माओको तस्वीर देखे। यो पनि रहन्छ या हटाइने छ?

    देङ सिआओ पिङ– निश्चय नै त्यो सदाका लागि रहनेछ। पहिले तस्वीरहरू यति धेरै थिए, ठाउँ ठाउँमा उचित सम्मानको निर्वाह गर्न कठिन भइरहेको थियो। यसैले हामीले अध्यक्ष माओको तस्वीरलाई कम गर्‍यौं। सुन्न चाहनुहुन्छ– यो पनि सत्य हो कि अध्यक्ष माओले गल्ती गर्नुभयो। तर वहाँ चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ लोकतन्त्रको प्रमुख संस्थापकमध्ये एक हो। उहाँको गल्ती र विशेषता दुबैको मूल्याङ्कन गर्दा हामीलाई लाग्छ, उहाँको गल्ती गौण भएर जान्छ। यसकारण चिनियाँ क्रान्तिमा उहाँको योगदानको विस्थापन सम्भव छैन। चिनियाँ जनताको स्मृतिमा उहाँ सधै विराजमान हुनुहुन्छ।

    ओरियाना फलाचीः आज सबै दोष चारजना (ग्याङ अफ फोर) को समूहमाथि थोपरिने गरिन्छ। तर, माओकी श्रीमति चिआङ चिङ र अन्य तीन जना नै सांस्कृतिक क्रान्तिका अगुवा थिए। के यही नै ऐतिहासिक तथ्य हो । मेरो जानकारी अनुसार जब यी चारजनाको कुरा आउछ, धेरै चिनियाँ पाँच वटै औला माथि लगेर आक्रोश पोख्छन् र भन्ने गर्छन्– हो उनीहरूकै कारण भएको हो?

    देङ सिआओ पिङ– (हाँस्दै) यसैले मेरो लागि आवश्यक पर्ने गर्छ–अध्यक्ष माओको गल्ती, लिन पिआओ तथा चार जना सदस्यको अपराधबीचको अन्तरलाई स्पष्ट पार्ने। तपाईलाई म स्मरण गराउन चाहन्छु, अध्यक्ष माओले आफ्नो अधिकांश समय चीनको सेवामा समर्पीत गर्नुभयो। संक्रमणकाल र संकटको अवस्थामा तथा प्रतिक्रान्तिको खतरा हुँदा पार्टीलाई जोगाउनु भयो। अर्को शब्दमा भन्नु पर्दा–उहाँको योगदान यति महत्वपूर्ण छ, उहाँको अनुपस्थितिमा हामी वर्षोसम्म अँध्यारोमा भड्की रहेका हुनेथियौं। हामी यो पनि बिर्सिन सक्दैनौं, अध्यक्ष माओ तिनै नेता हुन्, जसले मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई चिनियाँ यथार्थसँग जोडेर हेरे। अध्यक्ष माओले ती सिद्धान्तलाई सिर्जनात्मक रुपमा राजनीतिसँग मात्र जोडेनन्, दर्शन, कला, साहित्य र सैन्य मामिलामा पनि यसलाई लागु गराए। वास्तवमा सातौं दशकसम्म, ठ्याक्क भन्नुपर्दा छैटौं दशकको उत्तरार्द्धमा अध्यक्ष माओको केही विचार निकै हदसम्म दुरुस्त थियो र उहाँकै अधिकांश सिद्धान्तका कारण हामीले विजय प्राप्त गर्‍यौं। तर दुर्भाग्य, जीवनको अन्तिम चरणमा उहाँले गल्ती गर्नुभयो। विशेष गरेर ‘सांस्कृतिक क्रान्ति’ गर्ने गल्ती गर्नुभयो। फलस्वरुप पार्टी, देश र जनतामाथि दुर्भाग्य लादियो।

    ओरियाना फलाचीः मि देङ एउटा कुरा मलाई स्पष्ट पार्नुहोला। जतिबेला तपाई अध्यक्ष माओको मत वा विचारको कुरा गर्नुहुन्छ, त्यतिबेला तपाईंको भनाईको अर्थ ‘माओत्से तुङ विचारधारा’ सँग हुने गर्छ?

    देङ सिआओ पिङ– हो। तपाईलाई थाहै छ। क्रान्तिकारी युद्धकै समय हामीले माओत्से तुङद्धारा व्याख्या गरिएको प्रतिपादित सबै विचार–सिद्धान्तलाई एउटै ठाउँमा संग्रहीत गरेका थियौं। र, यसलाई हामीले ‘माओत्से तुङ विचारधारा’ भनेका थियौं। त्यस यता हामीले यसलाई पार्टीको मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा ब्याख्या गर्दे आइरहेका छौं। तर, ‘माओत्से तुङ विचारधारा’ वस्तुतः माओको मात्र सिर्जना थिएन। यद्यपि अधिकांश विचार माओकै थिए। अन्य वरिष्ठ क्रान्तिकारीले पनि यस विचारलाई गोडमेल गर्ने र यसलाई परिस्कृत गर्न योगदान पुर्‍याएका थिए। केही नाम भन्नुपर्दा चाउ एन लाई, ल्यू शाओ ची र चू तेह पनि यसमा सहभागी थिए।

    ओरियाना फलाचीः तपाईले आफ्नो नाम लिनु भएन नी?

    देङ सिआओ पिङः मेरो कुनै गणना हुँदैन। स्वभावतः मैले पनि यसमा भूमिका निर्वाह गरे होला। तर म वरिष्ठ अर्थात् बयोबृद्ध क्रान्तिकारी होइन। (हाँस्दैंं) मैले भने नि जीवनको उत्तरार्द्धमा आएर अध्यक्ष माओले आफैं विचारलाई खण्डन गर्नुभयो। र, ती राम्रा मानिएका सिद्धान्तलाई काट्ने काम गर्नुभयो, जुन उहाँबाटै स्थापित भएका थिए। उहाँको कार्य र कार्यशैलीले अस्वस्थ सोच जन्मिने मौका पायो। उहाँको सबैभन्दा रुग्ण सोच थियो, अतिवामपन्थी चिन्तन र अवधारणा। सम्भवतः विजयको उन्मादले उहाँको विवेकलाई कमजोर बनाएको हुनुपर्छ। हुनसक्छ, यथार्थसँग उहाँको सम्पर्क टुट्यो होला। निश्चय नै क्रान्तिमा महान योगदानका कारण चिनियाँ जनतामाझ उहाँको प्रचण्ड प्रतिष्ठा र अनुपम सम्मान थियो। उहाँको चारैतर्फ प्रसंसा मात्र हुन्थ्यो। यसकारण पनि उहाँ आफैंले प्रतित्पादन गरेको उत्कृष्ट सिद्धान्तलाई संस्थागत गर्न चुक्नु भयो। उहाँले जनवादी केन्द्रीयता र ‘मास लाइन’का लागि बर्षो काम गर्नुभयो। यो उहाँको कमजोरी भित्र पर्छ। यद्यपि यसका लागि उहाँ मात्र होइन, अन्य क्रान्तिकारी पनि जिम्मेवार छन्। म पनि जिम्मेवार छुँ। उहाँको व्यवहारमा पितृत्व (बुवा) को छाप हावी हुन थाल्यो, जसका कारण पार्टी र देशको जीवन सामान्य हुन सकेन।

    ओरियाना फलाचीः तर, मिस्टर देङ तपाईले यसलाई गल्ती भन्नुभयो। गल्ती महान ‘लङ मार्च’ देखि नै सुरु भएको थिएन?

    देङ सिआओ पिङः निश्चय नै। जब मैले छैटौं दशकको उत्तरार्द्धलाई गल्ती आरम्भ भएको काल भनिसके, त्यसमा महान ‘लङ मार्च’ को सन्दर्भ पनि जोडिन आउँछ। तर, यो कुरामा अध्यक्ष माओलाई मात्र दोषी ठहर्‍याउनु उचित हुँदैन। हामी जस्ता वरिष्ठ भनाउँदाको पनि यो गल्तीमा उत्तिकै भूमिका छ। उदाहरणका लागि यथार्थ नियमको प्रतिकूल काम गर्ने गल्ती तथा अर्थ व्यवस्थालाई गतिशील बनाउन यस्तो उपायको दावी गरियो, जसले आर्थिक नियमको उपेक्षा गर्‍थ्यो। यो पनि सत्य हो कि अध्यक्ष माओ नै मुख्यतयः जिम्मेवार थिए। तर यो पनि सत्य हो, गल्तिलाई सबैभन्दा पहिले उहाँले नै सम्झिनु भयो। र, सुधारका लागि आवश्यक सुझाव पनि दिनुभयो। तर, निषेधात्मक कारणले सुधारको काम हुन नसकेपछि उहाँले आत्मलोचना गर्नुभयो। यसबाट हामीले शिक्षा लिन नसकिरहेको बेला उहाँले सन् १९६२ मा ‘सांस्कृतिक क्रान्ति’ सुरु गर्नुभयो।

    ओरियाना फलाचीः ‘सांस्कृतिक क्रान्ति’ बाट वास्तवमा उहाँ के चाहनु हुन्थ्यो?

    देङ सिआओ पिङः उहाँ चीनमा पूँजीवादको पुनर्प्रतिष्ठालाई रोक्न चाहनु हुन्थ्यो। वास्तवमा उहाँको सोच नै त्यही थियो। तर, चार जनाको समूहको सोच भने अध्यक्ष माओको जस्तै थिएन। राम्रो उद्देश्यका लागि माओले यो अभियान सुरु गरेपनि त्यो गलत विश्लेषण थियो, चिनियाँ वास्तविकता भन्दा टाढा। त्यसैले अध्यक्ष फेरि चुक्नु भयो। उहाँले प्रहारका लागि गलत लक्ष्य छनोट गर्नुभयो। उहाँले भन्नुभयो–पार्टी प्रवेश गरेका पूँजीवादीमाथि प्रहार हुनैपर्छ। जसका कारण पार्टीका थुर्पै वरिष्ठ क्रान्तिकारीमाथि प्रहार भयो। सबै स्तरमा यही भयो। ती व्यक्ति जो क्रान्तिका लागि शौर्यपूर्वक लडे, जोसँग समृद्ध प्रशासनिक अनुभव थियो, उनीहरू माथि आक्रमण भयो। यस्तो पंक्तिमा ल्यू शाओ ची पनि थिए। जसलाई गिरफ्तार गरियो। पार्टीबाट निकाल्ने काम भयो। फलस्वरुप सम्पूर्ण क्रान्तिकारी कार्यकर्ताको वर्ग ध्वस्त भयो। मर्नु २ वर्षअघि अध्यक्ष माओ आफैले स्विकार गर्नुभयो–‘सांस्कृतिक क्रान्ति’ ले दुईवटा गलत काम गर्‍यो। यसले एकातिर क्रान्तिकारी कार्यकर्ता वर्ग ध्वस्त पार्‍यो भने अर्कोतर्फ सर्वतोमुखी गृह युद्ध सुरु भयो।

    ओरियाना फलाचीः त्यो साँच्चै गृहयुद्ध थियो?

    देङ सिआओ पिङः हो नै त्यही। जनताहरू दुई समूहमा विभाजित भए। र, एकअर्कालाई मार्न लालायित भए। पुराना क्रान्तिकारी बडारिए। स्वघोषित विद्रोही, जस्तो कि लिन पिआओ र ४ जनाको समूहका सदस्य निरंकुश हुँदै गए। यो युद्धमा धेरैको ज्यान गयो।

    ओरियाना फलाचीः कति मारिए ?

    देङ सिआओ पिङः अनुमान गर्न पनि गाह्रो छ। किनभने उनीहरू धेरै कारणले मारिए। आखिर चीन विराट देश हो। तर, सुन्नुहोस्– यति धेरै मानिस मरे कि यदि त्यो बेला अन्य दुःखद प्राणघातक घटना नभएको भएपनि मर्नेको संख्या यो भन्नलाई पर्याप्त थियो, ‘सांस्कृतिक क्रान्ति’ ठूलो गल्ती थियो।

    ओरियाना फलाचीः यहाँ एउटा प्रश्न उब्जिन्छ। मेरो विचारमा नयाँ चीनको नेता तपाईहरू, एउटा आतंकवादी नाटकमा बाँचिरहनु भएको छ। तपाई माओको मीथलाई पल्टाउन र निरस्त्र पार्न चाहनु हुन्छ, पूर्णरुपले नष्ट गरेर। यसको मतलब तपाई सबै ध्वस्त पार्न चाहनु हुन्छ तर न्युनतम क्षति बिना। तर तपाईं कसरी सफल हुनुहुन्छ ? माओकी श्रीमतिले चार जनाको समूहको नेतृत्व गरेको होइन र ? स्वयम् माओले लिन पिआओलाई आफ्नो उत्तराधिकारी छानेका होइनन् ? माओले लिन पिआओलाई यसरी स्थापित गरेका होइनन्, जसरी एउटा सम्राटले आफ्नो उत्तराधिकारीको छनोट गर्ने गर्छ ? तपाई यसलाई पनि अर्को गल्तीको रुपमा हेर्नुहुन्छ ?

    देङ सिआओ पिङः म यसलाई पनि गल्ति भन्छु। जसरी अगाडि मैले अन्य कुरालाई पनि गल्ति भने। निश्चय नै यस्तो गर्नु उचित होइन। नेताबाट उत्तराधिकारीको छनोट एउटा सामन्ति व्यवहार हो। तर, तपाईले यो पनि सम्झिनु पर्ने हुन्छ, अहिले लोकतान्त्रिक केन्द्रीकरण छैन। यस्ता कुराबाट जोगिन हामीले पुरानो व्यवस्था नै छोडिसकेका छौं।

    ओरियाना फलाचीः संक्षेपमा भन्नु पर्दा, के चिनियाँ कम्युनिष्ट पार्टीको अघिल्लो कंग्रेसको अन्त्य सोभियत कम्युनिष्ट पार्टीको २० औं कंग्रेस जस्तै हुनेछ ? जहाँ खुश्च्रेवले स्टालिनको निन्दा गरेका थिए। के म गल्ति भन्दै छुँ ?

    देङ सिआओ पिङः तपाई गलत हुनुहुन्न। निश्चय नै हामी अध्यक्ष माओको गुण र दोषको मूल्याङ्कन गर्नेछौं। गुणको प्रशंसा गर्नेछौं र भन्ने छौं यो नै प्रमुख महत्व हो। गल्ति पनि औल्याउने छौं र त्यसलाई गौण मान्ने छौं। यसलाई सार्वजनिक गर्ने क्रममा हामी एउटा यथार्थवादी रवैया अपनाउने छौं। तर, यो निश्चित छ, हामी माओत्से तुङ कै विचारधारालाई अगाडि लिएर जानेछौं। किनभने यो उहाँको जीवनको सत्यता हो। तियनान–मेन चोकमा उहाँको तस्वीर मात्र टाँगिएको छैन, उहाँको सम्झना पनि टाँगिएको छ। जसले विजयको मार्गदर्शन देखाएका थियो र देश निर्माणमा अगाडि बढ्न प्रेरित गरेको थियो। यो चानचुने कुरा पक्कै होइन। यसका लागि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता सधै उहाँप्रति आभारी हुनेछन्। यसलाई टिपोट गरेर राख्नुहोस्– हामी माओत्से तुङसँग त्यो व्यवहार गर्ने छैनौ, जुन व्यवहार ख्रुश्चेवले २० औं सोभियत कम्युनिष्ट पार्टीको कंग्रेसमा स्टालिनविरूद्ध गरेका थिए।

    ओरियाना फलाचीः म असमञ्जसमा परेँ, मिस्टर देङ! तपाई माओविरूद्ध आरोप पनि लगाइरहनु भएको छ र उनको बचाउ पनि गरिरहनु भएको छ। माओको मन्जुरीले तपाई दुई पल्ट अपदस्थ भएको होइन?

    देङ सिआओ पिङः दुई पल्ट होइन। तीन पल्ट। तर, अध्यक्ष माओको स्विकृतिले होइन। (हाँस्दै) हो, मेरो तीन पल्ट मृत्यु भयो र तीनै पल्ट पुनर्जीवन पनि पाए। तपाईले वाङ मिनको नाम सुन्नु भएको छ ? जसले चिनियाँ कम्युनिष्ट पार्टीको चरम बामपन्थी गुटको १९३२ मा नेतृत्व गरेका थिए। मेरो पहिलो पतन १९३२ मा भएको थियो–वाङ मिनको कृपाले। उसले म विरूद्ध आरोप लगाएको थिए, मैले उविरुद्ध माओत्से तुङ गुटलाई स्थापित गराएको थिँए। यही आरोप लगाएर उसले मलाई तल पार्‍यो। तीन वर्ष लामो प्रतिक्षापछि १९३५ मा मेरो पुनरुथान भयो, पार्टीको जुएनयी कंग्रेसमार्फत–‘लङ मार्च’ को बेला। जुएनयी कंग्रेसमा वाङ मिनको अतिवामपन्थी अवसरवादी धार परास्त भएपछि म पुनः पार्टीको महासचिवमा स्थापित भए। मेरो दोस्रो पतन सबैलाई थाहा भएको विषय हो– ‘सांस्कृतिक क्रान्ति’ भन्दा अगाडि। जतिबेला म पार्टीको महासचिव र उपप्रधानमन्त्री तथा केन्द्रीय समितिअन्तर्गत तयारी समितिको सदस्य पनि थिए। अध्यक्ष माओले मलाई जोगाउन पनि खोज्नु भएको थियो। तर, असफल हुनुभयो। किनभने लिन पिआओ र चार जनाको समूह मप्रति तीब्र घृणा भाव राख्थे। तर, उनीहरू पनि त्यति घृणा गर्दैनथे, जति ल्यू शाओ गर्थे। यतिसम्म घृणा गर्थे कि उनीहरुकै प्रतापले मलाई सांगक्शी प्रान्तमा मजदुरीका लागि पठाइएको थियो। तर, १९७३ मा अध्यक्ष माओले मलाई पुनः फिर्ता बोलाउनु भयो।

    ओरियाना फलाचीः माओ कि चाउ एन लाई ?

    देङ सिआओ पिङः अध्यक्ष माओ । केहीको राय छ, मलाई प्रधानमन्त्री चाउ एन लाईले बोलाउनु भयो। तर मलाई फिर्ता बोलाएको अध्यक्ष माओले नै हो। यतिबेला चाउ एन लाई निकै बिरामी हुनुहुन्थ्यो। अध्यक्ष माओले नै मलाई फिर्ता बोलाउनु भएको हो र उपप्रधानमन्त्रीको रुपमा शासनको जिम्मेवारी सुम्पिनु भएको थियो। उहाँको भनाई थियो, मेरो गल्ति ३० प्रतिशत थियो तर गुण ७० प्रतिशत। उहाँ पनि त्यति बेला बिरामी हुनुहुन्थ्यो, राजनीतिक ब्युरोको कुनै सदस्यसँग भेट गर्न असमर्थ। उहाँ चार जनाको समूहबाट बढी घेरिनु भएको थियो। मेरो तेस्रो पतन १९७६ को अप्रिलमा भयो, जब चाउ एन लाई बितेको तेस्रो महिना र माओको निधनको पाँच महिना पहिले भयो। तर, अक्टुबरमा चार जनाको समूह गिरफ्तारीमा परेपछि तेस्रो पल्ट मैले पुनर्जीवन पाए।

    ओरियाना फलाचीः मैले सुनेको उनीहरू कहिल्यै तपाईको साथ भएनन्। सधै तपाईको कुरा लिएर जान्थे। तपाई बहिरो हुनुहुन्छ। मसँग टाढा बस्न खोज्छ । ऊ मसँग यस्तो व्यवहार गर्छ, लाग्छ म मरिसकेँ। उ मसँग सल्लाह पनि गर्दैन। आफ्नै बाटो हिड्छ?

    देङ सिआओ पिङः यो साँचो हो तर, उहाँ मेरो बारेमा मात्र भन्नु हुन्नथ्यो। उहाँ हरेक व्यक्तिको विषयमा कुरा गर्नु हुन्थ्यो, उनीहरू मसँग सल्लाह लिदैनन्। उहाँको कसैले सुनेनन्। केही कुराको जानकारी दिँदैनन्। अरुको बारेमा उहाँले भनेको कुरामा त्यति सत्यता थिएन। तर, मेरो विषयमा साँचो थियो। म यस्तो किन गर्थे भने मलाई उहाँको पितृवत (बुवा)को व्यवहार राम्रो लाग्दैनथ्यो। उहाँ बुवा जस्तै व्यवहार गर्न खोज्नु हुन्थ्यो। अरुको विचार सुन्ने धैर्यता उहाँसँग थिएन। चाहे जति नै राम्रो विचार भएपनि अरुको विचार सुन्न चाहनु हुन्नथ्यो। उहाँ आफ्नो सोचभन्दा अलग विचार कसैले राखेको मन पराउनु हुन्नथ्यो। वास्तवमा उहाँ अस्वस्थ्य, सामन्ती ढंगको व्यवहार गर्नु हुन्थ्यो। जब तपाई यसलाई बुझन सक्नु हुन्न भने ‘सांस्कृतिक क्रान्ति’ किन भयो, यो पनि बुझनु हुन्न।

    स्रोत: nepali.breaknlinks.com

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.