कोभिड १९ का कारणले चीनमा अर्को अनावश्यक असर देखा परेको छ, एकातिर मास्कहरू सबैको दैनिक आवश्यकता बनेका छन् भने अर्कातिर लिपस्टिकको बिक्रीमा अत्यधिक गिरावट आएको छ।
सोच्दै नसोचिएको प्रभाव
“मैले भर्खरै अफिसमा सुने यदि मास्कहरू लगाइरहने परिस्थिति जारी रह्यो भने, लिपस्टिक उद्योग भडकालामा जाकिनेछ।” एक प्रख्यात चिनियाँ पुरुष ब्यूटी ब्लगर ली जिआकीले ट्वीट गरेका छन्। उनले “लिपस्टिक क्वीन” उपनाम पाएका भएपनि उनले हालसम्म लिपस्टिकको विज्ञापन गरेका छैनन्।
यसबारे पिपुल्स चाइना डेली थप लेख्छ– “सुरुमा लिफ्टमा मैले दुई जना महिलाहरु कुरा गरिरहेको सुने कि यदि स्थिति रहिरहेमा कसरी मेकअप उद्योग भडखालामा जाकिदैंछ। ती मध्ये एकले भनिन् उनी लिपस्टिकमा छूट दिने विज्ञापन गर्ने योजना बनाइरहेको छु। तर अर्को महिलाले २० दिनदेखि कुनै कुनै मेकअप गर्न नपाएकोमा दुख मनाउ गरिन्।
उनले थपमा के भनिन् भने केही दिन अघि मात्र उनले उनको निधार र आँखामा श्रृंगार गरेकी थिइन् तर अर्कीले केवल आफ्नो आँखीभौं र परेलाहरुमा गर्ने गरेको सुनाइन्। लिपिस्टिक त कसैले किन्दै किन्दैनन्।
चीनमा “मास्क मेकअप” बारे चर्चा
चिनियाँ अनलाइन शपिंग विशाल ताओबाओमा, महिना दिन देखि यता “मास्क मेकअप” खोज गरिने एक शब्द बनेको छ– फरवरी २० ताओबाओद्वारा प्रसारित एक आर्थिक समाचारमा जनाइएकोछ।
ताबाओले प्रत्यक्ष प्रसारण गरी “दर्शकहरूलाई मास्क मेकअप” कसरी गर्ने भन्नेबारे सुझावहरू र काइदाहरू सिकाउन शुरु गरेको छ, जसमा सर्जीकल मास्कले नछोपिने भागहरूलाई आकर्षक बनाउन तथा आँखामा गाढा मेकअप गर्नेबारे पनि सिकाउँदैछ।
चीनको अर्को इ-कमर्स प्लेटफर्म पिन्डुओडुओमा, आइ–स्याडो कम्प्याक्ट र आँखीभौं सजाउने पेन्सिलहरु खोजी गर्नेको संख्या गत वर्षको तुलनामा २९० प्रतिशतले बढेको जनाइएकोछ। तर दुखको कुरा धेरै कम्पनीहरूले फेब्रुअरीमा चिनियाँ नयाँ वर्ष पछि काम सुरु गरेका छैनन्।