Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

स्थानीय सरकारले लकडाउनमा ज्यालादारी मजदुरलाई राहत दिने

by नेपाल रिडर्स
March 29, 2020
- समाचार
स्थानीय सरकारले लकडाउनमा ज्यालादारी मजदुरलाई राहत दिने
Share on FacebookShare on TwitterEmail

नरेश के सी। लकडाउनको असरलाई ख्यालमा राखेर देशका विभिन्न स्थानमा ज्यालादारी मजदुरको लगत राख्ने र विपत तथा राहत व्यवस्थापन गर्न कोष स्थापना गर्न थालेछन्। यसै मध्ये एक सिद्धार्थनगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदुरी गरेर जिविका निर्वाह गर्नेहरुको लगत संकलन शुरु गरेको छ ।

नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदुरहरुको वास्तवीक तथ्याकं संकलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने राशनको व्यवस्थापन नगरपालिकाले गर्नेगरी तयारी थालेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो। नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘हाम्रो नगरमा दिनभर काम गरेर सांझबिहानको जोहो गर्नेहरु पनि छन्। त्यस्ता व्यक्तिहरु कति छन्। तीनको पारिवारीक संख्या कति छ। यकिन गर्नकोलागि तयारी थालेका छौं। ’

कार्यपालिकाको बैठकले कोभिड १९ को कारण देखिएको विपदलाई व्यवस्थापन गर्न तत्कालकोलागि ११ लाख ५१ ह्जारको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय समेत गरेको छ। उक्त रकम नगरका विभिन्न आयोजनाबाट भएको बचत र हुन आउने बचत रकमबाट व्यवस्थापन गरिने भएको छ।

यसैगरी बैठकले उक्त कोष सन्चालनकोलागि नगर प्रमुख अधिकारी संयोजक रहेको ९ सदस्यीय समिति पनि गठन भएको छ। समितीको सदस्यहरुमा नगर उपप्रमुख उमा काफ्ले, वडा नम्बर ७ का अध्यक्ष भिमसेन कर्माचार्य, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारयण प्रसाद भन्डारी रहेका छन्। यसैगरी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, समाजसेवी नारयण अग्रवाल, नागरिक समाजका अध्यक्ष र बैंकर्स एशोसियसनका अध्यक्ष सदस्य रहेको समिती गठन भएको हो। उक्त कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा २१ ह्जार, उपप्रमुखले १५ हजार र सबै वडा अध्यक्षहरुले एक हजारका दरले १३ वडाबाट १३ हजार संकलन भइसकेको छ।
यसैगरी बैठकले नगरमा खाद्यान्न, तरकारी, दुध औषधी लगायतका अत्यावश्यक बस्तुहरु जनतालाई सहज रुपमा पुराउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यहरुले समन्वय गर्ने जिम्मेवारी समेत दिएको नगरका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले बताउनुभयो।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

कसरी युरोपी र अमेरिकी सरकारहरूले अफ्रिकाबाट लुट्छन र अफ्रिकी अर्थव्यवस्थालाई अस्थीर बनाउँछन्

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.