Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

 रहेनन् बरिष्ठ साहित्यकार मदनमणि दीक्षित, अन्त्येष्टिमा सरकारले राष्ट्रिय सम्मान प्रदान गर्ने

नेपाल रिडर्स नेपाल रिडर्स
साउन ३०, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ। उनको बिहिबार बिहान  निधन भएको हाे । उनलाई १२ दिन अगाडी निमोनिया भएपछि सुमेरू अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको शरीरमा मृगौलालाई प्रभावित पार्ने क्रेटेनाइनको मात्रा अत्याधिक देखिएपछि चिकित्सकहरूले अक्सिजनको सहायतामा घरै लैजानु उचित हुने सुझाव दिएपछि राति ९ बजे घर ल्याइएको थियो। उनी बिहान ३ बजे आफै उठेर शौचालय गएका थिए। त्यसपछि नै उनलाई परिवारका सदस्यले अचेत अवस्थामा भेटेपछि तत्काल घर नजिकैको हिमाल अस्पताल लगेका थिए। त्यहाँ चिकित्सकहरूले उनको मृत्युको घोषणा गरेका थिए।

    रहेनन् बरिष्ठ साहित्यकार एवम् पत्रकार मदनमणि दीक्षित, उनि बोलेको अन्तिम भिडियो

    दीक्षितका वि‍‍. सं २०१३ सालमा ‘हाल खबर’ पत्रिकामा प्रधानसंपादक बनेका थिए। त्यसपछि विपी कोइराला नेपालको प्रधानमन्त्री भएपछि २०१५ साल देखि आफ्नै संपादन र प्रकाशनमा ‘समीक्षा’ साप्ताहिक सुरू गरे। पंचायतकालमा वाक स्वतन्त्रताको पक्षधर भइ प्रजातान्त्रिक विचारलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको उक्त अग्रणी साप्ताहिक २०४६ सालको परिवर्तनपछि पनि केहि समयसम्म प्रकाशित थियो। पत्रिका बन्द भएपनि दीक्षितले अन्य पत्रिकामार्फत आफ्ना धारणाहरू पछिल्लो समयसम्मै राख्दै आएका थिए।

    ‘समीक्षा’ साप्ताहिकमार्फत लामो समय सक्रिय पत्रकारिता गरेका मदनमणि दीक्षित साहित्यकारका रूपमा चर्चित छन्। वि।सं। २०१९ मा रूपरेखामा ‘कसले जित्यो कसले हार्‍यो’ शीर्षकको कथा प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखन सुरू गरेका दीक्षित लिखित ‘माधवी’ उपन्यासका लागि नेपाली साहित्यप्रेमीमाझ चर्चित छन्। उनको सो कृति २०३९ सालमा प्रकाशित भएको थियो।सो उपन्यासका लागि उनले मदन पुरस्कार तथा साझा पुरस्कार जितेका थिए ।छोरा विनोदका अनुसार उनले पृथ्वी प्रज्ञा पुरस्कारबाहेक साहित्यकारहरूलाई दिइने सबै पुरस्कार पाएका थिए।

    उनी २०५० सालमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति भएका थिए।दीक्षितको जन्म वि सं १९७९ फागुन ६ गते बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा भएको थियो। उनका ४ छोरा छन् ।

    दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान

    सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिएका हुन् । नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

    प्रधानमन्त्री ओली मर्माहत

    प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् । बिहीबार बिहान टि्वट गर्दै ओलीले साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेका छन् । दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखेर श्रद्धाञ्जलि अर्पण गर्नेबारे परामर्श भइरहेको छ ।

    दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएकाे छ । नेपाल रिडर्स परिवार दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछ ।

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.