सरकारका शिक्षामन्त्री तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीका कट्टर समर्थक कृष्णगोपाल श्रेष्ठले मदन भण्डारीलाई राजावादी देखिने गरी मदन भण्डारीको भाषण आफ्नो फेसबुकमा स्यर गरेका छन् । पर्सी, माघ २३ गते काठमाडौंको नारायणहिटी राजदरबारअघि नेकपाको ओली समूहले ‘सरकारी सभा’ गर्दैछ । श्रेष्ठले सो सभाको ब्यानर र मदनको अडियो सँगै पोस्ट गरेका हुन् ।
ओलीले मन्दीर धाउँदै गरेका बेला श्रेष्ठले त्यस्तो अडियो पोष्ट गर्नुको विशेष अर्थ हुन सक्ने बताइन्छ । संसद विघटनको घोषणा गरेपश्चात् कामचलाउ बनेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पछिल्लो समय मन्दीर र मुर्तीका विषयहरूलाई उछालेको सन्दर्भमा कतै ओलीले २३ गतेको सभाबाटै राजतन्त्रको आह्वान र धर्मनिरिपेक्षताको अन्त्य त घोषणा गर्दैनन् भन्ने शंका गरिएको छ ।
श्रेष्ठको फेसबुकमै पुगेर सुन्नुहोस् मदनको सो भाषण