Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

मूल जिम्मेवारीबाट नभाग्‍न सरकार र पार्टीलाई माधवकुमार नेपालको आग्रह

by पत्रपत्रिकाबाट
April 22, 2020
- समाचार
सरकार र नेकपा (ने.क.पा.) हल्लाएको माधव नेपालको भाषण
Share on FacebookShare on TwitterEmail

सरकारले सत्तासिन दलमा समेत परामर्श नगरी हतार हतार दुई अध्यादेश जारी गरेपछि उत्पन्‍न परिस्थिति बारेमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक आयोग गठनसम्बन्धी दुई विधेयकबारे सोमबार नेकपा सचिवालयमा भएको छलफलमा तटस्थ बसेका भनिएका नेता नेपालले मंगलबार एक वक्तव्य जारी गर्दै पार्टी र सरकार दुवै आफ्नो मूल जिम्मेवारीबाट भाग्‍न नहुने बताएका हुन्।

नेता नेपालले अहिलेको विषम परिस्थितिमा सरकार पार्टीले आफ्नो जिम्मेवारीबाट भागेर अन्यत्र ध्यान मोड्ने कोशिश कोही नलाग्न पनि अपिल गरेका छन्। ‘हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्‍न भएको पाइएको छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भनेका छन्,’यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ।’ ‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्‍न हुने तथा पार्टीको एकतामा आघात पुग्‍न सक्ने काम हुनुहुँदैन’, उनले भनेका छन्, ‘कोभिड-१९ को महामारीले विश्‍वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टीसहित अन्य दलका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्छ।’

उनले नेपाली कम्युनिष्ट आन्दोलन पटक पटकको टुटफुटबाट यो अवस्थामा आइपुगेको बताउँदै पार्टी एकतालाई अझै बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। ‘कम्युनिस्ट आन्दोलनका विगतमा टुट-फुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दीगो र बलियो बनाउनु यतिबेला सबै नेता-कार्यकर्ताको जिम्मेवारी हो’, उनले भने, ‘बलियो र एकतावद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिन्छ।’ पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ-आफ्नो ठाउँबाट योगदान गर्न पनि उनले अपिल गरेका छन्। ‘व्यक्तिवाद, संकिर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्‍वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो’, उनले भनेका छन्।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

चीनमा पश्चिमाहरुको पहिलो अध्ययन भ्रमण (मार्को पोलोबारे रोचक वर्णनसहित)

2 years ago
भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

भारतमा वामपन्थी आन्दोलनको असफलता-रजनी कोठारी

11 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.