Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सचिवालय बैठकमा प्रधानमन्त्रीलाई माधव नेपालको प्रश्न – यतीसँगै पार्टी किन सति जाने ?

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ १५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राष्ट्रको सम्पत्ति सरकारले शृंखलाबद्ध रूपमा यती समूहलाई हस्तान्तरण गर्न थालेपछि सत्तारुढ दल नेकपाभित्रै आवाज उठेको छ । पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि यतीलाई दिएको समाचार प्रकाशित भएपछि पार्टी सचिवालयमा प्रश्न उठेको हो ।

    ‘गोकर्णदेखि पाथीभरासम्मको जग्गा सरकारले एउटै समूहलाई बुझाएको भनेर समाचार आइरहेको छ । यसले पार्टी बदनाम भएको छ, तर सरकारले चिन्ता गरेको छैन,’ मंगलबारको बैठकमा वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गरे, ‘देशको सम्पत्ति एउटा घरानालाई जिम्मा लगाउनुपर्ने र तिनकै छोराछोरीलाई राजदूत पनि बनाउनुपर्ने रहस्य के हो ? पार्टी यती समूहको सति जानुपर्ने बाध्यता के छ ?’ स्मरणीय छ, यती समूहका ल्हाक्पा सोनामकी छोरी दावा फुटी शेर्पालाई वर्तमान सरकारले स्पेनको राजदूत बनाएर पठाएको छ ।

    नेता नेपालको प्रश्नमा सही थाप्दै अर्का नेता वामदेव गौतमले भने, ‘माधव कमरेडको चिन्ता जायज छ, जनताले विश्वास गरेको पार्टीको लोकप्रियता एउटा व्यापारिक घरानाको स्वार्थका कारण संकटमा परेको छ । यो विषयमा हामीले छलफल गर्नुपर्छ र गल्ती सच्याउनुपर्छ ।’ दुई शीर्षस्थ नेताले आक्रामक रूपमा प्रश्न राखे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली मौन रहे । बुधबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पनि राष्ट्रिय सम्पत्तिमा यती समूहको दोहनको विषयमा प्रश्न उठाउने केन्द्रीय सदस्यहरूको तयारी छ ।

    यती समूहको स्वार्थलाई सरकारको संरक्षणको विषयमा महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाइसकेको छ । ताप्लेजुङको पाथीभरामा केबलकार चलाउन तीन सय १७ रोपनी सरकारी जग्गा ८० वर्षका लागि सित्तैमा दिने ताप्लेजुङ फुङलिङ नगरपालिकाको निर्णय कानुनविपरीत भएको ठहर महालेखापरीक्षकको छ । यो कार्यमा संलग्नलाई छानबिनको दायरामा ल्याउन महालेखाले आफ्नो पछिल्लो प्रतिवेदनमा सिफारिस गरेको छ ।

    यती समूहको स्वार्थसिद्ध गर्न ओली ०५१ मा गृहमन्त्री हुँदा सहयोगी रहेका पुष्प बरुवाललाई अगाडि सारिएको छ । त्यही प्रयोजनका लागि उनलाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । बरुवाल, यती समूहका ल्हाक्पा सोनाम शेर्पा, नागरिक उड्डयन प्राधिकरणका पूर्वसञ्चालक सदस्यसमेत रहेका ईश्वरी पौडेल र विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठ सञ्चालक रहेको पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई राजनीतिक दबाबका आधारमा फुङलिङ नगरपालिकाले निःशुल्क जग्गा दिएको हो । महालेखाले दोषीलाई कारबाही गर्न भने पनि सञ्चालक र नगरपालिका नेतृत्वमाथि एक वर्ष बित्दा पनि कुनै छानबिन भएको छैन ।

    फुङलिङ नगरपालिकाले ६ जेठ ०७५ मा कानुनविपरीत नगर कार्यपालिकाबाट ‘रज्जुमार्ग ९केबलकार० सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरेर एक साताभित्रै यती समूहको लगानी रहेको पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई अनुमति दिएको थियो । ६ जेठमा कार्यविधि बनाएको नगरपालिकाले ९ जेठमा आवेदन मागेर १३ जेठ ०७५ मा अनुमतिपत्र दिएको थियो । जब कि नगरपालिकाले यस्तो कार्यविधि नगरसभाबाट पारित गर्नुपर्छ । र, पारित कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्छ । तर, कार्यविधि राजपत्रमा प्रकाशन नै नगरी पाथीभरा देवी दर्शन केबलकारलाई अनुमति दिइयो ।

    नगरपालिकाले अनुमति दिँदा १२ लाख रुपैयाँ शुल्क लिएको छ । तर, ८० वर्षसम्म सञ्चालन अनुमति दिइएको केबलकारबाट वार्षिक कति रकम लिने भन्ने केही उल्लेख छैन ।

    कानुनतः पनि स्थानीय तहलाई केबलकार सञ्चालनको अनुमति दिने अधिकार छैन । नेपाल सरकार कार्यसञ्चालन नियमावली, २०७४ ले केबलकारसम्बन्धी नीति, कानुन र मापदण्ड बनाउने अधिकार संघीय मामिला मन्त्रालयलाई दिएको छ । मन्त्रालयले अहिलेसम्म त्यस सम्बन्धमा कुनै कानुन वा नियम बनाएको छैन ।

    विषयगत ऐनको निर्माण र कार्यान्वयन नभएको अवस्थामा नगरपालिकाले बनाएको कार्यविधिको वैधता नहुने महालेखाले स्पष्ट भनेको छ । ‘पाथीभरा देवी दर्शन प्रालिलाई केबलकार निर्माण र सञ्चालनका लागि दिइएको अनुमतिपत्रले कानुनी हैसियत नै राख्दैन,’ महालेखाको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

    केबलकार निर्माण र सञ्चालन अनुमतिपत्रको समग्र प्रक्रिया प्रतिस्पर्धी, विश्वसनीय र पारदर्शी नदेखिएको ठहर गर्दै महालेखाले निर्णय प्रक्रियामा संलग्न पदाधिकारीउपर छानबिन गर्न सिफारिस गरिएको छ । ‘केबलकारसम्बन्धी निर्णय प्रक्रियामा संलग्न पदाधिकारीको काम–कारबाहीउपर थप छानबिन गरी जिम्मेवार बनाउनुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ ।

    फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले कानुन नबुझेका कारण निर्णय प्रक्रियामा गल्ती भएको बताए । चाँडै निर्माण सुरु नगरिए पाथीभरा देवी दर्शन प्रालिलाई दिएको अनुमति रद्द गर्ने उनले बताए । ‘हामीले स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ३ बमोजिम पाथीभरा देवी दर्शन प्रालिलाई अनुमति दिएका हाँै । पछि मात्रै थाहा भयो यो ऐनका आधारमा अनुमति दिन नमिल्ने रहेछ । भर्खर निर्वाचित भएर आएकाले कानुनका विषयमा धेरै जानकारीसमेत भएन । अब अनुमति दिइसकेकाले दुई वर्ष कुर्छौँ । निर्माण सुरु गरिएन भने अनुमति खारेज गर्छौँ,’ उनले भने ।

    केबलकार निर्माण र सञ्चालनको अनुमति दिनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (इआइए)र प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्छ । तर, यती समूहको लगानी रहेको केबलकारलाई अनुमति दिँदा केही गरिएन । इआइए नै नगरी ६ हजार ६ सय २१ रूख काट्ने तयारी गरिएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९छ० मा स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाअन्तर्गतका नवीन पर्यटकीय सेवा तथा कार्यहरूसम्बन्धी आयोजनाको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन गर्ने कार्य स्थानीय सरकारलाई तोकेको छ । तर, प्रस्तावित केबलकार निर्माण तथा सञ्चालन योजना स्थानीय, प्रदेश वा केन्द्रीयमध्ये कुन तहको योजना हो ? यस्तो योजना सञ्चालन गर्न अनुमति दिने र नियमन गर्ने दायित्व कुन सरकारको क्षेत्राधिकारभित्र पर्छ भन्ने विषय स्पष्ट नभएको अवस्थामा नगरपालिकाले नै ८० वर्षका लागि अनुमति दिनु कानुनसम्मत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    संघीय मामिला तथा समान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले पाथीभरा केबलकारका विषयमा बुझेर मात्रै प्रतिक्रिया दिने बताए । ‘म भर्खरै मन्त्री भएको हुँ । कहाँ के–के विषयहरू छन् बुझ्ने चरणमै छु । सबै विषय बुझेपछि मात्रै कहाँ के भइरहेका छन् भन्ने विषयमा बोल्छु । पाथीभरा केबलकारको विषयमा पनि केहीदिनमै सबै कुरा बुझेर प्रतिक्रिया दिन्छु,’ उनले भने ।

    पाथीभराको ३१७ रोपनी सरकारी जग्गा यतीलाई ८० वर्षका लागि सित्तैमा दिने फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल भन्छन्–नयाँ थियौँ कानुन बुझेनौँ

    पाथीभरामा केबलकार चलाउन भन्दै ३१७ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई ८० वर्षका लागि सित्तैमा दिनुभएछ । कुन कानुनमा टेकेर नगरपालिकाले यस्तो निर्णय गर्‍यो ?

    पाथीभरा देवी दर्शन प्रालिलाई स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ३ बमोजिम अनुमति दिएका हौं । पछि मात्रै थाहा भयो यो ऐनका आधारमा अनुमति दिन नमिल्ने रहेछ । भर्खर निर्वाचित भएर आएकाले कानुनका विषयमा धेरै जानकारीसमेत भएन । तर, उनीहरूले केबलकार निर्माण सुरु गरेका छैनन् । अनुमति दिइसकेकाले दुई वर्ष कुर्छौँ । निर्माण सुरु गरिएन भने अनुमति खारेज गर्छौँ ।

    सरकारी जग्गा निःशुल्क व्यक्तिलाई त्यो पनि ८० वर्षका लागि दिने अधिकार तपाईंहरूलाई छ कि छैन ?

    अहिले ४० वर्षका लागि दिइएको हो । ४० वर्षपछि सोही कम्पनीले नवीकरण गर्न पाउने गरी अनुमति दिएका हौँ । शुल्कको विषयमा भने कानुन नै नभएकाले कसरी तोक्ने भन्ने विषयमा अलमल परेका हौँ ।

    कानुन बुझिएन भन्नुहुन्छ, तर कार्यविधि बनाउनुभयो, पाथीभरा देवी दर्शन प्रालिसँग मात्रै आवेदन माग्नुभयो र एक साताभित्रै अनुमतिपत्रसमेत दिनुभयो । कसको दबाबमा यति द्रुत गतिमा काम गर्नुभयो ?

    भर्खर निर्वाचित भएकाले केही गरौँ भन्ने लागेकै वेला पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवाल र सदस्य ईश्वरी पौडेलले प्रस्ताव ल्याउनुभयो । उहाँहरूसँगको कुराकानीपछि अनुमति दिइएको हो । हामीले दुईजनाबाहेक अन्य कोही चिनेका छैनौँ । दबाबभन्दा पनि विकास गर्नुपर्छ भन्ने दिमागमा आएकाले यस्तो निर्णय भयो । विकासका काम रोक्न हुन्न भनेर छिटो काम सकेर अनुमति दियौँ ।

    नगरसभाबाट पारित गर्नुपर्ने कार्यविधि नगर कार्यपालिकाबाट पास गर्नुभयो । अनि, राजपत्रमा समेत प्रकाशित नगरी कानुनविपरीत अनुमति दिनुभयो ?

    सुरुमा कार्यविधि बनाइयो, पछि नगरसभाबाट पनि पारित गराएर प्रक्रिया पूरा गरेका छौँ । अन्य विषय जानकारी भएन ।

    तपाईंहरूले गरेको अनुमतिका विषयमा महालेखाले प्रश्न उठाएको छ नि ?

    मैले पनि थाहा पाएँ, महालेखापरीक्षकको प्रतिवेदनले प्रश्न गरेको रै’छ । काम गर्दा गल्ती हुन्छ । सुरुमा हामीलाई कानुनी कुरा थाहा भएन । नयाँ पत्रिका दैनिकबाट साभार

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.