अखिल नेपाल महिला संघ (अनेमसंघ)ले बैतडीकी १७ वर्षीय किशोरी भगिरथी भट्टको हत्याको दोषी पत्ता लगाई कडा कारवाही गर्न माग गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै दोषीमाथि करवाहीको माग गरेको हो । बैतडीको दोगडा केदार गाउँपालिका ७ कि किशोरी यही माघ २१ गते बेपत्ता भएकी थिइन । उनको शव माघ २२ गते भोलिपल्ट जंगलमा फेला परेको थियो ।
Discussion about this post