Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सात महिनामा १३ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बराबरको मकै आयात

सहयोगीबाट सहयोगीबाट
चैत्र ७, २०७८
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेको हो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि वार्षिक १५ देखि १६ अर्ब रुपैयाँ बराबरको मकै आयात हुने गरेको छ ।

    कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसक्दा ठूलो परिणाममा आयात हुने गरेको हो । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको सात महिनामा १३ अर्ब ४ करोड ४३ लाख रुपैयाँ बराबरको ३ लाख ७१ हजार ९ सय ५६ टन मकै आयात भएको हो । आर्थिक वर्ष २०७७-०७८ मा १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० हजार ९ सय ४१ टन मकै आयात भएको थियो ।

    विशेषगरी मकै अर्जेन्टिना, ब्राजिल, चीन, भारत, क्यानडा, इन्डोनेसिया, साउथ अफ्रिका, टर्की र अमेरिकाबाट आयात हुन्छ । मकै पोल्टी फर्मका लागि बढी प्रयोग हुने गर्छ । दानासँगै मकैको पिठो, कर्न फ्लेक्स, मकैको पाउडरलगायत अन्य पदार्थ अझै ठूलो परिमाणममा आउने गर्छ ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-०७७ मा ९ लाख ५७ हजार ६ सय ५० हेक्टरमा २८ लाख ३५ हजार ६ सय ७४ टन मकै उत्पादन भएको थियो । मकै उत्पादनमा सामान्य वृद्धि भए पनि आन्तरिक उत्पादनले नपुगेर सो वर्ष १६ अर्बभन्दा बढीको आयात भएको छ ।

    मकै नेपालको प्रमुख खाद्यान्न बाली धानपछि दोस्रोमा आउँछ । व्यापार विज्ञ रविशंकर सैंजु व्यावसायिक फार्मिङ गरी मकैको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताउँछन् । “सुदूरपश्चिममा मकै खेतिका लागि राम्रो ठाउँ छ,” उनले भने, “उत्पादन बढाउन व्यावसायिक खेती, भण्डारणको व्यवस्था र सप्लाइ चेनको व्यवस्था गर्नुपर्छ ।”

    व्यवसायीका अनुसार पशुपन्छीलाई खुवाउन प्रयोग हुने प्यालेट दाना उद्योगलाई दैनिक १ हजार ४ सय टन मकै आवश्यक पर्छ । दाना तयार पार्न ७० प्रतिशत मकै नै आवश्यक पर्छ । यसले गर्दा उत्पादकत्व बढ्न सकेको छैन । नेपालमा प्रतिहेक्टरमा करिब दुई टनसम्म मकै उत्पादन हुन्छ । उत्तरी छिमेकी मुलुक चीनमा भने प्रतिहेक्टर करिब साढे ६ टन उत्पादन हुन्छ ।

    भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७-०७८ मा १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० चार ९ सय ४१ टन मकै आयात भएको थियो । यस्तै आव २०७६-०७७ मा १४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ बराबरको ४ लाख ४८ हजार ४ सय ४२ टन मकै आयात भएको विभागको तथ्यांक छ । यस्तै आव २०७५-०७६ मा १२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार ७ सय ५२ टन मकै आयात भएकोमा अव २०७४-०७५ मा १२ अर्ब ५५ करोड ४६ लाख रुपैयाँ बराबको ४ लाख ९५ हजार १ सय ९८ टन मकै आयात भएको थियो ।

    वर्षनि मकैको आयात बढ्दो क्रममा रहेको छ । बजारमा खपत बढ्दै गएपछि आयातपनि बढ्दै गएको हो । मकै मात्र नभएर नेपालमै पर्याप्त उत्पादन गर्न सकिने सम्भावना धेरै कृषि उत्पादन बाहिरी मुलुकबाट आयात हुने गर्छ । खाद्यान्न, तरकारी, फलफूल, उन्नत बीउलगायतका अन्य कृषि उत्पादन विदेशबाट आयात हुने गर्छ । खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुनु र काम गर्ने जनशक्ति अभावले गर्दा पनि उत्पादन बढाउन सकिएको छैन । तराई, पहाड र हिमाल जुनसकै ठाउँमा पनि मकै उत्पादन हुन्छ ।

    करिब सात अर्बको फलफूल आयात
    चालू आर्थिक वर्षको पहिलो सात महिनामा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अंगुर र स्याउको आयात भएको छ । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट तीन अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका तीन करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ ।

    स्याउ खेतीको प्रचुर सम्भावना हुँदाहुँदै पनि आयात बढ्नुले नेपाल फलफूलमा पनि परनिर्भर हुँदै गएको देखिन्छ । सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको थियो । तर, चालू आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट एक अर्ब १५ करोड ३२ लाख ५६ हजार मूल्य बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार माघ मसान्तसम्ममा टर्कीबाट २६ लाख २५ हजारको स्याउ आयात भएको छ भने समग्रमा चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।

    यस्तै, सोही अवधिमा नेपालमा ७८ करोड ५१ लाख १५ हजार छ सय मूल्यका बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा भारत, दक्षिण अफ्रिका र इजिप्टबाट सुन्तला आउने गर्छ । त्यस्तै चालु आवको पहिलो सात महिनामा भारतबाट ५३ करोड ९६ लाख पाँच हजार मूल्य बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ ।

    साथै, आँपमा पनि नेपाल परनिर्भर हुन थालेको छ । चालु आवको पहिलो सात महिनामा ४५ करोड ९२ लाख ६० हजार मूल्य बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ । – लक्ष्मी सापकोटा/कारोबार दैनिक

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.