Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्ववियुको निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
माघ ५, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् ।

    युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा राजनीतिप्रतिको निराशा छाएका बेला भोलिको नेतृत्व निर्माणका लागि समेत विद्यार्थी सङ्गठन र स्ववियु निर्वाचनको महत्व हुने गरेको छ । आर्थिक अनियमितता र गलत काममा विद्यार्थी नेता मुछिएमा भोलिको नेतृत्व आशाप्रद हुन नसक्ने राजनीतिक इतिहासले देखाएकाले स्ववियु निर्वाचनलाई यी सङ्गठनले उच्च महत्व दिएका छन् ।

    एक दशकपछि हुन लागेको ‘मिनी संसद्’ र युवा जनमत सङ्ग्रहका रुपमा लिइने स्ववियु निर्वाचनको तयारीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जुटिसकेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यसमितिको अवधि समाप्त भएकाले पार्टीले नेतृत्वबारे निर्णय गरेपछि संस्थागत र व्यवस्थितरुपमा लाग्ने तयारीमा छ ।

    अनेरास्ववियुको केन्द्रीय कमिटीको एकतापछि गत पुस २७ र २८ गते काठमाडौँमा सम्पन्न प्रथम केन्द्रीय कमिटी बैठकले राष्ट्रियता, साङ्गठनिक र शैक्षिक मुद्दाहरुबारे निर्णय गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा अभियानसहित केन्द्रित हुने निर्णय गरेको छ । सो सङ्गठनका केन्द्रीय संयोजक ऐन महरले स्ववियु निर्वाचन तोकिएकै समयमा हुने भन्दै निर्वाचनका लागि स्थानीय क्याम्पसका साथै केन्द्रीकृत र राष्ट्रियताका मुद्दालाई प्राथमिकतामा राख्ने बताए ।

    उनले ‘हाम्रो स्कुल राम्रो स्कुल’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिँदै सार्वजनिक (सामुदायिक) शिक्षाको सबलीकरण बिना शिक्षाले परिणाममुखी नतिजा दिन नसक्ने भएकाले स्ववियु निर्वाचनपछि देशभरको सङ्गठनका जिम्मेवार नेता कार्यकर्ताले विद्यालयको सुधारका लागि पहल गर्ने जनाए ।

    विद्यालयमा त्यसरी छिर्दा राजनीतिकरणको आरोप लाग्ना नि रु भन्ने प्रश्नमा उनको जवाफ छ, “राजनीतिकरण हुँदैन उमेर पुगेका विद्यार्थीलाई सचेत बनाउँदै गुणस्तरीय शिक्षाका लागि भूमिका खेल्ने कुरा हो । यस्तो काममा सबैको भूमिका आवश्यक छ ।” सरकारले हालै जारी गरेको ‘राष्ट्रिय शिक्षा नीति, २०७६’ ले पनि निजी विद्यालयको दबदबा क्रमशः अन्त्य गर्दै सार्वजनिक शिक्षाको सबलीकरणमा जोड दिने उल्लेख गरेको छ भने संविधानको मौलिक हकमा शिक्षालाई समावेश गरिएको छ । अनेरास्ववियुले कक्षा नौसम्म र १४ वर्ष उमेर पुगेका विद्यार्थीलाई मात्रै सदस्यता दिने नीति लिएको महर जनाए।

    सो सङ्गठनले मेडिकल शिक्षाभित्रको बेथितिविरुद्ध विद्यार्थीले निरन्तरको आन्दोलनपछि आंशिक उपलब्धि प्राप्त भए पनि अझै चर्को शुल्क र शोषण नरोकिएकाले सहमतिअनुसार शुल्क फिर्ता गराउन सरकारसँग माग गरेको छ । शिक्षा, स्वास्थ्य र रोजगारको मौलिक हकलाई पूर्ण कार्यान्वयनमा लैजान कानून निर्माण र अन्य सबै पक्षका कामहरु गर्न, प्रमाणपत्र धितो राखी शैक्षिक ऋण दिने कार्यक्रम प्रभावकारी गराउन र वन विज्ञानको स्नातक तहको भर्नामा योग्यताक्रमलाई पालना तथा शिक्षा क्षेत्रको पुनः संरचना र समाजवादोन्मुख शिक्षा प्राप्तिका लागि शिक्षामा राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्न पनि अनेरास्ववियुको बैठकले माग गरेको छ ।

    विभिन्न विश्वविद्यालयमा रिक्त पदाधिकारी चाँडो नियुक्त गर्न पनि सो सङ्गठनले ध्यानाकर्षण गराएको छ । कतिपय साना दलनिकट विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा भाग नलिए के हुन्छ भन्ने प्रश्नमा संयोजक महरले भने, “आफूलाई लोकतान्त्रिक भन्ने विद्यार्थीले निर्वाचनबाट भाग्नु हुँदैन । हामी सबैलाई सहभागी हुन आग्रह गर्दछौँ ।”

    मुलुकको अर्को ठूलो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समिति हाल रिक्त रहेकाले संस्थागतरुपमा स्ववियु निर्वाचनको तयारी र शैक्षिक मुद्दाको सूत्रीकरणमा अन्योल भए पनि यसका जिल्ला र क्याम्पसस्तरका शाखाहरु निर्वाचनको तयारीमा लागेको देखिन्छ । सङ्घका काठमाडौँ जिल्ला शाखाका अध्यक्ष मनोज वैद्यले स्ववियु निर्वाचन समयमा हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको भन्दै पार्टीले केन्द्रीय तदर्थ समिति गठनबारे चाँडै निर्णय लिएपछि मुद्दाहरु थप स्पष्ट हुने बताए । सो सङ्घमा गत माघ १० गतेदेखि नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिको थप गरिएको अवधिसमेत सकिएपछि नेतृत्व रिक्त छ।

    वैद्यले त्रिविको कमजोरीका कारण विसं २०६५ देखि स्ववियु निर्वाचन हुन नसकेको उल्लेख गर्दै विश्वविद्यालय क्षेत्रमा देखिएका विकृति अन्त्य हुनुपर्नेमा जोड दिए । लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा क्याम्पसभित्रको विकृति झाँगिएको जनाउँदै उनले सेमेस्टर प्रणाली लागू भए पनि उपलब्धि सोचेजस्तो नभएकाले यसलाई व्यवस्थापन गर्न लाग्नुपर्ने बताए । अध्यक्ष वैद्य गत स्ववियु निर्वाचन चावहिलस्थित पशुपति क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

    समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका पूर्वअध्यक्ष विवेक राईले समाजवादी लोकतन्त्रलाई समृद्ध पार्ने एक आधार भएकाले आफूहरुले भाग लिने जनाउँदै निर्वाचन प्रणाली पूर्णतः समानुपातिक-समावेशी हुनुपर्ने अडान राखे । सङ्घीय संरचनाअनुसार विश्वविद्यालयलाई विकास गरी असल र योग्य नागरिक उत्पादन गर्ने गरी विज्ञान प्रविधिमा आधारित मौलिक शिक्षा प्रणाली कार्यान्वयन गर्ने मुद्दा पनि आफूहरुले स्ववियु निर्वाचनमा उठाउने उनको भनाइ छ ।

    त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले यही माघ १ गते मातहतका क्याम्पसलाई पत्र पठाइ स्ववियु निर्वाचनको तयारी गर्न/गराउन आग्रह गरेका थिए ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.