Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Thursday, December 11, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

औलो नियन्त्रण: एउटा सूक्ष्मजीव जसले मलेरिया रोग लगाउने परजीवी सार्ने क्रम बन्द गरिदिन सक्छ

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    वैज्ञानिकहरूले लाम्खुट्टेलाई मलेरिया अर्थात् औलो सर्नबाट जोगाउने क्षमता भएको एउटा सूक्ष्मजीव पत्ता लगाएका छन्।केन्या र यूकेका वैज्ञानिकहरूले उक्त सूक्ष्मजीव औलो रोग नियन्त्रणका लागि महत्त्वपूर्ण सिद्ध हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

    औलो रोगको परजीवीबाट सङ्क्रमित लाम्खुट्टेको टोकाइबाट मानिसमा पनि उक्त रोग सर्छ। तसर्थ लामखुट्टेलाई उक्त परजीवीबाट जोगाउन सकिए औलोबाट मानिसहरू पनि स्वतः सुरक्षित बन्न सक्छन्।

    औलो नियन्त्रण गर्नका लागि अहिले पत्ता लागेको सूक्ष्मजीवबाट सङ्क्रमित लाम्खुट्टे प्राकृतिक वासस्थानमा छोड्ने कि उक्त सूक्ष्मजीवको स्पोर प्रयोग गर्ने विषयमा अनुसन्धान भइरहेको छ।

    यो कस्तो सूक्ष्मजीव के हो?
    यो सूक्ष्मजीवको नाम माइक्रोस्पोरिडिआ एमबी हो। केन्यास्थित भिक्टोरिया तालको किनारमा भेटिएका लाम्खुट्टेको अध्ययन गर्दा यो सूक्ष्मजीव फेला परेको हो।यो सूक्ष्मजीव लामखुट्टेको आन्द्रा र प्रजनन अङ्गमा बस्छ। शरीरमा माइक्रोस्पोरिडिआ भएको लाम्खुट्टेमा वैज्ञानिकहरूले औलोको परजीवी फेला पारेनन्।

    अनि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सूक्ष्मजीवले लाम्खुट्टेलाई सुरक्षा प्रदान गरेको प्रमाणित भयो। यसबारे ‘नेचर कम्यूनिकेशन्स’ नामक वैज्ञानिक जर्नलमा एउटा अध्ययन प्रकाशित भएको छ।

    माइक्रोस्पोरिडिआ ढुसी वर्गमा पर्ने सूक्ष्मजीव हो। यसका अधिकांश प्रजाति परजीवी हुन्छन्।तर यो नयाँ प्रजातिको माइक्रोस्पोरिडिआ लाम्खुट्टेका लागि लाभदायक हुनसक्छ। अध्ययन गरिएकामध्ये पाँच प्रतिशत लाम्खुट्टेमा उक्त सूक्ष्मजीव प्राकृतिक रूपमै पाइएको थियो।

    यो आविष्कार कति महत्त्वपूर्ण हो?
    ‘अहिलेसम्म हामीले सङ्कलन गरेको तथ्याङ्कले यसले औलो शतप्रतिशत रोक्छ भन्ने देखिन्छ,’ केन्यास्थित इन्टर्शन्याश्नल सेन्टर अफ इन्सेक्ट फिजीओलजी एन्ड इकोलजीका डा। जेरमी हेरनले बीबीसीलाई भने।यो वास्तवमै एउटा ठूलो उपलब्धि भएको धेरैलाई लाग्ने उनको धारणा छ।

    प्रत्येक वर्ष औलोका कारण चार लाख जनाभन्दा बढीको मृत्यु हुन्छ। तीमध्ये अधिकांश पाँच वर्षमुनिका बालबालिका छन्।झुलको प्रयोगबाट र कीटनाशक औषधि छर्दा औलो रोकथाममा केही सहयोग पुगे पनि यो रोग नियन्त्रणका लागि नयाँ उपाय आवश्यक भएको धेरैको मान्यता छ।

    यो सूक्ष्मजीवले कसरी औलो रोक्छ?
    यस विषयमा विस्तृत अध्ययन हुन बाँकी छ। तर माइक्रोस्पोरिडिआ एमबीले लाम्खुट्टेको प्रतिरक्षा प्रणालीलाई सङ्क्रमण निष्क्रिय पार्ने क्षमता प्रदान गरेको हुनसक्छ।

    अथवा यो सूक्ष्मजीवका कारण लाम्खुट्टेको शरीर औलोको परजीवीका लागि बस्न अयोग्य बनिदिन्छ।लाम्खुट्टेमा माइक्रोस्पोरिडिआ एमबीको सङ्क्रमण आजीवन हुने देखिएको छ।

    कुनै क्षेत्रमा उल्लेखनीय रूपमा औलो नियन्त्रण गर्न त्यहाँ कम्तीमा पनि ४० प्रतिशत लाम्खुट्टेमा माइक्रोस्पोरिडिआको सङ्क्रमण गराउन सक्नुपर्छ।उक्त सूक्ष्मजीव वयस्क लामखुट्टेहरूबीच र पोथीबाट बच्चामा सार्न सकिन्छ।त्यसैले सङ्क्रमित लाम्खुट्टेको सङ्ख्या बढाउने उद्देश्यले अनुसन्धानकर्ताहरू दुईवटा रणनीतिबारे अध्ययन गर्दैछन्।

    ‘यो नयाँ आविष्कार हो। यसबाट औलो नियन्त्रणका सम्भावना देखेर हामीहरू उत्साहित छौँ,’ एमआरसी-यूनिभर्सिटी अफ ग्ल्यास्गो सेन्टर फोर भाइरस रिसर्चसँग आबद्ध प्राध्यापक स्टीभन सिन्किन्सले बताए।

    अब के हुन्छ?
    उक्त सूक्ष्मजीव कसरी फैलिन्छ भनेर बुझ्न सके वैज्ञानिकहरूलाई थप परीक्षण गर्न सहयोग पुग्छ।उक्त सूक्ष्मजीव प्राकृतिक रूपमै लाम्खुट्टेमा पाइन्छ र बाहिरबाट नयाँ कुरा थप्नुपर्ने नभएकाले परीक्षणको विषय तुलनात्मक रूपमा कम विवादित छ।यसबाट लाम्खुट्टे मर्दैनन् र आहाराका लागि तिनमा निर्भर पारिस्थितिक प्रणालीमा कुनै प्रभाव पनि पर्दैन। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.