Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Friday, September 29, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति ‘भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
आइतवार, साउन ४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित “नेपाली युवक” वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।

    नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।

    उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन्।

    मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिए।उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अरुण पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा शुक्रवार बिहानसम्म प्रेषित गरिरहेका थिए।तर त्यसपछि उनी निष्क्रिय देखिन्छन्।

    को हुन् पीडितका रूपमा चित्रित व्यक्ति?
    “नेपाली युवक”का रूपमा चिनाइएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको प्रहरीले बताएको छ।यसअघि शनिवार बिहान एसपी पाठकले बीबीसीसँग भनेका थिए, “उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सक्यौँ भने मात्र हामी (उनी नेपाली हुन् कि हैनन्) भन्न सक्छौँ।”

    एसपी पाठकले भने, “आज हाम्रो सम्पर्क यो भिडिओमा देखाइएका व्यक्तिसँग भयो। उनी यहीँ बस्छन् र जल संस्थानको कोलोनीमा उनको आवास छ।”उनका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन्।”उनी यहीँ सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको हो,” एसपी पाठकले भने।

    ‘पूर्वपरिचय थियो’
    बनारस प्रहरीका अनुसार उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पूर्वपरिचय भएको देखिएको छ।

    एसपी पाठका अनुसार पैसा लिएर उनीहरूले अह्राएअनुसार गर्न स्वीकारेका थिए।”ती व्यक्तिहरूले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन्,” एसपी पाठकले भने।

    यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्तिको हुन् भनेर सोधखोज गरेका थिए। उनीहरूमध्ये केहीले ती व्यक्ति घटनास्थलनजिकै बस्ने अवकाशप्राप्त सैनिक भएको प्रारम्भिक सूचना आएको बताएका थिए।भिडिओमा उनले नेपाली बोलेको सुनिए पनि उनी नेपाली मूलका हुन् वा नेपाली बोल्न सक्ने भारतीय हुन् भन्ने स्पष्ट हुन बाँकी नै छ।

    प्रहरीले पनि यसबारे केही बताएको छैन।यसअघि घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एक आरोपित व्यक्तिले प्रहरीलाई दिएको बयानमा ती व्यक्तिलाई नेपालका प्रधानमन्त्रीविरुद्ध नारा लगाउन १,५०० रुपैयाँ दिएर तयार पारिएको दाबी गरेका थिए।

    कडा कारबाही गरिने प्रतिबद्धता
    बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।”यो पूरै घटनाक्रममा हामी थप प्रमाण सङ्कलन गर्दैछौँ र अन्य व्यक्तिको गिरफ्तारीका लागि प्रयास पनि हुँदैछ,” एसपी पाठकले भने।बनारसबाट प्रकाशित अमर उजाला पत्रिकाका अनुसार उक्त घटनाका मुख्य आरोपित अरुण पाठकलाई प्रहरीका तीनवटा टोलीले खोजिरहेको छ।

    उक्त पत्रिकाका अनुसार भिडिओ खिच्ने सन्तोष कुमार पाण्डेयले पाठकले फोन गरेर आफूलाई गङ्गाको घाटमा बोलाएको र त्यहाँ पुग्दा पैसा दिएर एक नेपाली युवकलाई कपाल खौरिन तयार राखिएको प्रहरीलाई बताएका थिए।

    के हो विश्व हिन्दू सेना?
    विश्व हिन्दू सेना बनारसमा पनि खासै नाम नसुनिएको समूह हो। वाराणसी प्रहरीका अनुसार अरुण पाठक त्यसका नेता हुन्।

    तर उक्त सङ्गठनको पर्चामा त्यो कतै दर्ता भएको सङ्केत देखिँदैन।उक्त समूहले ओलीविरुद्ध ललिताघाटस्थित नेपाली मन्दिरसहित बनारसका विभिन्न स्थानमा पोस्टर टाँसेको थियो।त्यसमा ओलीले रामबारे गरेको अभिव्यक्ति फिर्ता नलिए भारतमा बस्ने नेपालीले परिणाम भोग्नुपर्ने चेतावनी दिइएको थियो।

    के भन्छन् बनारसमा बस्ने नेपालीहरू?
    बनारसमा अध्ययन, अध्यापन, काम र तीर्थवास गर्ने नेपालीहरूको सङ्ख्या उल्लेख्य छ।धेरैले यो घटनालाई दुई देशबीच रहेको सांस्कृतिक र पारम्परिक सम्बन्ध बिगार्ने “षड्यन्त्र र अतिवादी कृत्य”को रूपमा हेरेका छन्।

    तर कोरोनाभाइरस लकडाउनमा हिँडडुल र अन्य गतिविधि पनि कम भएकाले खासै असुरक्षित अनुभूति नभएको उनीहरूको भनाइ छ।”अहिले केही तत्त्वहरूले आतङ्क सिर्जना गर्न र चर्चित हुने अवसरका खोजेका हुन्,” साम्राज्येश्वर पशुपतिनाथ मन्दिर सञ्चालक समितिका अध्यक्ष स्वामी ओम्कारानन्द गिरिले भने, “हामी सतर्क छौँ, तर यो घटनालाई ठूलो महत्त्व दिनुहुँदैन।”

    “प्रहरी र प्रशासनले कारबाही सुरु गरेका छन्,” उनले भने, “यस विषयमा नेपाली राजदूतले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गर्नुभएको छ।”ललिताघाटस्थित नेपाली मन्दिरमा पर्चा टाँसिएपछि गिरिले राजदूत आचार्यसँग कुरा गरेका थिए।

    अहिले मन्दिरको सुरक्षाका लागि प्रहरीको एउटा टोली परिचालित भएको जानकारी उनले दिए।बनारसमा नेपाली नागरिक र नेपाली मूलका अन्य मानिसले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने स्थिति नभएको नेपाली समुदायका एक अगुवा राजु पोखरेल बताउँछन्।”केही भयो भने हामीलाई सम्पर्क गर्न भनेका छौँ,” उनले भने, “हामी प्रशासनसँग सम्पर्कमा छौँ।” बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist