नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ। आज सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका नेता गणेश साहले बताए।
पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा फिर्ता आउन निर्देशन दिएको हो। हाल रामबहादुर थापा बादल, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, दावा लामा, प्रभु साह, गौरीशंकर चौधरी मन्त्री छन् ।
बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो वा होइन भन्नेबारे २४ घण्टाभित्र लिखित जवाफ दिनसमेत निर्देशन दिने निर्णय गरेको छ। यसैबीच, बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला भने स्थागित गरेको छ।-Nepalive