बुधवार विश्व फुटबल खेलका हस्ती डिएगो म्याराडोनाको मृत्यु भएको छ। उनले करिब १ महिनाअघिमात्रै आफ्नो ६० औं जन्मोत्सव मनाएका थिए। फुटबल मैदानमा बल नियन्त्रण गर्ने उनको कौशललाई लिएर उनका फ्यानहरू उनलाई ‘भगवान’झैं मान्ने गर्थे। ब्युनसआयर्स शहरको एउटा गरिब बस्तीबाट फुटबल खेलाडीका रूपमा उदाएर विश्व सेलिब्रिटी बनेका म्याराडोनाले आफ्नो कप्तानीमा आफ्नो देश अर्जेन्टिनालाई फुटबलमा १९८६को विश्वकप दिलाएका थिए।
कंगाल बस्तीबाट उदाएका उनले आफ्नो जीवनकालमा अन्य दुई अजेन्टिनी आदर्श नायकहरू चे ग्वेभारा र एभिता पेरोनकै जत्तिकै चर्चा र सम्मान बटुलेका थिए। १९८६ को विश्वकप आफ्नो देशलाई दिलाएका म्याराडोना १९९४ को विश्वकपमा भने लागुऔषध प्रयोगको आरोपमा खेलबाट निस्कासनमा परेका थिए।
म्याराडोनाले भनेका थिए, ‘क्यास्त्रो मेरा लागि अभिभावकसमान थिए। अर्जेन्टिनाले मलाई क्युबा छिर्न अनुमति नदिँदा उनले मलाई क्युबामा स्वागत गरेका थिए।’
वर्षौंदेखिको लागुऔषधको प्रयोग, अधिक भोजन र रक्सी सेवनका कारण यी महान खेलाडीको करियर बर्वाद भएको थियो। उनी सन् २००० मा कोकिन सेवनकै कारण हृदयाघात भई झण्डै मृत्यु भएको थियो। तर आफूसँग प्रशिक्षणको अनुभव नभएपनि सन् २००८ मा अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा यी फेरि उदाएका थिए। म्याराडोनालाई ब्राजिलका पेलेकै हाराहारीमी बहुप्रतिभाशाली खेलाडीका रूपमा संसारभर आदर गरिन्छ।
व्यवासायिक खेल जीवनबाट सन् १९९७ मा सन्यास लिएका म्याराडोनाले सन् २००० मा लागू औषध दुर्व्यसन छुटाउनका लागि ‘पुनर्स्थापना’मा जाने प्रयास गरे। यस क्रममा सन् २००० देखि २००५ सम्म उनले क्युबाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोसँग आउजाउ गरिरहे र बाक्लो समय बिताए। उनले आफ्नो पिँडाैलामा क्यास्ट्रोको र पाखुरामा चे ग्वेभाराको ट्याटु बनाएका थिए।
‘म मेरो देशको प्रगतिको पक्षमा छु। त्यसकारण म वामपन्थी हुँ। त्यसो भएमा हामी सबैले शान्ति र स्वतन्त्रता पाउन सक्छौं । हामी बेचिनेवाला होइनौं। पाइतालाबाटै हामी बामपन्थी हौं। हातैले बामपन्थी हौं। र, मनैले बामपन्थी हौं। यो कुरा जनताले थाहा पाउन् कि हामी सत्य बोल्छौं, समता चाहन्छौं र अमेरिका साम्राज्यवादी झण्डा हाम्रा भूमिमा गाडिएको देख्न चाहन्नौं,’
म्याराडोना दक्षिण अमेरिकामा अमेरिकी साम्राज्यवादको विरोधमा उभिने बलिया आवाज पनि थिए। म्याराडोना दक्षिण अमेरिकी स्वभिमान र समाजवादी आन्दोलनका लागि नडराई बोल्ने गर्थे। खुलेर अमेरिकी प्रभुत्वादको विरोध गर्थे। उनी अन्य दक्षिण अमेरिकन राष्ट्रका समाजवादी पार्टी नेतृत्वहरूसँग बाक्लो आउजाउ गर्ने गर्थे र तिनको आत्मविश्वास बढाउँथे। उनी ह्युगो चाभेज, इभो मोरालेसका पनि उत्तिकै समर्थक र साथी थिए।
सन् २०१६ मा फिडेल क्यास्त्रोको मृत्यु हुँदा म्याराडोना क्रोएसियामा आफ्नो राष्ट्रिय टिमको जितका लागि जुटिरहेका थिए। खेल सम्पन्न भएपछि क्युबा पुगेर उनले क्यास्त्रोप्रति अन्तिम श्रद्धा प्रकट गरेका थिए। म्याराडोनाले भनेका थिए, ‘क्यास्त्रो मेरा लागि अभिभावकसमान थिए। अर्जेन्टिनाले मलाई क्युबा छिर्न अनुमति नदिँदा उनले मलाई क्युबामा स्वागत गरेका थिए।’
म्याराडोना राजनीतिमा मात्र होइन, फुटबल फिल्डमा पनि बामपन्थी नै थिए। फुटबल खेलाडीका रूपमा फिफामा हुने भ्रष्टाचारविरुद्ध उनी निरन्तर लडे। उनी फिफालाई माफियासँग तुलना गर्थे।
‘म मेरो देशको प्रगतिको पक्षमा छु। त्यसकारण म वामपन्थी हुँ। त्यसो भएमा हामी सबैले शान्ति र स्वतन्त्रता पाउन सक्छौं । हामी बेचिनेवाला होइनौं। पाइतालाबाटै हामी बामपन्थी हौं। हातैले बामपन्थी हौं। र, मनैले बामपन्थी हौं। यो कुरा जनताले थाहा पाउन् कि हामी सत्य बोल्छौं, समता चाहन्छौं र अमेरिका साम्राज्यवादी झण्डा हाम्रा भूमिमा गाडिएको देख्न चाहन्नौं,’ उनले कुनैबेला भनेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतहरूको सहयोगमा)