Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कम्युनिष्टहरूका प्रतिवद्ध साथी-म्याराडोना

नेपाल रिडर्स नेपाल रिडर्स
मंसिर ११, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    बुधवार विश्व फुटबल खेलका हस्ती डिएगो म्याराडोनाको मृत्यु भएको छ। उनले करिब १ महिनाअघिमात्रै आफ्नो ६० औं जन्मोत्सव मनाएका थिए। फुटबल मैदानमा बल नियन्त्रण गर्ने उनको कौशललाई लिएर उनका फ्यानहरू उनलाई ‘भगवान’झैं मान्ने गर्थे। ब्युनसआयर्स शहरको एउटा गरिब बस्तीबाट फुटबल खेलाडीका रूपमा उदाएर विश्व सेलिब्रिटी बनेका म्याराडोनाले आफ्नो कप्तानीमा आफ्नो देश अर्जेन्टिनालाई फुटबलमा १९८६को विश्वकप दिलाएका थिए।

    कंगाल बस्तीबाट उदाएका उनले आफ्नो जीवनकालमा अन्य दुई अजेन्टिनी आदर्श नायकहरू चे ग्वेभारा र एभिता पेरोनकै जत्तिकै चर्चा र सम्मान बटुलेका थिए। १९८६ को विश्वकप आफ्नो देशलाई दिलाएका म्याराडोना १९९४ को विश्वकपमा भने लागुऔषध प्रयोगको आरोपमा खेलबाट निस्कासनमा परेका थिए।

    म्याराडोनाले भनेका थिए, ‘क्यास्त्रो मेरा लागि अभिभावकसमान थिए। अर्जेन्टिनाले मलाई क्युबा छिर्न अनुमति नदिँदा उनले मलाई क्युबामा स्वागत गरेका थिए।’

    वर्षौंदेखिको लागुऔषधको प्रयोग, अधिक भोजन र रक्सी सेवनका कारण यी महान खेलाडीको करियर बर्वाद भएको थियो। उनी सन् २००० मा कोकिन सेवनकै कारण हृदयाघात भई झण्डै मृत्यु भएको थियो। तर आफूसँग प्रशिक्षणको अनुभव नभएपनि सन् २००८ मा अर्जेन्टिनी राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा यी फेरि उदाएका थिए। म्याराडोनालाई ब्राजिलका पेलेकै हाराहारीमी बहुप्रतिभाशाली खेलाडीका रूपमा संसारभर आदर गरिन्छ।

    व्यवासायिक खेल जीवनबाट सन् १९९७ मा सन्यास लिएका म्याराडोनाले सन् २००० मा लागू औषध दुर्व्यसन छुटाउनका लागि ‘पुनर्स्थापना’मा जाने प्रयास गरे। यस क्रममा सन् २००० देखि २००५ सम्म उनले क्युबाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोसँग आउजाउ गरिरहे र बाक्लो समय बिताए। उनले आफ्नो पिँडा‌ैलामा क्यास्ट्रोको र पाखुरामा चे ग्वेभाराको ट्याटु बनाएका थिए।

    ‘म मेरो देशको प्रगतिको पक्षमा छु। त्यसकारण म वामपन्थी हुँ। त्यसो भएमा हामी सबैले शान्ति र स्वतन्त्रता पाउन सक्छौं । हामी बेचिनेवाला होइनौं। पाइतालाबाटै हामी बामपन्थी हौं। हातैले बामपन्थी हौं। र, मनैले बामपन्थी हौं। यो कुरा जनताले थाहा पाउन् कि हामी सत्य बोल्छौं, समता चाहन्छौं र अमेरिका साम्राज्यवादी झण्डा हाम्रा भूमिमा गाडिएको देख्न चाहन्नौं,’

    म्याराडोना दक्षिण अमेरिकामा अमेरिकी साम्राज्यवादको विरोधमा उभिने बलिया आवाज पनि थिए। म्याराडोना दक्षिण अमेरिकी स्वभिमान र समाजवादी आन्दोलनका लागि नडराई बोल्ने गर्थे। खुलेर अमेरिकी प्रभुत्वादको विरोध गर्थे। उनी अन्य दक्षिण अमेरिकन राष्ट्रका समाजवादी पार्टी नेतृत्वहरूसँग बाक्लो आउजाउ गर्ने गर्थे र तिनको आत्मविश्वास बढाउँथे। उनी ह्युगो चाभेज, इभो मोरालेसका पनि उत्तिकै समर्थक र साथी थिए।

    सन् २०१६ मा फिडेल क्यास्त्रोको मृत्यु हुँदा म्याराडोना क्रोएसियामा आफ्नो राष्ट्रिय टिमको जितका लागि जुटिरहेका थिए। खेल सम्पन्न भएपछि क्युबा पुगेर उनले क्यास्त्रोप्रति अन्तिम श्रद्धा प्रकट गरेका थिए। म्याराडोनाले भनेका थिए, ‘क्यास्त्रो मेरा लागि अभिभावकसमान थिए। अर्जेन्टिनाले मलाई क्युबा छिर्न अनुमति नदिँदा उनले मलाई क्युबामा स्वागत गरेका थिए।’

    म्याराडोना राजनीतिमा मात्र होइन, फुटबल फिल्डमा पनि बामपन्थी नै थिए। फुटबल खेलाडीका रूपमा फिफामा हुने भ्रष्टाचारविरुद्ध उनी निरन्तर लडे। उनी फिफालाई माफियासँग तुलना गर्थे।

    ‘म मेरो देशको प्रगतिको पक्षमा छु। त्यसकारण म वामपन्थी हुँ। त्यसो भएमा हामी सबैले शान्ति र स्वतन्त्रता पाउन सक्छौं । हामी बेचिनेवाला होइनौं। पाइतालाबाटै हामी बामपन्थी हौं। हातैले बामपन्थी हौं। र, मनैले बामपन्थी हौं। यो कुरा जनताले थाहा पाउन् कि हामी सत्य बोल्छौं, समता चाहन्छौं र अमेरिका साम्राज्यवादी झण्डा हाम्रा भूमिमा गाडिएको देख्न चाहन्नौं,’ उनले कुनैबेला भनेका थिए।

    (विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतहरूको सहयोगमा)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.