Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Wednesday, July 9, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अपराधीलाई कुनै पनि मूल्यमा छोडिने छैनः गृहमन्त्री नारायणकाजी श्रेष्ठ

सागर चन्द सागर चन्द
साउन १२, २०८०
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल रिडर्सले मिटरब्याज पीडित दलित महिला सपनामाथि भएको नृशंस बलात्कारजन्य समाचार पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार  प्रकाशित गरेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (शुक्रबार) पीडित महिलालाई भेटेका छन्।

    पीडित महिलाको कुरा सुनेका गृहमन्त्रीले पीडितलाई हर-हालतमा न्याय दिलाउने वाचा गरे। मिटरब्याजको पासोमा परेर घरजग्गा गुमाएकी सपनालाई मन्त्री श्रेष्ठले भने, ‘तपाईंको घरजग्गा फिर्ता गराउने र तपाईंमाथि भएको यौन शोषणविरुद्धको न्यायीक प्रक्रियामा हामी साथमा छौं। अपराधीलाई कुनै पनि मुल्यमा छोडिने छैन।’

    मिटरब्याजी सुर्जमान मालीसँग सपनाले ०७६ मा ५ लाख रुपैयाँ लिएकी थिइन्। उनले २ लाख रुपैयाँ चुक्ता समेत गरिसकेकी थिइन्। ५ लाख रुपैयाँ ऋणलाई ६५ लाख ऋण लिएको नक्कली कागज बनाएर मिटरब्याजी सुर्जमान मालीले सपनाको घरजग्गा हत्याईंसकेका छन् । किर्ते कागजात गरि सपनाको जग्गा हड्पेर मिटर ब्याजी मालीले उनीमाथि एकल तथा सामूहिक बलात्कार गराएका थिए।

    मिटरब्याज पीडित सपना र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेट।

    गृहमन्त्री श्रेष्ठले लतिलपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई फोन गरेर सपनाको मुद्वामा तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए। मन्त्री श्रेष्ठले भनें, ‘पीडितले न्याय पाउनुपर्छ। सबैभन्दा पहिला उहाँको गुमेको घर जग्गा फिर्ताको प्रक्रिया सुरु गर्छौं। त्यससँगै मीटर ब्याजको आडमा यौन शोषण गर्नेलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं।’

    गृहमन्त्री श्रेष्ठलाई भेटेपछि मिटरब्याज पीडित सपनाले न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिइन। उनले भनिन्, ‘मैले न्याय पाउँछु होला भन्ने आशै मारिसकेकी थिएँ, तर अहिले गृहमन्त्रीलाई भेटेपछि न्यायको आशा पलाएको छ।’

    गृहमन्त्री श्रेष्ठलाई आफ्नो पीडा सुनाउँदा मन्त्रालयमैं पटक-पटक भक्कानिएकी सपनाले न्यायिक प्रक्रियामा अब आफू एक्लो नभएको बताइन्।

    यो पनि पढ्नुहोस्-

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सागर चन्द

      सागर चन्द

      सागर चन्द नेपाल रिडर्सका संवाददाता हुन। उनी राजनीति तथा सम-सामयिक बिषयमा लेख्छन्।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.