Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मन्त्री भुसालले ‘कुरा बुझ्न’ नपाउँदै विश्व नै लकडाउनमा गयो, कमिसनको लोभमा कर्मचारीले किसान डुबाए

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार २०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    ​गत माघ र फागुन महिनामा कृषि सामग्री कम्पनीले मल खरिदका लागि खोल्नुपर्ने विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) रद्द गर्दा यो समयमा मल अभाव भएको छ। टेण्डर गरेर मगाएको मल नेपाल भित्रिन करिब ४ महिनाजति लाग्छ।

    ग्लोबल टेण्डर रद्द गरी तुरुन्तै भारतबाट मल मगाउँदा अमेरिकी डलरमा आउने कमिसन खानकै लागि जिम्मेवार तहका केही कर्मचारीले यो खेल खेल्ने गरेको बुझिएको छ। तर यो पटक कोरोना भाइरस महामारी नियन्त्रण गर्न लकडाउन लगाइएपछि कर्मचारीको सो खेला पनि विफल भएको स्रोतले बताएको छ।

    विश्वव्यापी बोलपत्र आह्वान पनि नगर्ने र भारतबाट कमिसन खाएर ल्याउन पनि नसकेपछि यो पटक देशैभरी मल अभाव भएको छ। नेपालका अधिकांश किसानहरूले यसपटक मकैबालीमा हाल्ने युरिया मल नै पाउन सकेका छैनन्‌।

    विभागीय मन्त्री घनश्याम भुसालले मन्त्रालयको कुरा बुझ्दै गर्दा नै कृषि सामग्री कम्पनीका केही अगुवा कर्मचारीले साविक झैं ‘जीटुजी’ प्रकृयाबाट मल खरिद गर्न खोजेका थिए। ‘तर त्यो उद्देश्य पूरा भएन,’ कम्पनीका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए।

    अहिलेको सिजनमा डीएपी र पोटास उपयुक्त
    धान खेतीको यो सिजनमा आवश्यक पर्ने मुख्य रासायनिक मल डीएपी र पोटास हो। डिएसपी आफैँमा १८ प्रतिशत नाइट्रोजन हुने गर्दछ। धान रोप्दाको समयमा त्यो १८ प्रतिशत नाइट्रोजन र ४६ प्रतिशत फस्फोरस मल​ पर्याप्त हुने कृषि वैज्ञानिकहरू बताउँछन्‌​।

    धान रोपेको २२ दिनदेखि ३० दिनभित्र पहिलो ‘टप ड्रेसिङ्ग’का लागि युरिया मल प्रयोग गर्नु उपयुक्त हुन्छ। त्यसपछि पनि फसलको अवस्था हेरी विज्ञको परामर्शअनुसार युरिया मल प्रयोग गर्दा उत्पादन राम्रो हुने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, प्रादेशिक कार्यालय परवानीपुरका निर्देशक केशव श्रेष्ठले जानकारी दिए।

    कृषि ज्ञान केन्द्र पर्साका बाली संरक्षण अधिकृत शम्सुल हक तराईको खेतीयोग्य जमिनमा उर्वराशक्ति सन्तुलनमै राख्ने हो भने मनलाग्दी रासायनिक मल प्रयोग गर्न नहुने, यसो गरेमा दीर्घकालसम्म उत्पादनमा असर पर्ने बताउँछन्‌।

    लकडाउनमा पनि डिएपीको बिक्री बढ्यो
    मुलुकमा नै सबैभन्दा बढी खेती हुने धानबाली रोपाइँको सिजनमा स्वभावैले अन्य समयमा भन्दा बढी मात्रामा रासायनिक मल आवश्यक पर्छ। यो सिजनमा अधिकांश किसानले डीएपी र पोटासको जोहो गर्छन्।

    बाहिरिएका युवा पनि यो वर्ष कोरोना महामारीका कारण स्वदेश फर्किएर खेतीपातीमा व्यस्त भएका छन्‌। त्यसैले यो पटक अघिल्लो अवधिमा भन्दा १० हजार मेट्रिक टनभन्दा बढी डीएपी मल बिक्री भएको छ।

    यो सिजनभर करिब ८० हजार मेट्रिक टनजति डीएपी खपत हुने आंकलन गरिएकोमा ९० हजार मेट्रिकटन मल बिक्री गरि सकिएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी गोरखनाथ केसीले जानकारी दिए। कम्पनीको गोदाममा अहिले युरिया ५० मेट्रिक टन, डिएपी ३०० मेट्रिक टन र पोटास ३३६ मेट्रिक टन मौज्दात बाँकी छ। आएको सबै मल आधिकारिक सहकारी विक्रेता र किसानलाई दिइसकिएको केसीले बताए।

    युरिया मल आउन अझै समय लाग्ने
    रासायनिक मलको जोहो गर्ने कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमध्ये साल्ट ट्रेडिङ्ग कर्पोरेसनसँग डीएपी मल एक र्‍याक(२० हजार ५०० मेट्रिक टन) मौज्दात रहेको वीरगन्जका प्रमुख अमोज लामिछानेले बताए। ‘भारतको गुजरातमा अर्को र्‍याक पनि आएर रोकिएको छ, सम्भवतः पाँच छ दिन भित्रमा त्यो पनि आइपुग्छ, अनि एकै पटक दुवै मल वितरण गर्ने छौं’, उनले भने।

    युरिया मल भने साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनी दुवै निकायमा सकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। त्यसैले मल अभाव हुन नदिन भन्दै शुक्रबार कम्पनीको केन्द्रिय कार्यालयमा युरिया र थप डिएपी मल मगाउन टेण्डरको प्रकृया अगाडी बढाइएको छ।

    मलमा विचौलियाको छल
    केही बिचौलियाका कारण यो सिजनमा पनि मलको कृत्रिम अभाव सृजना भएको खुलेको छ। सिन्धुली, काठमाडौं, गजुरी, त्रिशुली, धुलिखेल, हेटौंडा, चितवन, कावासोती, पोखरा, दमौली र तराईका पर्सा, बारा, सर्लाही, धनुषा लगायतका क्षेत्रमा मल वितरण गर्दै आएको कृषि सामग्री कम्पनीको गोदाम रित्तिएको छ।

    ‘यो भन्दा पहिले आएको सबै मल बाँडिएको छ, तर किसानले अतिरिक्त रकम तिरेर मल किन्दैछन् भन्ने सुनिँदै छ, यो सिजनका लागि डीएपी र पोटास मल खासै अभाव नहुनपर्ने हो। बजारमा कृत्रिम अभाव गरिएको बुझिएको छ, निगरानी बढाउँदै छौं, अन्यथा भए आगामी दिनमा त्यस्ता बिक्रेतालाई मल उपलब्ध गराइनेछैन,’ सूचना अधिकारी केसीले भने।

    मूल्यसूचि भन्दा बढिमा बेच्छन् व्यापारी
    राज्यका दुवै आधिकारिक बिक्रेतासँग मल खरिद गरी लाने सहकारी र साना निजी फर्महरुमा केहीले मलको कृत्रिम अभाव सृजना गर्ने गरेका छन्। डीएपी मल बिक्रीको हिसाबले यो वर्ष पनि खासै अभाव हुने थिएन। तर बीचकै केही कारोबारीले लकडाउनको फाइदा उठाई किसानलाई बढि मूल्यमा बिक्री गरिरहेका छन्। फसल बढी उत्पादन गर्ने मनसायले किसानले असन्तुलित रासायनिक मल प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास पुर्‍याउने गरेको पाइएको छ। रासायनिक मलको बढि प्रयोगले माटोको अम्लीय र क्षारीयपन (पीएच) बढ्ने र उत्पादन घट्ने गरेको छ। – थाहा खबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.