सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भूसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेको झण्डै साढे तीन महिना हुन लाग्यो। यसबीचमा उनी संचारमाध्यमबाट टाढा रहनुका साथै सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत चाहेका देखिदैनन्। उनलाई सार्वजनिक कार्यक्रमहरु र संचार माध्यममा ल्याउन अनेकन सम्वेदन प्रश्नहरु प्रसार गरिएपनि उनी मौन रहेका थिए। तर, अब भने उनी कृषि कायपलट गर्ने योजनाहरुका साथ सार्वजनिक हुने अवस्थामा आइपुगेका देखिन्छ्न्। यस कुरालाई पुष्टि गर्दै मन्त्रालयका एक अधिकारीले मन्त्रिबाट कृषिको विद्यमान समस्या र अबको बाटोबारे सम्बन्धित पक्ष र निकायसँग छलफल गरी एक प्रणालीमा आधारित योजना सार्वजनिक हुने जानकारी दिएका छन्। साथै उहाँको योजनाको खाकालाई प्रधानमन्त्रीले पनि सहमति भएको सोही अधिकारीले बताएका छन्। ती अधिकारीले बताए अनुसार कृषि मन्त्रीका योजनाका मुख्य विशेषताहरु यी क्षेत्रहरुको परिधििभत्र हुनेछ।
नफूकेको गाँठो र कायपलटका नौ क्षेत्र
नेपाली कृषि क्षेत्रका नौ क्षेत्रमा जरैदेखि उत्खनन् गर्नुपर्ने मन्त्री भुसालको निश्कर्ष छ। मुख्य खाद्य उत्पादन, फलफूल, मूख्य तरकारी बाली, अण्डा र मासु, दूध, माछा, खाद्य स्वच्छता र निर्यातजन्य वालीमा कायापलट नगरी नेपालमा कृषि सुदृढिकरण नहुने भुसालले देखेका छन्। मन्त्री भूषालले कृषिमा कायापलट गर्ने ९ क्षेत्र पहिल्याएका छन्। र, समितिहरु बनाएर काम भइरहेको छ।
१.धान, मकै र वीउविजन
कृषिको यो क्षेत्रको बिस्तृत अध्ययन र आगामी बाटोबारे मन्त्रालयका सहसचिव मदन थापा नेतृत्वमा ८ सदस्यीय समिति बनाएका छन्। डा. केशवबाबु कोईराला सहितका ९ जना विज्ञ यो विधामा काम गरिरहेका छन्।
२.फलफूल क्षेत्रविस्तार एवं नर्सरी सुदृढीकरण
सहसचिव डा.शान्ता कार्की नेत्तृत्वको यो टोलीमा विज्ञसहित ६ जनाको टोलीले काम गरिरहेको छ।
३. तरकारी र आलु
मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरी केसीको नेतृत्वमा पाँच सदस्सीय रहने गरी यो टोली बनेको छ।
४. फूल र मासु
डा. विजय चन्द्र झा नेतृत्वमा यो समूह गठन भएको छ। डा. चन्द्र ढकालसहित अन्य ४ जना विज्ञहरु यो समितिमा छन्।
५. दूध
डा. दयमन्ती श्रेष्ठ नेतृत्वमा बनेको यो समितिमा डा.रेशम ज्ञवाली, डा. नीवन घिमिरेसहित अन्य तीन जना प्रतिनिधि सहभागी छन्।
६. माछा
वैकुण्ठ अधिकारी नेतृत्वमा जागेश्वर यादवसहित अन्य चार सदस्स्य यो समितिमा छन्।
७. खाद्य स्वच्छता र गुणस्तर नियमन
सवनव सिवाकोटी नेतृत्वमा मोहनकृष्ण मर्हजजनसहित अन्य तीन जना यो समितिमा छन्।
८. निर्यातजन्य वालीवस्तु
हस्तबहादुर विष्ट नेतृत्वमा शंकर सापकोटासहित अन्य तीन जना यस यो टोलीमा छन्।
९. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
आयोजना अन्तर्गत समितिमा प्रकाश सञ्जेल प्रमुख तोकिएका छन्। रामकृष्ण श्रेष्ठसहित अन्य चार जनासदस्य छन् ।
समितिले के काम गर्छ ?
आगामी आर्थिक वर्षको नीति तथा कार्याक्रममार्फत अघि बढाइने कृषिको दीर्घकालीन योजनामा रणनीति बनाउन समितिका अधिकारीहरु सक्रिय छन्। नौ वटै विषयको विगतको समस्या, वर्तमान अवस्था र भावी योजनाबारे विस्तृत कार्यपत्र बनेको छ, जसमा केन्द्र, प्रदेश र स्थानीय तहको जिम्मेवारी र दायीत्व प्रष्टसँग किटिएको मन्त्रालयका सह प्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले बताए। ‘हरेक विषयको शीरदेखि जरासम्म केलाएर रणनीति बनाइएको छ, कृषि र पशु विकास मन्त्रालयमा सायदै यो पहिलो अभ्यास हो,’ डा भट्टराईले भने।
९ वटा कार्यदलले बनाएका योजनाहरुलाई सुन्ने, थपघट गर्ने र अन्तिम रुप दिने काममा मन्त्री आफैं सक्रिय छन्। हरेक समितिको प्रतिवेदन सुन्ने, थपघट र नयाँ योजना राख्ने काम आफैं गर्नुहुन्छ, हरेक दिन मन्त्रालयमा कार्यपत्र प्रस्तुति र छलफल चल्छ’ मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले बताए। अण्डा र मासुसम्बन्धी टीममा म पनि छु, मन्त्रालयमा राति ११ बजेसम्म खटेर काम गरेका छौं, अन्य साथीहरुको हालत पनि उस्तै छ’ उनले भनेका छन्।
हरेक कार्यपत्रमा आयfत, खपत, नेपालमा उत्पादन अवस्था र सम्भावना, बजार, मूल्य, वितरण प्रणालीजस्ता विषय समेटिएको छ। उत्पादन बढाउन उत्पादन क्षेत्रको पहिचानदेखि मल विउ र सिचाइँ तथा भण्डारणका विषय पनि कार्यपत्रमा छन्। रोजगारीका लागि खाडी जाने यूवा रोक्ने उद्देश्यले युवाहरु कृषिमा लागेबापत प्राप्त गर्ने न्युनतम् ज्याला वा मूल्यका विषय पनि समेटिएका छन्।
साभारः अनलाइनखबर खवर।