Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Friday, April 17, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कृषि उद्यम केन्द्रबाट ५० करोड असुली गर्न कृषि मन्त्रालयको ताकेता

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
मंसिर १६, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    व्यापारीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तरगतको कृषि उद्यम केन्द्र (एईसी)मा भएको करिब ५० करोड भन्दा बढीको अनियमितताका दोषीहरूलाई कारबाही गर्ने गरी कृषि मन्त्रालयले प्रकृया अगाडि बढाएको छ । कृषि मन्त्री घनश्याम भुसालको ठाडो आदेशमा मन्त्रालयले केन्द्रमा भएको उपसचिव बद्री दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरी छानबिन सुरु गरेको छ । समितिले केन्द्रका पदाधिकारीहरूलाई निश्चित समय सीमा तोकेर भ्रष्टाचार भएको रकमको असुल उपर गर्न आदेश दिने र नभएमा कारबाही प्रकृया अगाडि बढाउने तयारी गरिरहेको बताइएको छ ।

    यस अगाडि पनि मन्त्रालयले पटक पटक केन्द्रले गरेको दुरुपयोग गरेको रकमको असुल उपर गर्ने प्रयास गर्दै आए पनि सकेको थिएन । तर यस पटक भने त्यस्तो अवस्था नहुने मन्त्रालयका अधिकारीहरूको भनाइ रहेको छ । ‘विगतमा हामी जस्ता सामान्य कर्मचारीहरू तातिन्थ्यौँ । अलिकति ताकेता हुने बित्तिकै मन्त्री र सचिवले कारबाही रोक्न आदेश दिन्थे । तर, यस पटक मन्त्री स्वयंले जसरी पनि असुल उपर गर्न ताकेता दिइरहेकोले यो घटनाको छिनोफानो हुन्छ । मन्त्रालयले असुल गर्न सकेन भने अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमार्फत दोषीहरू माथि कारबाही अगाडि बढ्छ’ छानबिन समितिका एक सदस्यले इएग्रोन्यूजडटकमसंग भने । उनीहरूका अनुसार अलिकति शङ्का नवनियुक्त कृषि सचिव डा.योगेन्द्र कार्कीको व्यवहारप्रति छ । किनकि कार्की सुरुदेखि नै केन्द्रको भ्रष्टाचार छानबिन गर्न नहुने पक्षमा रहेका छन् । ‘विगतमा मन्त्रीहरू पनि पग्लिन्थे । यस पटक अवस्था त्यस्तो छैन । मन्त्री निकै कठोर रूपमा प्रस्तुत भइरहेका छन् र उनले दोषीहरूलाई नछोड्ने प्रतिबद्धता जनाउँदै कारबाही प्रकृया अगाडि बढाउन दिइसकेकोले त्यसबाट पछाडि हट्ने सम्भावना देखिँदैन’ ती सदस्यले भने ।

    मन्त्री किन आक्रामक भए ?

    कृषि क्षेत्रको विकास र विस्तारको लागि स्पष्ट खाका बनाएका कृषि मन्त्री घनश्याम भुसालले पछिल्लो समय मन्त्रालयमा भ्रष्टाचार र आर्थिक अनियमितता रोक्नको लागि विशेष पहल गरिरहेका छन् । त्यसै क्रममा एकातिर उनले सुशासन कार्य योजना सहित काम गरिरहेका छन् भने बेरुजु नियन्त्रण गर्ने अभियान पनि चलाइरहेका छन् । त्यसै क्रममा कृषि मन्त्रालयको कूल ९५ करोड १ लाख ७३ हजार बेरुजु रहेको मध्ये कृषि उद्यम केन्द्रको मात्रै ५० करोड बेरुजु रहेको तथ्य जानकारी पाएपछि मन्त्री भुसाल कारवाहीको लागि आक्रामक रहेका हुन् । मन्त्रालयको सम्पूर्ण बेरुजुको ५० प्रतिशत भन्दा बढी बेरुजु एउटै संस्थाको कसरी रह्यो ? मन्त्रीले कर्मचारीहरुसंग बारम्बार यस्तो प्रश्न गरिरहेका छन् । ‘मन्त्रालयकै कर्मचारीको मिलेमतो नभई कुनै एउटा संस्थाले त्यत्रो रकम हिनामिना गर्न सक्छ ? मन्त्रीले हामीसँग बारम्बार यही प्रश्न गरिरहनु भएको छ, जसको जवाफ हामीसँग छैन ।’ मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ ।

    केन्द्रले त्यत्रो रकम कहाँ लग्यो ?

    महेशलाल प्रधान अध्यक्ष हुँदा उद्योग वाणिज्य महासङ्घले कृषि क्षेत्रको उद्यमलाई प्रश्रय दिनको लागि भन्दै सरकार र कृषि उद्यमी बिच पुलको काम गर्ने गरी कृषि उद्यम केन्द्र गठन गरेको थियो । गठन भए लगत्तै सरकारी र विभिन्न दाताहरूको सहयोगमा केन्द्रले एक गाउँ एक उत्पादन (ओभिओपी) र एक जिल्ला एक उत्पादन (ओडीओपी) लगायतका कार्यक्रमहरू सुरु गरेको थियो । त्यति बेलाका कार्यकारी निर्देशक डा. देवभक्त शाक्य कृषि क्षेत्रका सबैभन्दा प्रतिष्ठित विज्ञमध्ये एक मानिन्छन् । त्यही कारण दाताले मात्र होइन, सरकारले समेत महासंघलाई आँखा चिम्लेर पैसा दियो ।

    पछि महासंघको तर्फबाट प्रमुख तोकिएका तत्कालीन द्धितिय उपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारले अनावश्यक दबाब दिएपछि शाक्य केन्द्रबाट बाहिरिए र प्रदिप महर्जन केन्द्रको कार्यकारी निर्देशक बने । महर्जनले गर्नुपर्ने काम त गरेनन् नै, केन्द्रलाई कृषि उद्यमको होइन कि भ्रष्टाचारको केन्द्रमा रूपान्तरण गरे । त्यही कारण ओडिओपी र ओभिओपी पूर्ण रूपमा असफल भयो भने अर्कोतर्फ बेरुजु र आर्थिक अनियमितता ह्वात्तै बढ्यो । अहिले बेरुजु रहेको ५० करोड मध्ये अधिकांश निवर्तमान अध्यक्ष भवानी राणा र महर्जनको मिलेमतोमा भएको भ्रष्टाचारको रकम हो ।

    त्यसमा रविभक्त श्रेष्ठ पछिका अधिकांश अध्यक्ष लगायतका पदाधिकारीहरूको ठाडो संलग्नता रहेकोमा विवाद छैन । ‘अपवादमा कोही बचे होलान्, अन्यथा महासङ्घका पदाधिकारी कोही चोखा छैनन् । निश्चित हो कि सबैभन्दा बढी रकम खानेमा भवानी राणा हुन्’ महासङ्घका एक पदाधिकारीले इएग्रोन्यूजडटकमसंग भने । स्मरण रहोस् केन्द्रमा करोडौँको भ्रष्टाचार गरेका महर्जन भने करिब डेढ वर्ष अघि नै राजीनामा दिएर पलायन भएका छन् । अहिले उनी कहाँ छन्, धेरैलाई थाहा छैन ।

    उनका अनुसार कृषि उद्यमीको लागि सहयोग गर्न भनेर सरकारले केन्द्रलाई दिएको रकमबाट महासङ्घका पदाधिकारीले भोज भतेर गर्ने देखि देश विदेशमा भ्रमण गर्नेसम्मका काम गरेका छन् । त्यसको न त विल भौचर छ, न त अरू कुनै प्रमाण नै । भएका बिल भौचर पनि देखाउन सक्ने कुरा भएन, किसानको नाममा आएको पैसा यसरी खर्च गर्‍यौँ भनेर कुन मुखले बिल, भौचर दिने । त्यही कारण राणा लगायतका महासङ्घका पदाधिकारीले आफूले खर्च गरेको रकमको हिसाब किताब कृषि मन्त्रालयलाई दिन सकेका छैनन् ।

    राणाको लुटमा साथ नंदिदाको परिणाम

    विधान संशोधन गराएर वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान लागू गराएर राणा अध्यक्ष बनेकी थिइन । अध्यक्ष बनेपछि राणाले स्वतः केन्द्रको प्रमुखको जिम्मेवारी छोडेर कुनै उपाध्यक्षलाई दिनु पर्ने थियो । किनकि केन्द्रको स्थापना भएदेखि नै महासङ्घका द्धितिय उपाध्यक्षले नेतृत्व गर्ने प्रचलन थियो । त्यो अनुसार महासंघको विधानबाट प्रथम, द्धितीय र तृतीय उपाध्यक्ष हटाएर वरिष्ठ र वस्तुगत तथा क्षेत्रगत उपाध्यक्षहरूको व्यवस्था गरिएपछि वस्तुगत उपाध्यक्षलाई केन्द्रको अध्यक्ष बनाइनु पर्दथ्यो । तर, राणाले आजको दिनसम्म पनि छोडेकी छैनन् । राणाले केन्द्रको अध्यक्षको जिम्मेवारी सम्हालेको एक दशक भन्दा धेरै भएको छ ।

    आफू अध्यक्ष बने लगत्तै राणाले जलविद्युत व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलाई महासङ्घको कोषाध्यक्ष बनाइन । कोषाध्यक्ष भएपछि स्वाभाविक रूपमा प्रधानले केन्द्रको फाइल पल्टाए, त्यहाँभित्रको अनियमितता र भ्रष्टाचारको अवस्था देखेपछि उनले रोक्नको लागि पहल गरे । त्यसपछि राणाले महासङ्घ भित्रको कुरा पत्रकारलाई दिएको भन्दै प्रधानलाई अपमानजनक रूपमा महासंघबाट निष्कासन गरिन । त्यस लगत्तै प्रधानले भनेका थिए— मैले कृषि उद्यम केन्द्रलाई पारदर्शी र अनियमितता बिहीन बनाउन प्रयास गरेको थिएँ । अमेरिकन संस्थाले दिएको पैसा बिल कर्मचारीले बनाएर खाएका छन्, केन्द्रको पैसामा पदाधिकारीहरू हेलिकप्टर चढेर भ्रमण गर्न गएका छन्, यो अनियमितता हो, रोकौँ भन्दा मलाई राजीनामा गर्न बाध्य बनाइयो ।

    उनको यो भनाई त्यति बेलाका संचारमाध्यमहरुले प्रकाशन गरेका छन् । प्रधानलाई हटाइ लगत्तै महासङ्घले फेरि केन्द्रको भ्रष्टाचार लुकाउने प्रयत्न गरेको थियो भने कृषि मन्त्रालयबाट थप अनुदान लिनको लागि पहल गरिरहेको थियो । तर, कृषि मन्त्रालयका उपसचिव डा. रुद्र श्रेष्ठले पहिलेको हिसाब पर्छाैट नभई कुनै पनि हालतमा थप रकम निकासा नगर्ने अडान लिएका थिए । श्रेष्ठको अडानकै कारण दुई वर्षदेखि केन्द्रले कृषि मन्त्रालयबाट कुनै रकम पाएको छैन । तत्कालीन मन्त्री र सचिवहरूले रकम निकासा गर्नको लागि दबाब दिँदा पनि श्रेष्ठले केन्द्रको रकममा भएको लुटको विवरण दिँदै आफूलाई दबाब दिइए थप भण्डाफोर गर्ने चेतावनी दिएपछि कृषि मन्त्रालयको नेतृत्व पछि हच्किएको थियो । फलस्वरूप दुई वर्षदेखि केन्द्रले पटक पटक प्रयास गर्दा पनि रकम निकासा पाउन सकेको छैन ।

    कृषि मन्त्रालयले रकम निकासा रोकेपछि राणासहित महासङ्घका पदाधिकारीले श्रेष्ठ लगायतका मन्त्रालयका अधिकारीहरूलाई विभिन्न प्रलोभन दिएर प्रभावमा पार्न खोजेका थिए । तर, भ्रष्टाचार र आर्थिक अनियमितता प्रति आक्रामक रहँदै आएका श्रेष्ठ आफू त प्रभावमा परेनन् नै केन्द्रमा भएको भ्रष्टाचारको छानबिन गराउने अवस्थामा पुगे । हाल ढाकामा रहेका श्रेष्ठकै कारण कृषि उद्यम केन्द्रलाई सरकारले दिने अनुदानको रकम रोकिएको छ भने अहिले कृषि मन्त्रालयमा घनश्याम भुसाल मन्त्री भएपछि भ्रष्टाचारीहरू कठघरामा उभिनु पर्ने अवस्थामा आइपुगेका छन् ।

    अख्तियार पनि हेरेको हेरै

    कृषि उद्यम केन्द्रमा भएको भ्रष्टाचारको बारेमा महालेखा परीक्षकले समेत पटक पटक प्रश्न उठाउँदै आइरहेको छ । तर, सरकारले महालेखा परीक्षकले दिएको सुझावहरू कार्यान्वयन गर्नेतर्फ ध्यान नदिँदा भ्रष्टहरू उत्साहित हुदै आएका छन् । महालेखाले मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत केन्द्रलाई पटक पटक खबरदारी गरिसकेको छ । तर, केन्द्रका पदाधिकारीले वास्ता गरेका छैनन् ।

    महर्जन भूमिगत, राणा के गर्लिन् ?

    अहिले कृषि मन्त्रालयले कृषि उद्यम केन्द्रको भ्रष्टाचार छानबिन र बेरुजुलाई जसरी पनि असुल गर्ने तयारी गरेपछि मुख्य दोषी मध्येका एक तत्कालीन कार्यकारी निर्देशक प्रदिप महर्जन सम्पर्क बाहिर पुगेका छन् । उनी काठमाडौँ मै रहेको बताइए पनि भूमिगत जस्तै रहेको र आफ्ना निकटका साथीभाइसँग टाढिएको बताइन्छ । ‘प्रदिपलाई म तानिदैंछु भन्ने जानकारी भएकोले नै हुनुपर्छ, उनी भूमिगत जस्तै भएका छन् । कुनै पनि बेला विदेश पलायन हुने सम्भावना पनि देखिन्छ’ विनरकमा महर्जनसंगै काम गरेका एक अधिकारीले भने ।

    निश्चित छ, केन्द्रमा बेरुजु रहेको करिब ५० करोड रकमको पर्छाैट गर्न सक्ने अवस्थामा राणा रहेकी छैनन् । यदि उनीसँग भरपर्दो कुनै आधार भए पहिले नै हिसाब मिलाइसकेकी हुने थिइन । त्यसैले यदि कृषि मन्त्रालय र अख्तियारले साँच्चै नै कारबाही गर्ने हो भने राणा र लुटमा उनको मतियारको रूपमा काम गरिरहेका महर्जन लगायतका व्यक्तिहरूमाथि कारबाही हुने निश्चित छ । यस्तो अवस्थामा महर्जन त भूमिगत भएर पलायन हुने तयारीमा लागिसकेका छन्, राणाले के गर्लिन् ? के साँच्चै विगतमा जस्तै यस पटक पनि अख्तियार र कृषि मन्त्रालयका हाकिमहरूलाई प्रभावमा पारेर बच्लिन् ? त्यो भने केही समयमै थाहा हुनेछ । राणाको लागि खुसीको कुरा के छ भने—कृषि मन्त्रालयको सचिवमा डा. योगेन्द्र कार्की नियुक्त भएका छन्, जो विगत देखि नै राणालाई कारबाही गर्न नहुने अडानमा रहेका छन् । तर, के सचिव कार्कीको अडानले यस पटक काम गर्ला ? इ-एग्रो न्यूज

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.