भद्रपुरस्थित मित्तल टि स्टेट प्रालि बैंकको ऋण तिर्न नसकेपछि लिलामीको चरणमा पुगेको छ। सिभिल बैंकले कम्पनीलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न नआए धितो लिलाम गर्ने जानकारी दिएको छ।
कम्पनीको सञ्चालक सुरेशकुमार अग्रवाल, अर्चना अग्रवाल र आयुषी मित्तल अग्रवाल हुन्। उनीहरुले सिभिल बैंकसँग करिब ५र६ वर्षदेखि कारोबार गर्दै आएका छन्।कम्पनीले ६ वर्षको अवधिमा कहिलेकाही ब्याज र साँवा तिर्न ढिलाइ गरेपनि ठूलो समस्या आउन दिएको थिएन। तर यसपाली भने ९० दिनभन्दा बढी समयदेखि ऋण तिर्न छाडेको बैंकले जनाएको छ।
आगामी ३५ दिनभित्र पनि ऋण नतिरे सम्पत्ति लिलाम हुने छ। कम्पनीको झापामा ४५ वटा कित्ताको जग्गा धितोमा छ। ऋण नतिरे बैंकले यी सबै जग्गा लिलाम गर्ने छ। बैंकका अनुसार करिब २ करोडमाथि ऋण छ।